Wednesday, May 14, 2025

Fact Check

Fact Check: के नेपाललाई सहयोग बन्द गरेपछि अमेरिकामा दुई जहाज ठोक्किएका हुन्?

Written By Aakash Chhetri
Feb 27, 2025
banner_image

Claim

image

Fact

image

दाबी: अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी (तस्बिर)
तथ्य: कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा उत्पन्न तस्बिरलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको देखियो । 

दुईवटा जहाज ठोक्किएको दृश्य सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त दृश्यसँगै अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी गरिएको छ । 

Nepali_ boy2545 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा दुईवटा साना जहाज एकआपसमा ठोक्किएको देख्न सकिन्छ । प्रस्तुत सामग्रीको थमनेलमा लेखिएको छ- ‘अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज एकआपसमा लडेर २ जनाको मृत्यु भएको छ, सही हो कि गलत कमेन्ट गर्नुहोला हजुर ।’    

केही दिनअघि पोस्ट गरिएको तस्बिरमा ७ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

के अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएका हुन त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा समेत संचालित अमेरिकी अनुदान सहयोगका सबै कार्यक्रम निलम्बित भएका छन् । यही सन्दर्भमा अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

जाँचका क्रममा अमेरिकाको अरिजोना विमानस्थल नजिकै दुईवटा साना जहाज ठोक्किएर दुर्घटना भएको जानकारी फेला पर्‍यो । cnn.com मा प्रकाशित समाचार अनुसार १९ फेब्रुअरी २०२५ मा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।

फेला परेको तथ्यका आधारमा दाबीसहित पोस्ट गरिएको तस्बिरको जाँचका लागि हामीले रिचर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप shutterstock.com मा राखिएको एउटा तस्बिर फेला पर्‍यो । फेला परेको तस्बिर र दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिरबीच हुबहु समानता देख्न सकिन्छ । 

२५८८१३९०४३ आइडी नम्बरको तस्बिर वास्तविक भने होइन । उक्त तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा उत्पन्न गरिएको हो । तस्बिरसँगै दिइएको विवरण अनुसार एआईबाट तयार पारिएको उक्त सामग्री स्पाम, झूटा, भ्रामक, भ्रामक, हानिकारक दाबीमा प्रयोग गर्न बन्देज लगाइएको छ । 

निष्कर्ष

अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी भ्रामक छ । वास्तविक घटनालाई तोडमोड गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा उत्पन्न तस्बिरलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, edition.cnn.com
तस्बिर, shutterstock.com
समाचार, ekantipur.com 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


RESULT
अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी भ्रामक छ । वास्तविक घटनालाई तोडमोड गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा उत्पन्न तस्बिरलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage