Thursday, May 15, 2025

Fact Check

Fact Check: बालेन शाहले ललिता निवास कब्जा गरेका हुन् ? सामाजकि संजालमा फैलियो पुरानो भिडियो

Written By Aakash Chhetri
Aug 2, 2023
banner_image

Claim

image

Fact

image

दाबी: काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी ।
तथ्य: काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी भ्रामक छ । फरक प्रसंगको भिडियो ललिता निवाससँग जोडेको पाइयो ।  

सामाजिक संजालमा एउटा भिडियो फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी गरिएको छ । 

Govindaacharya नामक टिकटक आइडीमा पोस्ट गरिएको एउटा भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाह आक्रोशित देखिएका छन् । भिडियोमा शाहले आक्रोशित हुँदै ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको बताइरहेका छन् । उक्त भिडियोसँगै रहेको थमनेलमार्फत् दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘भर्खरै बालेन शाहकै अफिसर पक्राउ, बालेनले कब्जामा लिए ललिता निवास ।’   

दाबीसहितको भिडियोसँग एउटा समाचार शैलीको अडियो पनि सुन्न सकिन्छ । उक्त अडियोको सुरुवातमै भनिएको छ-  ‘बालेन शाहकै अफिसर पक्राउ, महानगरले लियो ललिता निवास कब्जामा । बालुवाटारमा खैलाबैला, प्रचण्डको होस किन उड्यो …’

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाह आक्रोशित भावमा देखिएका छन् । सोही भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी गरिएको छ । 

सोही दाबीमा केन्द्रीत रहेर हामीले सबैभन्दा पहिले बालेन शाह आक्रोशित भावमा देखिएको भडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि हामीले सुरुमै ‘बालेन शाह आक्रोशित’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप अल्फा बिटा कम्प्लेक्सका सञ्चालकसँग काठमाडौँ महानगर प्रमुख बालेन शाह आक्रोशित भएको प्रसंग फेला पर्‍यो ।  

२०७९ भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनाधिकृत संरचना (नक्सा पास नभएका संरचना) भत्काउने काममा जुटेका थिए । यही क्रममा काठमाडौँ महानगरले नयाँ बानेश्वरको बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्समा डोजर चलाएका थिए । 

डोजर चलाउनुअघि अनाधिकृत पूर्वाधारको अनुगमन गर्न पुगेका बालेन शाह अल्फा बिटा कम्प्लेक्सका सञ्चालक आक्रोशित भएका थिए । उनले आक्रोशित भावमा महानगरले ३५ दिने सूचना निकालिसकेको र तत्कालै नक्सा उपलब्ध गराउन निर्देशन दिएका थिए । 

अल्फा बिटा कम्प्लेक्सको उक्त प्रसंग फेला परेपछि हामीले युट्युबमा ‘Alfa Bita’ ‘बालेन शाह आक्रोशित’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप अल्फा बिटा कम्प्लेक्सको प्रसंगमा विभिन्न कोणबाट खिचिएका भिडियो फेला परे । जसमध्ये AP1HD मा पोस्ट गरिएको भिडियोलाई हामीले यहाँ स्रोतका रुपमा राखेका छौँ ।  

फेला परेको तथ्यबाट के प्रमाणित हुन्छ भने अल्फा बिटा कम्प्लेक्सका सञ्चालकसँग बालेन शाह आक्रोशित भएको पूरानो प्रसंगको भिडियोलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । उक्त भिडियो ललिता निवास प्रकरणसँग भने सम्बन्धित छैन ।

अर्कोतर्फ ललिता निवास जग्गा हिनामिना प्रकरणको प्रसंग । पछिल्लो समय ललिता निवासको जग्गा प्रकरण पुन: चर्चामा आएको छ । धेरै पुरानो प्रकरण भएपनि घटनाको फाइल पुनः खोलिएपछि यो विषय चर्चामा आएको हो । यो घटनामा संलग्न केहीलाई पछिल्लो पटक पक्राउ गरिएको छ ।

पछिल्लो समय पक्राउ परेका व्यक्तिमध्ये एक हुन्, काठमाडौँ महानगरका कर्मचारी शिवजी भट्टराई । नयाँ पत्रिका दैनिकका अनुसार ललितानिवास जग्गा हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका शिवजी भट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडासचिव थिए । ललितानिवास जग्गा हिनामिनामा संलग्न भएको आरोपमा गत असारमा प्रहरीले काठमाडौँ महानगरका कर्मचारी शिवजी भट्टराई पक्राउ गरेको थियो ।  

तर, काठमाडौँ महानगरका कर्मचारी शिवजी भट्टराई पक्राउ परेको प्रसंग वर्तमान महानगर प्रमुख बालेन शाहसँग सम्बन्धित छैन । शाह भर्खरै महानगर प्रमुख पदमा निर्वाचित भएका हुन् भने शिवजी भट्टराई वर्षौँ पहिले काठमाडौं महानगरपालिका–४ का वडासचिव भएका थिए ।    

ललिता निवास जग्गा हिनामिना प्रकरण पछिल्लो पटक चर्चामा आएसँगै काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरभित्रका अस्थायी संरचना हटाउन अल्टिमेटम दिएको छ । तर, दाबीसहितको भिडियोमा भनिएजस्तो महानगरले उक्त जग्गामा कब्जा जमाएको छैन । 

१६ असार २०८० मा काठमाडौँ महानगरपालिकाले विवादित जग्गा निरीक्षण गरेको थियो । त्यसको भोलिपल्ट महानगरले एउटा सूचना जारी गर्दै ललिता निवास परिसरभित्र बनेका अस्थायी संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको थियो । यही प्रसंगलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष

काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा काठमाडौँ महानगरका कर्मचारी पक्राउ पर्नु र महानगरले ललिता निवास परिसरभित्र बनेका अस्थायी संरचना हटाउन अल्टिमेटम दिनु फरक-फरक प्रसंग हुन् । अर्कोतर्फ उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो पनि पुरानो र फरक प्रसंगको हो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Nayapatrikadaily
Annapurnapost
Nepalkhabar
Merolagani
AP1HD


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage