Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न लागिएको र उनले आत्तिदै मानिसहरुसँग गुहार मागेको दाबी ।
तथ्य: यस्ता दाबीहरूलाई कुनै आधिकारिक प्रमाणहरुले पुष्टि गरेका छैनन् । अर्कोतर्फ दाबीसँगै जोडिएको बालेन देखिने भिडियो मे २०२२ मा पहिलोपटक सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सम्बन्धित एउटा दृश्य सामाजिक संजालमा फैलिरहेको छ । उक्त दृश्यसँगै मेयर शाहलाई पक्राउ गर्न लागिएको र उनले आत्तिदै मानिसहरुसँग गुहार मागेको दाबी गरिएको छ ।
Sargam Arjun Rai official नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा बालेन शाह र उनका समर्थकहरुको भीड देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘बालेन शाहलाई पक्राउ गर्न किन घेरा हाले, बालेन आत्तिदै गुहार मागे ।’
२४ जुन २०२५ मा पोस्ट गरिएको भिडियोलाई करिब १६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ५ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री ५ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ ।
त्यस्तै सोही दाबी Sargam Arjun Rai official Vlog नामक युट्युब च्यानलमा पनि पोस्ट गएको पाइयो । २३ जुन २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘बालेन शाहलाई पक्राउ गर्न किन घेरा हाले, बालेन आत्तिदै गुहार मागे ।’
भिडियोमा दाबी गरिएजस्तो के उक्त दृश्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न लाग्दा खिचिएको थियो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
बालेन शाहलाई पक्राउ गर्न लागिएको र उनले आत्तिदै मानिसहरुसँग गुहार मागेको दाबीसँगै एउटा दृश्य पनि जोडिएको छ । सबैभन्दा पहिले हामीले सोही दृश्यको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गर्यौँ ।
भिडियोमा बालेन शाहले ‘कसैलाई गाली नगर्नु है’ भनेको सुन्न सकिन्छ । यही आधारमा हामीले ‘बालेन शाह’ ‘कसैलाई गाली नगर्नु’ लगायतका वाक्यांशहरुलाई सामाजिक संजालहरुमा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Akabare Online नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
१५ मे २०२२ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘Balen Shah गर्जिदै पुगे राष्ट्रिय सभा गृह ! कसैलाई गाली नगर्नु भन्दै भिडमा मिसिए ! ताजा अपडेट! Balen’ । फेला परेको भिडियोमा देखिने दृश्य र दाबीसहित पोस्ट गरिएको दृश्यमा केही समानता देख्न सकिन्छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचन (१३ मे २०२२) मा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका बालेन शाह विजयी भएका थिए । सोही निर्वाचनको मतगणना चलिरहेका बेला सुरुवातदेखि नै बालेनको अग्रता थियो । आफूले अग्रता लिइरहँदा बालेन मतगणनास्थल राष्ट्रिय सभागृह पुगेका थिए । त्यहाँ बालेनका समर्थकहरुले खुसियाली मनाइरहेको दृश्य संचार माध्यमले खिचेका थिए ।
सोही दृश्यको एउटा अंशलाई पछिल्लो समय बालेनलाई पक्राउ गर्न लागिएको र उनले आत्तिदै मानिसहरुसँग गुहार मागेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । त्यो बेलाको एउटा दृश्य Views Nepal युट्युब च्यानलमा पनि पोस्ट गरिएको देखिन्छ ।
पुरानो भिडियोमा बालेनले आफ्ना समर्थकहरुलाई ‘कसैलाई गाली नगर्न’ आग्रह गरिरहेका छन् । यस्तै एउटा दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
बालेन शाहलाई पक्राउ गर्न लागिएको र उनले आत्तिकै गुहार मागेको दाबी भ्रामक छ । यस्ता दाबीहरूलाई कुनै आधिकारिक प्रमाणहरुले पुष्टि गरेका छैनन् । अर्कोतर्फ दाबीसँगै जोडिएको बालेन देखिने भिडियो मे २०२२ मा पहिलोपटक सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ, त्यो बेला बालेन काठमाडौँ महानगरको मेयर पदमा विजयी हुँदै थिए । सोही पुरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो, Akabare Online
समाचार, myrepublica.nagariknetwork.com
भिडियो, Views Nepal
Aakash Chhetri
March 6, 2025
Aakash Chhetri
August 7, 2024
Aakash Chhetri
July 15, 2024