Sunday, May 18, 2025

Fact Check

Fact Check: जाइफलको प्रयोग र मन्त्र जपले मिर्गी रोग निको हुन्छ?

banner_image

दाबी: जाइफलको प्रयोग एवं मन्त्रको जपले मिर्गी रोगको निवारण गर्न सकिने दाबी ।
तथ्य: जाइफललाई कालो धागोमा बेरेर घाँटीमा लगाउने र मन्त्र जप गर्दा मिर्गी रोग निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन ।

मिर्गी रोगसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । उक्त सामाग्रीहरूमा जाइफलको प्रयोग एवं मन्त्रको जपले मिर्गी रोगको निवारण गर्न सकिने दाबी गरिएको छ ।

डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा जाइफलको प्रयोगले मिर्गी रोग निको पार्न सकिने दाबी गरिएको छ । उक्त सामग्रीमा जाइफलको तस्बिरसँगै लेखिएको छ- ‘मिर्गी रोगको लागि आइतबार, मंगलबार जाइफल ल्याउने र कालो धागोमा एउटा जाइफल उनेर गलामा बाध्नाले मिर्गी रोग निको हुन्छ भनेको छ । यो जन्त्र महात्मामा उल्लेख गरेको छ ।’

अर्कोतर्फ सोही आइडीमा पोस्ट गरिएको फरक सामग्रीमा मन्त्रको जपले मिर्गी रोगको निवारण गर्न सकिने दाबी गरिएको छ । उक्त सामग्रीमा लेखिएको छ- ‘मिर्गी रोगको उपचार मन्त्रद्वारा सूर्यदेवको मन्त्र लेखेर जन्त्र बनायर गलामा धुप दिप दिएर बाँधीदिने, दैनिक सूर्य मन्त्रको जप गर्ने गर्नाले मिर्गी रोग ठिक हुन्छ । सूर्य मन्त्र- उँ ह्रीँ घृणीं सूर्य आदित्याय नम:,  यो मन्त्र मिर्गी रोगीले जप्नुहोस्‌ ।’  

मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गर्दा उक्त दाबी गलत भएको पाइयो ।

तथ्यजाँच/प्रमाणीकरण

मिर्गी रोग एक स्नायू समस्या हो, जसले मानिसलाई अप्रत्याशितरुपमा बारम्बार आक्रमण गर्ने गर्दछन् । यो रोगले मस्तिष्कको विद्युतीय गतिविधिलाई असर गर्छ र यस असरले मानिसको शरीरमा असामान्य न्यूरोनल गतिविधि हुन्छ । रोगीको मस्तिष्कले प्रसारण गर्ने विद्युतीय संकेतहरू अवरोध हुँदा स्नायु कोशिकाबीचको अस्थायी सञ्चार समस्याहरू निम्तिन्छ र मानिसको शरीर अचानक काप्न थाल्छ । 

मिर्गी रोग लाग्नुका विभिन्न कारणहरू हुन सक्छन्, जसमा आनुवंशिक कारक, मस्तिष्कमा चोटपटक, विभिन्न संक्रमणहरू, ब्रेन ट्युमर, स्ट्रोक लगायत समावेश छन् । यो रोग कुनै पनि उमेरमा विकसित हुन सक्छ तर यो सामान्यतया बाल्यकाल वा वृद्ध व्यक्तिहरूमा देखिनेगर्छ ।

मिर्गीको उपचारमा सामान्यतया पूर्ण चिकित्सा इतिहास, शारीरिक परीक्षण र मस्तिष्कका तरंगहरू मापन गर्न ईईजी, एमआरआई जस्ता इमेजिङ स्क्यानहरू र अन्तर्निहित कारणहरू पहिचान गर्न रक्त परीक्षण जस्ता विधिहरूको प्रयोग गरिन्छ ।

मिर्गी रोग छिप्पिएको शारीरिक समस्या हो, यसलाई प्रायः एन्टीपिलेप्टिक ड्रग्स (AEDs) नामक औषधिहरूद्वारा व्यवस्थित गर्न सकिन्छ । याे औषधीले रागकाे आवृत्ति र गम्भीरतालाई नियन्त्रण वा कम गर्न मद्दत गर्दछ । केही अवस्थामा भने शल्यक्रिया वा अन्य विधिबाट यसको उपचार गर्न सकिन्छ । 

तर, जाइफललाई कालो धागोमा बेरेर घाँटीमा लगाउने र मन्त्र जप गर्दा मिर्गी रोग निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन । मिर्गी रोग एक न्यूरोलोजिकल विकार हो,  सामान्यतया औषधि, जीवनशैली परिमार्जन र शल्यक्रियामार्फत् यसको उपचार गर्ने गरिन्छ । 

केही परम्परागत वा वैकल्पिक अभ्यासहरु एवं सांस्कृतिक वा ऐतिहासिक तरिकाहरु मिर्गीको उपचारमा प्रयोग हुने भएपनि वैज्ञानिक रूपमा प्रमाणित चिकित्सा उपचारहरूमा भरपर्नु महत्त्वपूर्ण हुन्छ । मिर्गीको सही निदान र उपयुक्त उपचार विकल्पहरूको लागि योग्य स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु उपयुक्त हुन्छ । 

जाइफल Myristica fragrans रूख को बीउबाट व्युत्पन्न एक मसला हो । यसमा केही औषधीय गुणहरू रहेका हुन्छन् र यसलाई विभिन्न परम्परागत औषधिमा प्रयोग गर्ने गरिन्छ । तर, यसको भरपर्दो वैज्ञानिक डेटा छैन, जसले मिर्गीको उपचारको रूपमा यसको प्रभावकारितालाई प्रष्ट पारोस्  ।

निष्कर्ष

जाइफललाई कालो धागोमा बेरेर घाँटीमा लगाउने र मन्त्र जप गर्दा मिर्गी रोग निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन । मिर्गीको सही निदान र उपयुक्त उपचारका लागि योग्य स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु उपयुक्त हुन्छ । 

नतिजा : गलत  

हाम्रा स्रोतहरू

Nutmeg
The Epidemiology of Epilepsy
Epilepsy in adults


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage