Tuesday, April 30, 2024
HomeFact CheckFact Check: सरकारले फेसबुक, युट्युब बन्द गर्ने घोषणा गरेको भ्रामक दाबी सामाजिक संजालमा...

Fact Check: सरकारले फेसबुक, युट्युब बन्द गर्ने घोषणा गरेको भ्रामक दाबी सामाजिक संजालमा फैलियो

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: सरकारले फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा गरेको छ ।
तथ्य: सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ ।  

सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध  दुई दर्जनभन्दा बढी रिट दायर भएका छन् । न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको छ । यही सन्दर्भमा सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाल पनि बन्द गर्ने घोषणा गरेको दाबी गरिएका सामग्री फेला परेका छन् । 

Nepalimedianetwork नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक समाचार प्रस्तोता देखिएकी छन् । उनले नेपालमा फेसबुक र युट्युब लगायतका सामाजिक संजाल सरकारको नियमन बाहिर रहेको जानकारी दिइरहेकी छन् । समाचारको भिडियोसँगै थमनेलमा लेखिएको छ- ‘सरकारले अब फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा ।’   

एक साताअघि पोस्ट गरिएको दाबीसहितको पोस्टलाई २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब तीन सय प्रतिक्रिया आएको उक्त पोस्टलाई एक सय २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । दाबीसहितको उक्त पोस्ट सामाजिक संजालमा फैलदोक्रममा देखिन्छ । 

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको सन्दर्भमा फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई पनि सरकारले बन्द गर्ने घोषणा गरेको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

२७ कात्तिक (२०८०) मा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै ‘सामाजिक सञ्जाल संचालन निर्देशिका २०८०’ पनि पारित गरेको थियो । उक्त निर्देशिकामा सामाजिक संजालहरू नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । यही सन्दर्भमा सरकारले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी गरिरहेको रिपोर्ट बिबिसी नेपालीले प्रकाशित गरेको छ । 

२९ नोभेम्बर २०२३ प्रकाशित बिबिसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले भनेका छन्-‘प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ । त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ ।’ 

प्रकाश रायमाझीले यो अभिव्यक्ति फेसबुक र युट्युबतर्फ लक्षित गर्दै होइन, बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूप्रति लक्षित छ । बिबिसीको रिपोर्ट सार्वजनिक भएसँगै अन्य संचार माध्यमले पनि बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि सरकारले निगरानी गरिरहेको समाचार प्रकाशित गरेका छन् ।  

यस बाहेक फेसबुक, युट्युब लगायत सामाजिक संजालमा प्रतिबन्द गर्ने घोषणाबार‍े अन्य कुनै ताजा अपडेट यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म आएको छैन । तर, दाबीसहितको पोस्ट ९ दिनअघि नै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । 

बाँकी रह्यो, माथि उल्लेखित दाबीसहितको भिडियो । उक्त भिडियोमा एक समाचार प्रस्तोता देखिएकी छन् । उनले नेपालमा फेसबुक र युट्युब लगायतका सामाजिक संजाल सरकारको नियमन बाहिर रहेको जानकारी दिइरहेकी छन् । दाबीसहितको सामग्रीमा जोडिएको उक्त भिडियो एउटा टेलिभिजन समाचारको अंश जस्तो देखिन्छ ।

सोही अनुमानका आधारमा जाँच गर्दा News24 Nepal युट्युब च्यानलमा केही साताअघि पोस्ट गरिएको भिडियो फेला पर्‍यो । २१ नोभेम्बर २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई सरकारले बन्द गर्ने घोषणा गरेको जानकारी छैन । 

फेला परेका स्रोतहरुबाट के पुष्टि हुन्छ भने सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ । फरक सन्दर्भको समाचार भिडियोलाई सामाजिक संजालमा भ्रामक तरिकाले फैलाइएको पाइयो । 

निष्कर्ष

सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी पूर्णत: भ्रामक छ । प्रक्रियामै रहेको मुद्दालाई निर्णय नै भएको जसरी दाबी गरिएको र टेलिभिजनले तयार पारेको समाचारलाई तोडमोड गरी भ्रामक सामग्री तयार पारिएको तथा सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
भिडियो, News24 Nepal
समाचार, ekantipur.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version