Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी ।
तथ्य: मेथीको दानामा फाइबर पाइन्छ, जसले दिसालाई नरम पार्न र आन्द्राको सहजता कायम गर्न मद्दत गर्छ तर मेथीको सेवनले नै पायल्स रोग पूर्णरुपमा निको हुन्छ भन्ने दाबी अपूर्ण छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ ।
Let’s Cook नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा मेथीका दाना देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘जस्तोसुकै पूरानो पायल्स पनि च्वाट्टै निको पार्ने घरेलु उपचार विधि, खाएर त हेरौँ ।’
उल्लेखित दाबीसहितको सामग्री मानव स्वास्थ्यसँग सम्बन्धित संवेदनशील छ । सामाजिक संजाल टिकटकमा व्यापक रुपमा फैलिएको प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।
भिजाएको मेथी (टुसाएको/उमारेको) सेवन गर्दा १५ दिनभित्रमा पायल्स रोग (Hemorrhoids) पूर्णरुपमा निको हुन्छ भन्ने दाबीलाई कुनैपनि बैज्ञानिक तथ्य-प्रमाणहरुले पुष्टि गर्न सकेनन् । मेथीको दानामा फाइबर पाइन्छ, जसले दिसालाई नरम पार्न र आन्द्राको सहजता कायम गर्न मद्दत गर्छ तर मेथीको सेवनले नै पायल्स रोग पूर्णरुपमा निको हुन्छ भन्ने दाबी अपूर्ण छ ।
मलाशय र मलद्वार सुन्निने अवस्थालाई पायल्स भनिन्छ । यस रोगबाट मलद्वार चिलाउने, दुख्ने, मलद्वारको छेउमा गाँठो पर्ने, मलद्वारबाट रक्तस्राव हुने लगायतका समस्या निम्तिने गर्दछन् । पूरानो कब्जियत, भारी लिफ्टिङ, लगातार पखाला वा मल त्यागको समयमा तनाव बढ्नाले पायल्स रोग निम्तिने गर्दछ । गर्भावस्था, बढ्दो उमेर, तौल र खानपान लगायतका कारणले पनि पायल्स रोगको खतरामा खढ्ने गर्दछ ।
माथि उल्लेखित दाबीसहितको सामग्रीका विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले पाइल्स निको नहुने समस्या भएपनि यसका लक्षणहरू कम गर्न सकिने बताए । कब्जियतबाट बच्नका लागि अनाज, फलफूल र बोक्रासहितको फलफूल जस्ता फाइबरयुक्त खानेकुराहरू खान सकिने डा.शरद मल्होत्रा बताएका छन् ।
मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबीलाई समर्थन गर्ने तथ्य-प्रमाणहरू अपर्याप्त छन् । भिजाएको मेथी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुनसक्छ, यसले सम्भावित रूपमा हाइपोग्लाइसेमिया निम्त्याउन पनि सक्छ । पायल्सको उपचारमा मूल कारणलाई सम्बोधन नगरी घरेलु उपचारमा मात्रै भर गर्दा एनीमिया जस्ता जटिलताहरूसमेत निम्तिन सक्छन् ।
रिसर्च लेख, mdpi.com
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 23, 2025
Newschecker And THIP Media
May 16, 2025
Newschecker And THIP Media
May 2, 2025