HomeFact CheckFact Check: सतर्कताको अपीलसँगै सामाजिक संजालमा फैलियो घर भत्किएको दृश्य, पढ्नुहोस् वास्तविकता

Fact Check: सतर्कताको अपीलसँगै सामाजिक संजालमा फैलियो घर भत्किएको दृश्य, पढ्नुहोस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: सतर्क रहन अपीलसँगै ‘बाढीले घर नै बगाएको’  जानकारी दिइएको छ ।
तथ्य: भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई नेपालसँग जोडिएको पाइयो ।

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावा-हुरी, वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ ।
सबैलाई सतर्क रहन अपील गरिएको भिडियोमा बाढी आएको र घर भत्किएको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा दिइएको जानकारी र त्यससँगै देखिएको भिडियो नेपालकै घटना जसरी प्रस्तुत गरिएको छ । 

Bhimsen_rana_magar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा थमलेन जानकारी पनि देख्न सकिन्छ । उक्त थमनेलमा लेखिएको छ- ‘घर नै बगायो बाढीले ।’ केही घण्टाअघि मात्रै पोस्ट गरिएको उक्त भिडियो सामाजिक संजालमा फैलिरहेको छ । 

त्यस्तै Mr.Hem नामक टिकटक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । बाढीले घर भत्काएको भयानक दृश्यसँगै जोडिएको अडियोमा भनिएको छ- ‘मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावा-हुरी, वर्षा र हिमपातको सम्भावना । सबैलाई सतर्क रहन अपील ।’ 

चार दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियो सामग्रीमा साढे १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । साढे दुई सयभन्दा बढी सेयर भइसकेको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने सम्भावना रहेको छ । नेपाली भाषाको जानकारीसँगै सामाजिक संजालमा फैलिएको उक्त भिडियोको हामीले वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण नेपालका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । मौसम बिक्रिएको र वर्षा भइरहेका कारण राजधानी लगायत नेपालका विभिन्न स्थानहरुमा डुबान भइरहेको छ र केही राजमार्गहरू पनि अवरुद्ध भएका छन् । 

यही सन्दर्भमा सामाजिक संजालमा  बाढीले घर भत्काएको भयानक दृश्यसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा बाढीले घर नै बगाएको जानकारी दिइएको छ । यही दाबीका आधारमा हामीले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले विभिन्न कोणबाट भिडियो स्क्रिनसट लियौँ र गुगल लेन्समा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक महिनाअघि आएको बाढीबारे जानकारी पाइयो । जुलाई (२०२३) को दोस्रो हप्ता  सेँज नदीमा आएको बाढीले कुल्लु जिल्लाको सेन्ज क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । उक्त बाढीले ४० दोकान र ३० घर डुबानमा पारेको रिपोर्ट संचार माध्यमले तयार पारेका छन् ।

जाँचका क्रममा माथि उल्लेखित दाबीसहितको भिडियोसँग मिल्दाजुल्दा केही दृश्यहरू फेला परेका थिए । यही आधारमा हामीले  ‘Sainj Market’ ‘House Collapsed’ लगायतका किवर्डहरु गुगलमा सर्च गर्‍यौँ । यसपछिका विभिन्न सर्चको नतिजास्वरुप Amar Ujala Himachal Pradesh नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियो फेला पर्‍यो । एक महिनाअघि पोस्ट गरिएको उक्त भिडियोको शीर्षक हिन्दी भाषामा लेखिएको छ- ‘सैंज में तबाही का वीडियो आया सामने, देखते ही देखते नदी में समा गया भवन’ ।

फेला परेको भिडियोबाट के पुष्टि हुन्छ भने माथि उल्लेखित घर भत्किरहेको दृश्य नेपालको होइन । एक महिनाअघि भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई अनावश्यकरुपमा नेपालसँग जोडिएको पाइयो । नेपाली भाषामा जानकारीसँगै उल्लेखित भिडियोलाई जोडिएका कारण त्यसले भ्रामक सन्देश समेत दिएको देखिन्छ ।

जाँचका क्रममा हामीले थप स्रोत जुटाउनतिर लाग्यौँ । यसका लागि हामीले ‘Sainj Market’ ‘House Collapsed’ लगायतका किवर्डलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप THE NEWZ RADAR नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

एक महिनाअघि पोस्ट गरिएको भिडियोको शीर्षक ‘The shocking video ! Devastating floods and landslides in Sainj, Kullu (Himachal Pradesh)’ लेखिएको छ । यस शीर्षकले फेला परेको माथिल्लो भिडियोको जानकारीलाई पुष्टि गर्दछ । 

निष्कर्ष

वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य प्रकृतिक प्रकोप देखिएका बेला सतर्क रहन अपील गर्दै सामाजिक संजालमा फैलाइएको भिडियो नेपालसँग सम्बन्धित छैन । भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई नेपालसँग जोडिएको पाइयो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Tribuneindia
Amar Ujala Himachal Pradesh
THE NEWZ RADAR

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version