Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । उक्त भिडियोमा सुरक्षाकर्मी र मानिसहरु आत्तिएर दौडिरहेको देखिन्छ र सोही दृश्यमा प्रचण्डलाई कडा सुरक्षा घेराभित्र राखेर उद्दार गरिएकोसमेत देखिन्छ ।
प्रस्तुत भिडियोमा फरक-फरक दाबीसहित सामाजिक संजालमा फैलाइएको हो । ती मध्ये Lal Bogati नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा गोर्खाली जनताले प्रचण्डलाई ढुङ्गा, मुडा र लाठी प्रयोग गरेर धपाएको दाबी गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ – ‘गोरखा- ढुङ्गा, मुडा र लाठी प्रहार प्रचण्डलाई, जयमा काली ! आयो गोर्खाली ।’
एकदिनअघि (शुक्रबार) पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीलाई ४ लाख ८२ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् र करिब साढे ३ हजार प्रयोगकर्ताले उक्त सामग्रीमाथि प्रतिक्रिया दिइसकेका छन् । यस तथ्यबाट के प्रस्ट हुन्छ भने उक्त दाबीसहितको भिडियोको फैलावट व्यापक छ ।
त्यस्तै सोही भिडियो राखेर दाबीसहितको अर्को भाषा प्रयोग गरिएको सामग्री पनि हामीले फेला पार्यौँ । उक्त भिडियोमा पनि निर्वाचनकै मुखमा प्रचण्ड गोरखाबाट लखेटिएको दाबी गरिएको छ । Umesh Bhattarai नामक फेसबुक आइडीमा पोस्ट गरिएको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ- ‘चुनावको माहोलमा गोरखाबाट प्रचण्ड यसरी लखेटिए ।’
त्यस्तै यस भिडियोमा अर्को फरक खालको थमनेल राखिएको छ । उक्त थमनेलमा लेखिएको छ– ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा ज्यान जोगाउन हम्मेहम्मे ढुंगा, जुत्ता, लाठी प्रहार, प्रचण्डलाई गोरखाबाटै अन्त्य गरौँ, गोर्खालीवासीलाई मेरो सलाम ।’
प्रस्तुत दाबीसहितको भिडियो फैलावटको आँकलन गर्दै हामीले केही किवर्ड फेसबुकमा सर्च गर्यौँ । ‘प्रचण्ड’ ‘गोरखा’ ‘ढुंगा’ ‘जुत्ता’ लगायतका किवर्ड फेसबुकमा सर्च गर्दा सोही दाबीसहितका प्रशस्तै भिडियो भेटिए । यसबाट के प्रष्ट भयो भने यही दाबीसहितका भिडियोहरू सामाजिक संजालमा व्यापकरुपमा फैलिसकेका भेटिए । हेर्नुहोस्, किवर्ड सर्चको नतिजा ।
निर्वाचनको मुखमै फैलाइएको प्रस्तुत दाबीसहितको भिडियोको विशेष महत्व रहेको छ । उक्त भिडियोमा गरिएको दाबी आफैमा एउटा गम्भीर विषय भएकाले हामीले वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट लड्दैछन् । ‘प्रचण्डले मंसिर ४ गते हुने निर्वाचनको लागि गोरखामै बसेर चुनावी अभियान चलाइरहेका छन् । यही बेला प्रचण्ड गोरखाबाट लखेटिएको दाबीसहितका भिडियोहरू सामाजिक संजालमा फैलिएका हुन् ।
माथि दाबीसहितका सामाग्रीमा फरक-फरक दाबी भेटिएपनि त्यसमा प्रयोग गरिएको भिडियो भने एउटै छ । त्यसैले सबैधभन्दा पहिले हामीले उक्त भिडियोको वास्तविकता पत्ता लगाउते प्रयास गर्यौँ । जसको लागि हामीले युट्युबमा सर्च गर्नका लागि विभिन्न किवर्डहरू तयार पार्यौँ । जसमध्ये एउटा किवर्ड ‘प्रचण्ड सुरक्षा’ ‘onlinekhabar’ को नतिजामार्फत हामीले मूल भिडियो फेला पार्यौँ ।
किवर्ड सर्चबाट फेला पारिएको उक्त भिडियो अहिले नभई ७ वर्ष पहिले नै युट्युबमा पोस्ट गरिएको पाइयो । onlinekhabar युट्युब च्यानलमा २० जनवरी २०१५ मा पोस्ट गरिएको भिडियोको शीर्षक छ – ‘Prachanda Protect by Police’
यही भिडियोलाई आधार बनाएर हामीले थप जानकारी पत्ता लगाउने प्रयास गर्यौँ । भिडियोमा राखिएको क्याप्सनको आधारमा ‘प्रचण्डलाई प्रहरी भ्यानमा उद्दार’ लगायतको किवर्ड सर्च गर्दा भिडियोसँग सम्बन्धित समाचार फेला पर्यो ।
अनलाइन संचार माध्यममा प्रकाशित समाचार अनुसार तत्कालीन माओवादी कार्यकर्ताद्वारा काठमाडौँको बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो र सोही कार्यक्रममा प्रचण्डका अंगरक्षक नै झडपमा परेका थिए । अंगरक्षक नै कुटिएपछि प्रचण्डलाई प्रहरीले भिडबाट उद्दार गरिएको २०७१ माघ ६ गते प्रकाशित समाचारमा उल्लेख गरिएको छ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । किनकि प्रचण्ड देखिने दृश्य गोरखाको भनई ७ वर्ष पहिले घटेको काठमाडौँकै घटनाको हो ।
गोर्खाली जनताले प्रचण्डलाई ढुङ्गा, मुडा र लाठी प्रयोग गरेर धपाएका छैनन् । सात वर्ष पहिले काठमाडौँमा खिचिएको भिडियोलाई तोडमोड गरेर भ्रामक दाबीका साथ उक्त भिडियो फेसबुकमा फैलाइएको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
July 15, 2024
Aakash Chhetri
May 9, 2024
Aakash Chhetri
October 10, 2023