HomeFact CheckFact Check: जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइयो अलग सन्दर्भका भिडियो

Fact Check: जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइयो अलग सन्दर्भका भिडियो

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: जाजरकोट भूकम्पसँग सम्बन्धित भिडियोहरु ।  
तथ्य: केही फरक सन्दर्भ र केही सन्दर्भ नखुलेका पूराना भिडियोहरुलाई भ्रामक तरिकाले जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  

कर्णाली प्रदेशस्थित जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर (३ नोभेम्बर २०२३) ५.७ म्याग्निच्युडको भूकम्प भएको छ ।  उक्त भूकम्पका कारण जाजरकोट जिल्लामा १०५ र पश्चिम रुकुम जिल्लामा ५२ जनाको ज्यान गइसकेको छ भने  कम्तिमा ३७५ जना घाइते भएका छन् । 

नेपालले अर्को प्राकृतिक विपत्ति ब्यहोरेको यही सन्दर्भमा सामाजिक संजालमा केही भिडियो सामग्री फेला परेका छन् । छोटो समयमै सामाजिक संजालमा द्रुत गति फैलिएका कारण यी भिडियोहरु जाजरकोट भूकम्पलाई चिनाउने दृश्य बनेका छन् । तर, ती भिडियोहरुको वास्तविकता भने फरक छ ।

जाजरकोटमा केन्द्रबिन्दू बनाएर भूकम्प भएकै भोलिपल्ट suraj_oficee नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरियो । उक्त भिडियोमा एउटा घर भत्किएको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा मानिसहरु चिच्याइरहेको आजाव पनि सुन्न सकिन्छ ।  

पोस्ट गरिएको केही समयमै प्रस्तुत भिडियोलाई टिकटक, फेसबुक, युट्युबमा पोस्ट गर्न थालियो । जाजरकोट र रुकुम पश्चिममा भूकम्प भन्दै उक्त भिडियोलाई सामाजिक संजालमा फैलाउन थालियो । यही क्रममा सामाजिक संजाल प्रयोगकर्ताहरु उक्त भिडियो जाजरकोट भूकम्पसँग सम्बन्धित हो कि भनेर झुक्किएको देखिन्छ ।  

अर्कोतर्फ सामाजिक संजालमा अर्को भिडियो पनि फेला परेको छ । Dipeshxettri नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा पनि एउटा घर भत्किएको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउने ८० जनाप्रति हार्दिक श्रद्धान्जली ।’ 

जाजरकोटमा भूकम्प गएको भोलिपल्ट अर्थात् ३ दिनअघि पोस्ट गरिएको भिडियोमा २८ हजारभन्दा बढी टिपकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई ८ सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, उक्त भिडियोबाट अन्य थप करिब १०० भिडियोहरु पुनर्उत्पादन समेत गरिएको देखिन्छ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियोहरू जाजरकोट-रुकुम भूकम्पसँग सम्बन्धित छन् त ? यही विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँचको सुरुवात गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले हामीले पहिलो भिडियोलाई गुगल लेन्समा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Rising Nepal Daily मा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

एक वर्षअघि अर्थात् २८ अगस्ट २०२२ मा प्रकाशित उक्त समाचारको तस्बिर र माथि उल्लेखित दाबीसहितको भिडियोमा केही समानता देखिन्छ । फेला परेको समाचारका आधारमा हामीले ‘पहिरो’ ‘रुकुम’ ‘घर’ लगायतका किवर्ड सर्च गर्दा युट्युबमा एउटा भिडियो फेला पर्‍यो । 

Bibekpathakofficial नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियोको शिर्षक राखिएको छ-  ‘Landslide at Sanibheri gaupalika, West Rukum | हेर्दाहेर्दै रुकुममा पहिरोले घर लडायो !’  

फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने जाजरकोटको भूकम्पसँग सम्बन्धित भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो भ्रामक छ । एक वर्षअघि रुकुममा पहिरो गएको र घर भत्किएको भिडियोलाई भ्रामक तरिकाले भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

अब प्रवेश गरौँ, दोस्रो भिडियोमा  । ‘भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउने ८० जनाप्रति हार्दिक श्रद्धान्जली’ भन्दै सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोको मूल सन्दर्भ जाँच गर्ने क्रममा ‘बझाङमा घर भत्किएको भिडियो’ ‘भूकम्प’ वाक्यांशलाई इन्टरनेटमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप करिब एक महिनाअघि फेसबुकमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । एक महिनाअघि अर्थात् असाेज १६ (२०८०) गते बझाङ जिल्लास्थित चैनपुर वरिपरि केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही सन्दर्भमा उल्लेखित भिडियो पोस्ट गरिएको देखिन्छ ।

४ दिनअघि गएको भूकम्पलाई सन्दर्भ बनाएर यही भिडियो पोस्ट गरिएको छ । तर, जाजरकोट भूकम्पको सन्दर्भसँग जोड्दै पोस्ट गरिएको यो भिडियो एक महिनाअघि नै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । यस तथ्यबाट के प्रस्ट हुन्छ भने पूरानो र सन्दर्भ नखुलेको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । 

निष्कर्ष

जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएका भिडियोहरुले भ्रामक सन्देश दिएका छन् । केही फरक सन्दर्भ र केही सन्दर्भ नखुलेका पूराना भिडियोहरुलाई भ्रामक तरिकाले जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार,  Rising Nepal Daily
भिडियो, Bibekpathakofficial
समाचार, ekantipur

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version