HomeFact CheckFact Check: पूर्वमिस नेपाल श्रृंखला र सम्भवको प्रेम सम्बन्धबारे कान्तिपुरले कभर स्टोरी...

Fact Check: पूर्वमिस नेपाल श्रृंखला र सम्भवको प्रेम सम्बन्धबारे कान्तिपुरले कभर स्टोरी छापेको हो? पढ्नुहोस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी प्रकाशित गरेको तस्बिर र दाबी ।
तथ्य: कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले केही दिनअघि सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । अक्टोबर १५ (२०२३) मा इन्स्टाग्राममा सम्भव आफ्ना तस्बिर पोस्ट गर्दै श्रृंखलाले प्रेम सम्बन्ध स्वीकार गरेकी हुन् । केही समय अघिबाट श्रृंखलाको प्रेम सम्बन्ध सम्भव सिरोहियासँग रहेको चर्चा हुन थालेको थियो । 

पूर्वमिस नेपाल श्रृंखला खतिवडाका प्रेमी सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन् । यही सन्दर्भमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देखिने एउटा इपेपर सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिएको छ ।

यही क्रममा हाम्रा केही पाठकले प्रलाद यात्री, राेयल गाउँ लगायतका फेसबुक आइडीमा पोस्ट गरिएका इपेपरको तथ्यजाँच गर्न अनुराेध गरेका थिए । पाठकले हामीलाई पठाएका पोस्टमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देखिने एउटा इपेपरमा श्रृंखला खतिवडा र सम्भव सिरोहियाको तस्बिर देख्न सकिन्छ । तस्बिरसँगै एउटा शिर्षक र उपशिर्षक राखिएको छ ।

सामाजिक संजालमा पोस्ट गरिएको इपेपरमा लेखिएको छ- ‘शृंखलाले सार्वजनिक गरिन् नयाँ प्रेमी, युवाहरुमा आयो ठूलो भूइँचालो !’ साथै पोस्टको क्याप्सनमा लेखिएको छ- ‘आजको कान्तिपुरमा, हे भगवान् केही समाचार नपाएर नै हाे याे १२ भाइ काे जेठा दाजुले उफ्, तेराे खाेज पत्रुकारिता ।’

कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी नै प्रकाशित गरेको हो ? हाम्रा पाठकको अनुरोध बमोजिम हामीले प्रस्तुत पोस्टमाथि तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामाजिक संजालमा पोस्ट गरिएको इपेपरमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देख्न सकिन्छ । यही आधारमा हामीले तथ्यजाँचको सुरुवात गर्‍यौँ । सबैभन्दा पहिले हामीले धमिलोगरी देखिने इपेपरमा रहेका विवरणलाई झिक्यौँ । 

इपेपरमा रहेको विवरण अनुसार उक्त पत्रिका ३० अक्टोबर २०२१ मा प्रकाशित भएको देखिन्छ । साथै उक्त पत्रिकाको कभर स्टोरीमा तुफान न्यौपाने नामक पत्रकारको बाइलाइन देख्न सकिन्छ । उक्त नाम अंकित पत्रकार कान्तिपुर दैनिकमै कार्यरत छन् । 

सोही विवरण अनुसार हामीले ३० अक्टोबर २०२१ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपर खोज्नतिर लाग्यौँ । यही क्रममा हामीले कान्तिपुर दैनिकको डिजिटल संस्करण ekantipur.com मा गएर इपेपर खोज्यौँ । ३० अक्टोबर २०२१ मितिमा प्रकाशित इपेपर हेर्दा हामीले मूल संस्करण फेला पार्‍यौँ । 

epaper.ekantipur.com मा फेला परेको इपेपरमा श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कुनै कभरस्टोरी छापिएको पाइएन । तुफान न्यौपानेको बाइलाइन प्रकाशित उक्त समाचारमा ठग र अदालतको मुद्दाबारे जानकारी दिइएको छ । उक्त समाचारको शिर्षक राखिएको छ- जो ठगको फन्दामा परेर जेल पुगे

फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभर स्टोरी प्रकाशित गरेको छैन । दुई वर्ष पूरानो कान्तिपुर दैनिकको इपेपरमा प्रकाशित विवरण छेडखानी गर्दै भ्रामक सन्देश फैलाउन खोजिएको देखिन्छ । 

निष्कर्ष

कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभर स्टोरी प्रकाशित गरेको सन्देश भ्रामक छ । कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो ।

नतिजा : भ्रामक/इडिटेड

हाम्रा स्रोतहरू

इपेपर, epaper.ekantipur.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version