Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ‘काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले चलाए पानीजहाज’ भिडियो ।
तथ्य: फिलिपिन्समा घटेको घटनाको भिडियोलाई काठमाडौँसँग जोड्दै पोस्ट गरियो ।
बाढी आएको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले पानीजहाज चलाएको दाबी गरिएको छ ।
Ramesh Gautam फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा बाढीले ठूला-ठूला साधनहरु बगाएको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले चलाए पानीजहाज ।’
२६ जुलाई २०२४ मा पोस्ट गरिएको छोटो भिडियो (रिल)मा करिब १९ हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । यही अवधिमा दाबीसहितको भिडियो १५ सय सेयर भइसकेको छ ।
फेसबुकमा द्रुत गतिमा फैलिरहेको भिडियो काठमाडौँको बाढीसँग सम्बन्धित छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोबाट केही स्क्रिनसट लियौँ । ती स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेल सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप JESTV Amazing नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । केही दिनअघि मात्रै पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘Manila Philippines super typhoon’ ।
युट्युबमा फेला परेको भिडियो र काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले पानीजहाज चलाएको दाबी गर्ने भिडियोमा एउटै दृश्य देखिएको छ । त्यसैले भिडियोमा दिइएको जानकारीका आधारमा हामीले ‘Several Barges Crashing Into a Bridge Manila’ वाक्यांशलाई गुगल तथा युट्युबमा सर्च गर्यौँ ।
वाक्यांश सर्चको नतिजास्वरुप Manila Bulletin Online नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । २४ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियो र दाबीसहित पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ ।
भिडियोमा दिइएको जानकारी अनुसार टाइफुन क्यारिना (Typhoon Gaemi/Carina) ले फिलिपिन्सलाई आफ्नो चपेटामा लिएका बेला २४ जुलाई २०२४ मा राजधानी मनिला क्षेत्रको मारिकिना नदीमा पानीको सतह बढेको थियो । मारिकिना नदीमा बाढी आएका कारण क्युजोन शहरमा रहेको कारुन्चो पुलमा नौकाहरु (Barges ठोक्किन पुगेका थिए ।
सोही घटनाको भिडियो तथा जानकारी The Weather Channel, INQUIRER.net लगायतका युट्युब च्यानलमा समेत पोस्ट गरिएको देखिन्छ । युट्युबमा फेला परेका भिडियो र काठमाडौँको सुकुम्बासी बस्ती भन्दै पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ ।
फेला परेका भिडियो/जानकारीमा कारुन्चो पुल (Caruncho Bridge) मा नौकाहरु ठोक्किएको जानकारी दिइएको छ । त्यस्तैले थप जाँचका क्रममा हामीले गुगल म्याप खोल्यौँ र Caruncho Bridge सर्च गर्यौँ । पुल वरिपरीको दृश्यलाई ‘स्ट्रिट भ्यु’मा हेर्दा दाबीसहितको भिडियोसँग मिल्दा केही संकेत देखिए ।
फेला परेका तथ्यहरुले के प्रमाणित गर्छन् भने नेपालको राजधानी काठमाडौँसँग जोड्दै सामाजिक संजालमा फैलाइएको भिडियो फिलिपिन्सको राजधानी मनिलाको घटना हो ।
काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले पानीजहाज चलाएको दाबी भ्रामक छ । फिलिपिन्समा घटेको घटनाको भिडियोलाई काठमाडौँसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो, Manila Bulletin Online
भिडियो, JESTV Amazing
भिडियो, The Weather Channel
भिडियो, INQUIRER.net
गुगल स्ट्रिट भ्यू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]