Thursday, May 2, 2024
Thursday, May 2, 2024

HomeFact CheckFact Check: काठमाडौँमा रेल आएको हो ?  भियतनामको भिडियोमा गलत दाबी

Fact Check: काठमाडौँमा रेल आएको हो ?  भियतनामको भिडियोमा गलत दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएका छन् । 
तथ्य: भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको भिडियोलाई काठमाडौँमा रेल आएको गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको छ ।

सामाजिक सजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएको दाबी गरिएको छ ।

Nepaldots1988 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा एउटा साँघुराे रेलको ट्रयाक र रेल देख्न सकिन्छ । सोही भिडियोसँगै काठमाडौँमा रेल ल्याइएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘लौ काठमाडौँमा बालेनले ल्यायो रेल ।’   

३२ सयभन्दा बढी रियाक्ट आइसकेको प्रस्तुत भिडियो सामग्रीमा ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रया दिइसकेका छन् । साथै आगामी दिनमा उक्त सामग्री झनै द्रुत गतिमा फैलिनस्कने देखिन्छ । यही कारण हामीले प्रस्तुत रेलको वास्तविकता पत्ता तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामग्रीमा एउटा रेल र रेलको ट्रयाक देख्न सकिन्छ । साथै भिडियोलाई राम्रोसँग नियाल्दा उक्त रेलको नम्बर पनि देख्न सकिन्छ । रेलको अगाडीको भागमा लेखिएको छ- ‘D19E-947’ (डी १९ इ-९४७) । 

जाँचका क्रममा सबैभन्दा पहिले हामीले सोही रेल नम्बरलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप भियतनाम रेलवेसँग सम्बन्धित जानकारी फेला पर्‍याे । उक्त सामग्रीमा एउटा तस्बिर पनि देख्न सकिन्छ र यो तस्बिर डी १९ इ-९४७ नम्बरको रेलको हो ।

Railwayherald.com नामक वेबसाइटमा दिइएको जानकारी अनुसार को-को डिजेल इलेक्ट्रिक लोको नम्बर डी १९ इ-९४७ को रेल भियतनाममा संचालित छ । यो लोकोमोटिभ रेल २००३ मा  भियतनामै सीएसआर ज़ियाङ्ग (दक्षिणी चीन)को सहयोगमा निर्माण गरिएको थियो । यो रेल भियतनाको एक्स-साइगनदेखि हनोईसम्म चल्ने गर्दछ ।  

भियतनामको राजधानी हो, हनोई । हनोईमा अवस्थित ट्रेन स्ट्रीट पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको छ । यो क्षेत्र सहरको बिचमा रहेको एउटा सानो रेल ट्रयाक हो । चारैतिर साँघुरो बाटो, घरहरू, क्याफे र बिचमा रेल लाइन रहेको यो क्षेत्रलाई नै ट्रेन स्ट्रीट भन्ने गरिन्छ ।

सामाजिक सजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएको दाबी गरिएको छ ।

प्रस्तुत तथ्यहरु फेला परेपछि हामीले ‘Train Street Vietnam’ ‘D19E- 947’ वाक्यांशहरुलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Always B Wandering नामक युट्युब च्यालमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । ‘Train Street in Hanoi, Vietnam’ शीर्षकसहितको भिडियोमा एउटा रेल दौडिरहेको दृश्य देख्न सकिन्छ । यो भिडियोमा दखिएको रेल र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको रेलको नम्बर (डी १९ इ-९४७) एउटै छ ।

थप जाँचका क्रममा हामीले अन्य सामग्री फेला पार्‍यौँ । दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्दा DW Travel नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो भेटियो । यो भिडियो पनि भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको हो । २ अप्रिल २०२३ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Vietnam: You must see this train!

फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एकै हुन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको दृश्यलाई काठमाडौँसँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ । यसले भ्रामक सन्देश दिएको छ । 

जाँचकै क्रममा Adam Jon Hart नामक फेसबुक आइडीमा पोस्ट गरिएको अर्को रिल भिडियो फेला पर्‍यो । माथि उल्लेख गरिएको भिडियो र यो भिडियो एउटै हुन् । भियतनामको राजधानीको भिडियोलाई नेपालको राजधानीसँग जाेडेर गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।

हेर्नुहोस् भिडियो

निष्कर्ष

काठमाडौँ महानगरभित्र अहिलेसम्म रेल संचालनमा आएको छैन ।  भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको भिडियोलाई काठमाडौँमा रेल आएको गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

नतिजा : गलत 

हाम्रा स्रोतहरू

Time.com
DW Travel
Railwayherald.com
Always B Wandering

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular