Monday, June 2, 2025

Fact Check

केबिसीको सिजन १२, एपिसोड १० माथि  छेडखानी, अमिताभलाई ‘नेपाली बाबुले थर्काएको’ दाबी   

Written By Aakash Chhetri
Dec 20, 2022
banner_image

सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा भारतको लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोड़पति (केबिसी)’ को स्टेज देखाइएको छ । केबिसीको स्टेजमा नेपाली युवक पगेको दृश्यसमेत उक्त सामग्रीमा देख्न सकिन्छ ।

Balenshaha055 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भादगाउँले टोपी लगाएका एक नेपाली युवक देखिएका छन् । साथै सोही सामग्रीमा केबिसीको स्टेज र केबिसीका प्रस्तोता अमिताभ बच्चन देखिएका छन् । 

प्रस्तुत सामग्रीमा जोडिएको भिडियोमा कार्यक्रम प्रस्तोता अमिताभ बच्चनले एउटा प्रश्न गरेका छन् । उक्त प्रश्न यस्तो छ- ‘किस देश की स‌ंसद ने, २०२० में, अपने देश का एक नया नक्शा स्वीकृत किया जिसमे भारत के लिपुलेख, कालापानी और लिम्पियाधुरा जगहो‌ं को भी शामिल किया गया था ?’

यतिकैमा नेपाली युवकले केबिसी प्रस्तोता बच्चनले सोधेको प्रश्न नै गलत भएकाले आफूले उक्त प्रश्नको उत्तर नदिने बताउँछन् ।

प्रस्तुत दृश्यसहितको सामग्रीमा केही थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘कौन बनेगा करोड़पतिमा नेपाली बाबुले थर्काउँदै दिए अमिताभ बच्चनलाई जवाफ, नेपाली बाबु एउटा सच्चा नेपाली देशभक्त नेपाली हुन् ।’   

केबिसीमा नेपाली युवक पुगेको र कार्यक्रम प्रस्तोता अमिताभ बच्चनलाई थर्काएको दाबी गर्ने प्रस्तुत सामग्रीमा ६१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्रीलाई २३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।  

टिकटकमा मात्र होइन, प्रस्तुत सामग्री फेसबुकमा पनि फैलिएको पाइयो । ‘कौन बनेगा करोड़पती मे एक नेपाली जवाफ’ वाक्यांशलाई हामीले फेसबुकमा सर्च गर्दा थुप्रै नतिजाहरू भेटिएका छन् । 

तथ्यजाँच/प्रमाणीकरण

प्रस्तुत सामग्रीमा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोड़पति (केबिसी)’ नेपाली युवक पुगेको र केबिसीका प्रस्तोता अमिताभ बच्चनको प्रश्नमा ती युवकले असहमति व्यक्त गरेको देखाइएको छ । 

प्रस्तुत दाबीसहितको सामग्रीबारे जाँच गर्नुअघि हामीले विभिन्न सामाजिक संजालमा यस घटनाबारे विभिन्न किवर्ड सर्च गर्‍यौँ । यही क्रममा हामीले युट्युबमा ‘कौन बनेगा करोड़पती मे एक नेपाली जवाफ’ वाक्यांश सर्च गर्‍यौँ । फलस्वरुप tattato gyan नामक युट्युब च्यानलमा एउटा भिडियो फेला पर्‍याे । 

‘Kaun banega Crorepati मा नेपाली ठिटो | अमिताभ बच्चनलाइ थर्काउदै प्रस्न गरे’ शीर्षकको उक्त भिडियोलाई नै काटछाँट गरेर सामाजिक संजालमा फैलाइएको पाइयो । युट्युबमा फेला परेको तथ्यबाट के प्रष्ट भयो भने २३ अक्टोबर २०२० मा युट्युब च्यानलमा पोस्ट गरिएको सोही भिडियो सामाजिक संजालमा फैलाइएको हो । 

https://www.youtube.com/watch?v=RXLt9ymgEHk

प्रस्तुत युट्युब भिडियो फेला परेपछि हामी केबिसीमा सोधिएको उक्त प्रश्नको खोजीमा जुट्यौँ । माथिको भिडियो २३ अक्टोबरमा युट्युबमा पोस्ट गरिएका कारण हामीले सोही मितिलाई आधार बनाएर जाँचको काम सुरु गर्‍यौँ । यसका लागि हामीले अक्टोबर २०२० मा प्रकाशित केबिसीका सबै श्रृंखलाहरू एक-एक गर्दै हेर्‍यौँ ।

जाँचको परिणामस्वरुप माथि उल्लेखित प्रश्न सोधिएको श्रृंखला फेला पर्‍यो । ११ अक्टोबर २०२० मा SET India युट्युब च्यानलमा पोस्ट गरिएको केबिसीको उक्त श्रृंखलामा कार्यक्रम प्रस्तोताले सहभागी एक महिलालाई नेपालसँग सम्बन्धित उक्त प्रश्न गरेका छन् । कौन बनेगा करोड़पति (केबिसी) को सिजन १२, एपिसोड १० मा रोल ओभर कन्टेस्टेन्टका रुपमा भारतस्थित छत्तीसगढकी म्रिनालिका दुबे सहभागी भएकी थिइन् । 

खेलमा सहभागी दुबेलाई खेलको पहिलो प्रश्न रुपमा नवौँ प्रश्न सोधिन्छ । कार्यक्रम प्रस्तोता बच्चनले सोधेको उक्त प्रश्न १ लाख ६० हजारको हुन्छ । कार्यक्रम अगाडि बढाउँदै बच्चनले प्रश्न सोध्छन्- ‘किस देश की स‌ंसद ने, २०२० में, अपने देश का एक नया नक्शा स्वीकृत किया जिसमे भारत के लिपुलेख, कालापानी और लिम्पियाधुरा जगहो‌ं को भी शामिल किया गया था ?’

https://www.youtube.com/watch?v=dFV07NSgGqI

केबिसीको प्रस्तुत श्रृंखला र हामीले फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने किस देश की स‌ंसद ने, २०२० में, अपने देश का एक नया नक्शा स्वीकृत किया जिसमे भारत के लिपुलेख, कालापानी और लिम्पियाधुरा जगहो‌ं को भी शामिल किया गया था ?’ भन्ने प्रश्न नेपाली युवकलाई सोधिएको थिएन । भारतस्थित छत्तीसगढकी म्रिनालिका दुबेलाई सोधिएको उक्त प्रश्नलाई सामाजिक संजालमा भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो ।

दुई वर्षअघि tattato gyan नामक युट्युब च्यानलमा प्रकाशित गरिएको दाबीसहितको सामग्री अहिलेसम्म सामाजिक संजालमा फैलिरहेको पाइएको छ । उक्त सामग्रीमा कुनै सत्यता भने छैन ।   

निष्कर्ष

कौन बनेगा करोड़पति (केबिसी)’ नेपाली युवक पुगेको र केबिसीका प्रस्तोता अमिताभ बच्चनको प्रश्नमा ती युवकले असहमति व्यक्त गरेको दाबी भ्रामक छ । कम्प्युटर प्रविधिबाट मूल भिडियोमा छेडखानी गर्दै अरु भिडियो जोडेर भ्रामक बनाइएको पाइयो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

SET India

tattato gyan


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

865

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage