Sunday, May 11, 2025

Fact Check

Fact Check: राष्ट्रपति रामचन्द्र पौडेलले कहिले भने ‘बुद्ध भारतमै जन्मेका हुन्’? 

Written By Aakash Chhetri
Mar 30, 2023
banner_image

Claim

image

Fact

image

दाबी  : राष्ट्रपति रामचन्द्र पौडेलले ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिए ।
तथ्य : राष्ट्रपति रामचन्द्र पौडेलले  ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्ने सामग्री एवं समाचारको सत्यता प्रमाणित हुँदैन ।   

सामाजिक संजालको नेपाली ‘सर्कल’मा एउटा सामग्री व्यापकरुपमा फैलिरहेको छ । भिडियोसहितको उक्त सामग्रीमार्फत् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको ‘अभिव्यक्ति’लाई छेडखानी गरिएको छ । उक्त सामग्रीमा ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलले दिएको दाबी गरिएको छ ।    

Raj Sharma नामक फेसबुक आइडीमा एउटा समाचार लिंक पोस्ट गरिएको छ (प्राइभेट गरिएको अवस्थामा) र उक्त पोस्टलाई पब्लिक ग्रुपमा  राखिएको छ । उक्त समाचार लिंकमा गौतम बुद्ध र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर जोडिएको देखिन्छ । साथै उक्त तस्बिरको थमनेलमा ‘बुद्ध भारतमै जन्मेका हुन्’ लेखिएको छ । त्यसैगरी समाचार लिंकको शिर्षक छ- ‘बुद्ध भारतमै जन्मेका हुन् नेपालमा आएर बसेका हुन् । रामचन्द्र पौडेल’ । 

प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट सामाजिक संजालमा अधिक देखिन्छ । ‘बुद्ध भारतमै जन्मेका हुन् रामचन्द्र पौडेल’ वाक्यांशलाई फेसबुकमा सर्च गर्दा आएको नतिजा तलको तस्बिरमा हेर्नुहोस् ।

 

दाबीसहितको यो सामग्री टिकटकमा पनि फैलिएको पाइयो । surya_a_brand नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा पनि उही तस्बिर र थमनेलको स्कृनसटलाई प्रयोग गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेले ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको भान पर्ने यो दाबीसहितको सामग्रीमा एउटा अडियो पनि जोडिएको छ । बोलिचारीका शब्दहरू प्रयोग गर्दै उक्त अडियोमा भनिएको छ- 

‘राष्ट्रपति रामचन्द्र पौडेलले भने बुद्ध भारतमा जन्मेका हुन्, यसअघि नेपालमा बसाेबास गर्दै आएका भारतीयहरूलाई नागरिकता दिने आफ्नो काम बताएका थिए, कृपया हजुरहरूको प्रतिक्रिया ।’ 

नेपालमा राजकीय पदमा रहेका विशिष्ठ व्यक्तिहरूले गौतम बुद्धका विषयमा अभिव्यक्ति दिनुपरे एक पटक सोचेर दिने गर्दछन् । यस्तो अवस्थामा नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नै ‘बुद्ध भारतमै जन्मेका हुन्’ भनेको दाबी गर्ने सामग्री अति नै संम्बेदनशील रहेको छ । यही कारण हामीले प्रस्तुत दाबीसहितको सामग्रीबारे जाँच गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमार्फत् ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलले दिएको दाबी पेस गरिएको छ । यो दाबीलाई एउटा वेबसाइटको लिंकबाट सामाजिक संजालमा प्रवेश गराइयो र उक्त दाबीलाई सामाजिक संजालमा फैलाउन पनि सोही वेबसाइटको लिंकलाई प्रयोग गरिएको पाइयो ।

sansarkokhabar.com नामक वेबसाइट नै उल्लेखित दाबीको मूल स्रोत हो । यो वेबसाइटलाई हाल प्राइभेट बनाएर राखिएको छ । प्रस्तुत वेबसाइट कस्तो प्रकारको हो र कस्ता सामग्री प्रकाशित गर्छ भन्ने जानकारी पाउन वेबपेजको जाँच गर्नैपर्ने छ तर बेवसाइट लक गरिएको छ ।  

स्रोत खोजीकै क्रममा हामीले जाँचमा web.archive.org वेबसाइटको सहयोग लियौँ । उक्त वेबसाइटमा sansarkokhabar.com बेवसाइटको संहग्र खोज्यौँ । एक दिनअघि अर्थात् २८ मार्च २०२३ मा अन्तिम पटक उक्त वेबसाइटको होम पेज संग्रह भएको पाइयो । त्यस्तै यसअघि १५ मार्च २०२३ मा पनि बेवसाइटको होम पेज संग्रह भएको पाइयो । 

web.archive.org वेबसाइटमा अघिल्लो पटक संग्रह भएको होम पेजको मुख्य समाचार नै राष्ट्रपति रामचन्द्र पौडेलबारे रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विरोधमा उत्रिदै उनले लिम्पियाधुरा-कालापानी नेपालको नभएको भन्ने भन्ने अभिव्यक्ति सहितको समाचार प्रकाशित गरिएको छ । यतिमात्र होइन, संग्रहित यस वेब पेजमा उत्सृंखल, सनसनीपूर्ण र भ्रामक सन्देश दिनेगरी समाचार प्रकाशित गरेको पाइयो ।

त्यस्तै पछिल्लो पटक अर्थात् २८ मार्चमा संग्रह गरिएको होम पेजमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’लाई ज्यान मार्ने धम्की आएको जानकारीसहितको सामाचार प्रकासित गरिएको छ । तर, उक्त सामाचार कुनैपनि कोणबाट पुष्टि भएको छैन ।  

यी दुई दृष्टान्तले के प्रष्ट भएको छ भने नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको अभिव्यक्ति भन्दै समाचार तयार पारेको वेबसाइटको विश्वसनीयता ज्यादै न्यून छ । अर्कोतर्फ राष्ट्रपतिको अभिव्यक्ति र ती अभिव्यक्तिबारे तयार पारिएका समाचारहरुको जाँच पनि गरियो तर राष्ट्रपतिले ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको विस्वस्त हुने कुनै प्रमाण फेला परेनन् । यसकारण राष्ट्रपति रामचन्द्र पौडेलले  ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको समाचारको सत्यता प्रमाणित हुँदैन ।   

बाँकि रह्यो, दाबीसहितको सामग्रीमा जोडिएको अडियोको भनाई । उक्त अडियोमा राष्ट्रपति रामचन्द्र पौडेललाई उदृत् गर्दै भनिएको छ- ‘यसअघि नेपालमा बसाेबास गर्दै आएका भारतीयहरूलाई नागरिकता दिने आफ्नो काम बताएका थिए । कुनै विस्वसनीय संचारमाध्यमको नामलाई दुरुपयोग गर्दै उक्त दाबी सामाजिक संजालमा फैलाइएको कुरा यसअघि नै पुष्टि भइसकेको छ ।

अर्कोतर्फ यस्ता खालका समाचारको फैलावटको विषयमा हामीलेे राष्ट्रपति कार्यालयका अधिकार प्राप्त व्यक्तिसँग पनि जानकारी माग्यौँ । यस्ता सामग्रीको सशक्त अनुगमन भइरहेको र रोक्ने प्रयास पनि भइरहेको जानकारी कार्यालयले अनौपचारिका रुपमा दियो ।

निष्कर्ष

राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको विस्वस्त हुने कुनै प्रमाण फेला परेनन्, यसकारण राष्ट्रपति रामचन्द्र पौडेलले  ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्ने सामग्री एवं समाचारको सत्यता प्रमाणित हुँदैन ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage