Wednesday, May 14, 2025

Fact Check

Fact Check: राष्ट्रपति रामचन्द्र पौडेलले पद अस्वीकार गरेका हुन् ? 

Written By Aakash Chhetri
Jun 6, 2023
banner_image

Claim

image

Fact

image

दाबी: राष्ट्रपति रामचन्द्र पौडेलले ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी ।  
तथ्य: राष्ट्रपति रामचन्द्र पौडेलले ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएको भन्ने दाबी भ्रामक छ । 

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ, उक्त भिडियोमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले केही मानिसहरुलाई सम्झाइरहेका छन् । भिडियो सहितको सामग्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

S3 Online Tv नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा रामचन्द्र पौडेललाई पत्रकारले प्रश्न गरिरहेका छन् । प्रश्नको जवाफ दिँदै पौडेल झर्किएजस्तो, रिसाएजस्तो भावमा प्रस्तुत हुन्छन् । उनले प्रश्नको जवाफमा भन्छन्- ‘राष्ट्रपति चाहिएन मलाई ! मलाई गिरिजाप्रसादले नै दिएको, मैले हुन्न भनेको होइन ? यही फदाहा कुरा हो, तपाईहरु जस्ताबाट आको ।’      

प्रस्तुत भिडियो सहितको सामग्रीको थमनेलमा पनि सोही कुरालाई दोहोर्‍याइएको छ । थमनेलमा लेखिएको छ- ‘किन जंगिए पत्रकारको प्रश्नमा राष्ट्रपति रामचन्द्र पौडेल, मलाई चाहिएन राष्ट्रपति रे ।’

एक दिनअघि सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब आठ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको उक्त सामग्रीमा आठ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् । 

प्रस्तुत सामग्रीबारे दिइएका कतिपय प्रतिक्रियामा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन सुझावसमेत दिइएको छ । नेपालका राष्ट्रपतिसँग सम्बन्धित यस सामग्री अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा फैलिएको सामग्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । राष्ट्रपतिले आफ्नो पद अस्वीकार गरेको सन्देश दिने प्रस्तुत सामग्रीमा एउटा भिडियो पनि देख्न सकिन्छ । उक्त भिडियोमा स्वंम् राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति चाहिएन मलाई’ भन्ने अभिव्यक्ति दिएका छन् ।  त्यसैले प्रस्तुत जाँच सुरु गर्दैगर्दा सबैभन्दा पहिले हामीले उक्त भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस थाल्यौँ ।

वास्तविक मूल सन्दर्भको जाँच गर्ने क्रममा हामीले पुन: एकपटक दाबीसहितको सामग्रीमा जोडिएको भिडियोलाई नियालयौँ । उक्त भिडियोमा ‘कैलाश खबर’ लेखिएको एउटा लोगो देख्न सकिन्छ । उक्त लोगोमा लेखिएका शब्दलाई युट्युबमा सर्च गर्दा Kailash Khabar नामक युट्युब च्यानल फेला पर्‍यो । उक्त युट्युब च्यानलको लोगो र दाबीसहितको भिडियोमा रहेको लोगो उस्तै-उस्तै देखिएका छन् । 

फेला परेका प्रस्तुत तथ्यका आधारमा हामीले Kailash Khabar युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरु एक-एक गर्दै हेर्‍यौँ । केही समयको जाँचपछि रामचन्द्र पौडेलसँग सम्बन्धित एउटा भिडियो फेला पर्‍यो । जसमा रामचन्द्र पौडेलले संचार माध्यमलाई अन्तर्वार्ता दिइरहेका छन् । एक वर्षअघि अर्थात् २२ मे २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘वंशवादले काँग्रेस सिद्दिन लाग्याेः रामचन्द्र पाैडेल’ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ को सन्दर्भमा लिइएको उक्त अन्तर्वार्तामा नेपाली कांग्रेस- मा‌ओवादी गठबन्धनबारे तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडललाई प्रश्न गरिएको छ । प्रस्तुत अन्तर्वार्ताको प्रशंग यस्तो छ :

पत्रकारले भन्छन्- कांग्रेसले अहिले गठबन्धन गर्न हुँदै हुँदैनथ्यो । 

रामचन्द्र पौडेल भन्छन्- गलत । तपाइहरूको कन्सेप्ट नै गलत छ ।

पत्रकारले भन्छन्- अब माओवादीसँग मिलेर लडेपछि त स्थायित्व त आइगो नि !

रामचन्द्र पौडेल भन्छन्- केही हुँदैन, के भएको छ र ? ठिक हुन्छ ।

पत्रकारले भन्छन्- बाहिर त तपाईंलाई राष्ट्रपतिको लोभ दिएको छ भन्छन् ।

रामचन्द्र पौडेल भन्छन्- राष्ट्रपति चाहिएन मलाई ! मलाई गिरिजाप्रसादले नै दिएको, मैले हुन्न भनेको होइन ? यही फदाहा कुरा हो, तपाईहरु जस्ताबाट आको ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई लगाइएको आरोप प्रतिरोध गर्न  ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त फरक सन्दर्भको अभिव्यक्तिलाई उनी राष्ट्रपति भएपछि सामाजिक संजालमा फैलाइएको पाइयो । उनी राष्ट्रपति भएपछि ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।

निष्कर्ष

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति दिएको भन्ने दाबी भ्रामक छ । फरक सन्दर्भ र पूरानो अन्तर्वार्तको भिडियोलाई छाँटकाँट गरी त्यसको एउटा अंश सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Kailash Khabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage