Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: हिमालयन नुनसँग कागतीको रस सेवन गर्दा केही मिनेटमै माइग्रेनको दुखाइ निको हुन्छ ।
तथ्य: कागतीको रसले माइग्रेनको प्राकृतिक उपचार गर्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ, उक्त सामग्रीमा कागतीको रस, हिमालयन गुलाबी नुन र महले माइग्रेनको उत्तम प्राकृतिक उपचार गर्ने दाबी गरिएको छ ।
Epiphanyrevealed नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा हिमालयन नुनसँग कागतीको रस सेवन गर्दा केही मिनेटमै माइग्रेन निको हुने दाबी गरिएको छ ।
भिडियोको थमनेलमा भनिएको छ- ‘यदि तपाईं माइग्रेनबाट पीडित हुनुहुन्छ भने दुखाइ निको पार्न औषधिहरू प्रयोग गर्नु अघि तपाईंले निश्चित रूपमा निम्न उपायहरू प्रयास गर्नुपर्छ : यो सरल छ, किनकि तपाईंलाई केवल १.४ चम्चा हिमालयन गुलाबी नुन, २ चम्चा कागतीको रस, एक गिलास पानी चाहिन्छ ।’
प्रस्तुत दाबीमाथि हामीले तथ्य-जाँच गर्यौं र दाबी प्राय: गलत भएको भइएको छ ।
कागतीको रस प्रयोगले माइग्रेनलाई निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण पनि फेला पार्न सकिएन । प्रस्तुत दाबी वैज्ञानिक अनुसन्धानमा आधारित नभएर कुनै किस्साजन्य सामग्री देखिन्छ ।
माइग्रेन एक गम्भीर टाउको दुख्ने समस्या हो, यो समस्यामा सामान्यत: टाउकोका एक छेउमा दुख्ने गर्दछ । टाउको दुख्ने, वाकवाकी लाग्ने, प्रकास र ध्वनिप्रतिले असर गर्ने यो रोगका लक्षणहरू हुन् । टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या केही घण्टादेखि दुई दिनसम्म रहन सक्छ ।
माइग्रेनका विषयमा अमेरिकन माइग्रेन फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ,‘अध्ययनहरूले माइग्रेन एक आनुवंशिक रोग रहेको देखाएको छ तर वातावरण, जीवनशैली र खानपानले कति पटक माइग्रेन हुन्छ भन्नेमा ठूलो भूमिका खेल्छ ।’
माइग्रेन समस्याका विषयमा हामीले न्यूरोलोजिस्ट डा.पवन राजसँग परामर्श गरेका छौँ । उनी भन्छन्,’माइग्रेन एक बहुआयामिक र जटिल विकार हो, यसमा आनुवंशिक कारक, वातावरणीय कारक, तनाव र कमोरबिड अवस्था लगायतका धेरै कारणहरू निहित हुन्छन् तर पर्यवेक्षण अध्ययनहरूले देखाएको छ कि आहारले कहिलेकाहीँ दुखाइ सुरु हुन् भूमिका खेल्छ ।’
चकलेट, सिट्रस फलफूल, नट, आइसक्रिम, टमाटर, प्याज, डेयरी उत्पादनहरू, मादक पेय पदार्थ, कफी, क्याफिन, मोनोसोडियम ग्लुटामेट (MSG), हिस्टामाइन लगायतका खनेकुरालाई माइग्रेन दुखाइ सुरु हुनेका आहार रुपमा पहिचान गरिएको छ । तर, प्रस्तुत भनाईका विपरित एक अनुसन्धान पत्रले कागतीले टाउको दुखाइ बढाउने जानकारी दिइएको छ ।
हिमालयन गुलाबी नुनको अत्याधिक सेवनले शरीरमा सोडियम कम हुन्छ, यसले हल्का टाउको दुख्ने र माइग्रेन जस्तै गम्भीर टाउको दुख्ने समस्या निम्त्याउन सक्ने जाकारी २०१६ मा प्रकाशित एक शोध पत्रले दिन्छ । हिमालयन गुलाबी नुनले माइग्रेन आक्रमणको अवस्थालाई केही घटाउन सक्ने जानकारीसमेत हामीले एउटा वेबसाइट भेट्टायौं ।
वेबसाइटमा उल्लेखित विवरण अनुसार हिमालयन गुलाबी नुनमा इलेक्ट्रोलाइट्ससहित ८४ विभिन्न आवश्यक खनिजहरू रहेका हुन्छन् र तिनीहरूले हाम्रो मस्तिष्कका कोशिकाहरूको गतिविधिलाई तिखार्न सक्छ ।
गुलाबी नुनको सेवनले पोषक तत्वमा चिकित्सकीय रूपमा महत्त्वपूर्ण योगदान नगर्ने गुलाबी नुन र टेबल नुनको रासायनिक संरचनाको तुलना गर्ने एक अनुसन्धान पत्रले देखाएको छ ।
उपलब्ध प्रमाणले यो पनि देखाउँछ कि नुनले माइग्रेनको आवृत्ति बढाउन सक्छ । अर्को प्रमाणले माइग्रेन रोगीहरूले माइग्रेन दुखाइ सुरु गर्ने खानाहरू पहिचान गरेमा, तिनीहरूको सेवनलाई सीमित गरेमा माइग्रे रोगको दुखाइ कम गर्न प्रभावकारी र भरपर्दो हुने जानकारी दिएको छ ।
यसबाहेक, चिनीयुक्त खानेकुरा खाँदा शरीरमा अतिरिक्त इन्सुलिन उत्पादन र निस्कासन हुन सक्छ। यसले सुगर क्र्यास र रगतमा चिनीको स्तर बढाउन सक्छ । ग्लुकोजको कम स्तरले केही मानिसहरूलाई माइग्रेनको दुखाइ बढाउन सक्छ ।
कागतीको रस प्रयोगले माइग्रेनलाई निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण पनि फेला पार्न सकिएन । प्रस्तुत दाबी वैज्ञानिक अनुसन्धानमा आधारित नभएर कुनै किस्साजन्य सामग्री देखिन्छ ।
Ncbi.nlm.nih.gov
Pinksaltgallery.com
Americanmigrainefoundation.org
Researchgate.net
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025