Tuesday, April 30, 2024
HomeFact CheckFact Check: नागढुंगा सुरुङमार्ग सुचारु भएको भ्रामक दाबी

Fact Check: नागढुंगा सुरुङमार्ग सुचारु भएको भ्रामक दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी (भिडियो)
तथ्य: सुरुङमार्गकाे काम सम्पन्न नहुँदै फरक सन्दर्भका भिडियो जोडेर नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको पाइयो ।   

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग परियोजनालाई जोडेर केहीहरु सामाजिक संजालमा फैलाइएको छ । भिडियोसँगै नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ । 

Lakpatembasherp10 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अत्याधुनिक सुरुङमार्ग देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘आजबाट नागढुंगा सुरुङ सुचारु भयो ।’

प्रस्तुत दाबीसहितको भिडियोलाई १४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियो करिब ५ सय पटक सेयर भइसकेको छ ।  

Mr__Thapa नामक टिकटक आइडीमा पनि नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ । यो पोस्टमा भने फरक अघिल्लोभन्दा फरक देखिने सुरुङमार्गको दृश्य जोडिएको छ ।   

पोस्ट गरिएको एक सातामै दाबीसहितको भिडियोमा १२ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियोलाई तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेकाे देखिन्छ । 

उल्लेखित तीनवटै भिडियोहरुमा फरक-फरक दृश्य देख्न सकिन्छ । तर, सबै पोस्टमा नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ । टिकटक प्रयोगकर्तामाझ व्यापक फैलिरहेका पोस्टहरु नागढुंगा-सिस्नेखोला सुरुङमार्ग परियोजनासँग सम्बन्धित छन् कि छैनन् ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सबैभन्दा पहिले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुचारु भएको दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरुबारे जाँच गर्‍यौँ । जसका लागि दाबीसहितका भिडियोहरुको स्क्रिनसट लियौँ र गुगल लेन्समा सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप पहिलो भिडियोसँग मिल्दाजुल्दा केही नतिजा फेला परे । जसमध्ये OurTour BlogShahid Today नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो माथि उल्लेखित दाबीसहितको दृश्यसँग बढी नै मिल्दाजुल्दा देखिन्छन् । फेला परेका भिडियो फ्रान्स र इटाली बीचको मोन्ट ब्लाङ्क सुरुङमार्गसँग सम्बन्धित छन् ।  

त्यस्तै दाबीसहितको दोस्रो दृश्यलाई पनि सोही तरिकाले जाँच गर्‍यौँ । उक्त दृश्यलाई गुगल लेन्समा सर्च गर्दा Kaleem Safran view नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । फेला परेको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा धेरै समानता देखिएका छन् । युट्युबमा भेटिएको भिडियो कतारस्थित लुसेल एक्सप्रेसवे अन्तर्गतको सुरुङमार्गको दृश्य हो, जसले कतारको राजधानी दोहालाई लुसेल शहरसँग जोड्छ ।

जाँचका क्रममा मूल भिडियो फेला नपरेपनि दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरु नेपालसँग सम्बन्धित नरहेको प्रष्ट भएको छ । अर्कोतर्फ दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियो नागढुंगा-सिस्नेखोला सुरुङमार्गसँग सम्बन्धित छैनन् ।

त्यस्तै दुई महिनाअघि अर्थात् २०८० फाल्गुण २३ गते नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार स्थानीयको अवरोधका कारण नागढुंगा सुरुङमार्गअन्तर्गतको मुख्य टनेलको ‘ब्रेक थ्रु’ अन्योलमा परेको छ । २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने तालिका रहेपनि काम रोकिएपछि टनेलको ब्रेक थ्रु अन्योलमा परेको समाचारमा उल्लेख छ । 

उक्त समाचारमा लेखिएको छ- ‘दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ । स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन ।’

निष्कर्ष

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुचारु भएको दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरु नेपालका होइनन् । सुरुङमार्गकाे काम सम्पन्न नहुँदै फरक सन्दर्भका भिडियो जोडेर नागढुंगा सुरुङमार्ग सुचारु भएको भ्रामक दाबी गरिएको पाइयो ।   

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

समाचार, Nayapatrikadaily 
भिडियो, OurTour Blog
भिडियो, Kaleem Safran view 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version