Wednesday, May 14, 2025

Fact Check

Fact Check: भ्रामक दाबीसहित सामाजिक संजालमा फैलियो पाकिस्तानको सुरुङमार्ग

Written By Aakash Chhetri
Jul 31, 2023
banner_image

Claim

image

Fact

image

दाबी: भिडियोमा देखिएको सुरुङमार्ग काठमाडौँ–निजगढ फास्ट ट्र्याकमा अवस्थित छ ।
तथ्य: काठमाडौँ–निजगढ फास्ट ट्र्याक भन्दै सामाजिक संजालमा फैलाइएको सुरुङमार्ग पाकिस्तानको हुन्जा उपत्यकामा निर्मित अटाबाद टनेल (पाकिस्तान-चीन मैत्री सुरुङ) दृश्य हो ।

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा हालसालै एउटा सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा सुरुङमार्ग प्रवेशद्वारको दृश्य देख्न सकिन्छ । भिडियोमा देखिएको सुरुङमार्ग काठमाडौँ–निजगढ फास्ट ट्र्याकमा रहेको दाबी गरिएको छ ।

Yunus नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पहाडी क्षेत्र देख्न सकिन्छ । उक्त पहाडी क्षेत्रमा एउटा सुन्दर सुरुङमार्गको प्रवेशद्वार रहेको छ । उक्त भिडियोमा रहेको थमनेलमार्फत् दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘फास्ट ट्र्याक नेपाल ७६ किलोमिटर, जम्मा एक घण्टामा काठमाडौँ पुग्ने बाटो ।’

पोस्ट भएको पाँच दिनमै दाबीसहितको सामग्रीमा २७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब २ सय प्रतिक्रिया आइसकेको भिडियो सामग्रीलाई करिब दुई सय ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

फैलावटको प्रस्तुत तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । आगामि दिनमा उक्त सामग्री झनै द्रुत गतिमा फैलिनसक्ने सम्भावना रहेको छ । यही कारण हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

काठमाडौँ–निजगढ फास्ट ट्र्याक काठमाडौँबाट मधेश प्रदेश जोड्ने द्रुत मार्ग हो । नेपाल सरकार आफैँले बनाइरहेको उक्त फास्ट ट्र्याक निर्माण जिम्मा नेपाली सेनाको काँधमा छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने उक्त सडक निर्माण कार्य अहिलेसम्म टुंगिएको छैन । उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी मात्र एक घन्टामा पूरा हुनेछ ।

माथि उल्लेखित भिडियोमा देखिएको सुरुङमार्गको प्रवेशद्वार काठमाडौँ–निजगढ फास्ट ट्र्याक हो ? यही प्रश्नमा केन्द्रीत रहेर हामीले तथ्यजाँच सुरु गर्‍यौँ । सबैभन्दा पहिले हामीले भारत र पाकिस्तानमा बनाइएका सुरुङमार्गहरु नियाल्न थाल्यौँ । यही क्रममा पाकिस्तानको हुन्जा उपत्यकामा निर्मित अटाबाद टनेल (पाकिस्तान-चीन मैत्री सुरुङ) फेला पर्‍यो ।

युट्युबमा ‘Attabad Lake Tunnel’ सर्च गर्दा The Mountain Boy नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो भेटियो । फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एकै किसिमको देखिन्छ । सर्ट भिडियोको शीर्षकमा लेखिएको छ- Ata-Abad Tunnel – Hunza Valley Pakistan ।    

२०१५ सेप्टेम्बरमा चीन सरकारको सहयोगमा निर्मित पाकिस्तान-चीन मैत्री सुरुङको उद्घाटन भएको थियो । पाकिस्तान प्रशासित कश्मीर (पीओके)को गिलगिट-बाल्टिस्तान क्षेत्रस्थित अटावाद ताल नजिकै निर्माण गरिएको उक्त सुरुङलाई पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले उद्घाटन गरेका थिए । 

सात किलोमिटर लामो र पाँच सुरुङहरू रहेको उक्त सुरुङमार्ग काराकोरम राजमार्ग (केकेएच) को २४ किलोमिटर भागको एक हिस्सा हो ।  २०१० जुन मा अटावाद पहिरोका कारण त्यहाँको मूल सडक क्षतिग्रस्त भएपछि सुरङ निर्माण गरिएको थियो । राजमार्गको पुनर्निर्माण गरिएको खण्डमा दुईवटा पुल र ७८ वटा साना पुल रहेका छन् । 

माथि उल्लेखित जानकारीका आधारमा  फेला परेको यही भिडियोलाई आधार बनाएर हामीले थप स्रोत जुटाउनतिर लाग्यौँ । यही क्रममा हामीले युट्युबमा ‘Pak-China Friend Tunnel’ सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप VectoredS नामक युट्युब च्यानलमा केही दिनअघि पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो ।

प्रस्तुत भिडियोमा देखिएको दृश्य र माथि उल्लेखित दाबीसहितको सामग्रीमा देखिएको सुरुङमार्ग प्रवेशद्वारको दृश्य मिल्दोजुल्दो छ । उल्लेखित तथ्यहरूबाट के प्रमाणित हुन्छ भने माथि उल्लेखित दाबीसहितको सामग्रीमा देखिएको भिडियो नेपालको होइन, उक्त भिडियो पाकिस्तानको हो ।

निष्कर्ष

काठमाडौँ–निजगढ फास्ट ट्र्याक भन्दै सामाजिक संजालमा फैलाइएको सुरुङमार्ग पाकिस्तानको हुन्जा उपत्यकामा निर्मित अटाबाद टनेल (पाकिस्तान-चीन मैत्री सुरुङ) दृश्य हो । सोही दृश्यलाई नेपालको सुरुङमार्ग भन्दै भ्रामक तवरले सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Dawn.com
The Mountain Boy
VectoredS


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage