Tuesday, April 30, 2024
HomeFact CheckPoliticsसांसदले सदनमा 'हाम्रो राजा आउँदैछन्' भनेको भिडियो भ्रामक

सांसदले सदनमा ‘हाम्रो राजा आउँदैछन्’ भनेको भिडियो भ्रामक

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

संघीय संसद्‍का मर्यादापालकहरूले रोष्टमको रक्षा गरिरहेका छन्। विपरित दिशाबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू उनीहरूतिर खनिएका देखिन्छन्। सांसदहरूले जाेडजोड हात उचाल्दै नारावाजी गरिरहेको देखिन्छ।

जहाँ आवाज आइरहेको छ – ‘हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’ । 

सांसदले सदनमा ‘हाम्रो राजा आउँदैछन्’ भनेको भ्रामक भिडियो ।

यो भिडियो पछिल्लो समय खासगरी टिकटकमा भाइरल भइरहेको छ। पाँच दिनअघि मदन तिमल्सिना (@madantimalsina7) नामको टिकटक आइडीबाट यो भिडियो सेयर गरियो। भिडियोको क्याप्सनमा ‘गणतन्त्रको उपलब्धि केही नदेखिएकोले राजतन्त्र फर्काउन राजाको माग गरेछन। जयदेश जयनरेश’ लेखिएको छ।

टिकटकमा फैलिएको यो भिडियोमा करिब ७ हजार प्रयोगकर्ताले रियाक्ट गरेका छन्। त्यस्तै यो भिडियोलाई तीन सय भन्दा बढीले सेअर गरेका छन्। 

तथ्य जाँच / प्रमाणीकरण

यो भिडियो वास्तवमा यही भदौ २५ गते बसेको प्रतिनिधि सभा बैठकको हो। सरकारले ल्याएका विधेयक लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले बैठक अवरोध गरेका थिए। एक पटक स्थगित भइसकेको बैठकको कारबाही पुन: प्रारम्भ भएसँगै एमालेका सांसदहरू फेरि नारावाजीमा उत्रिएका थिए।त्यही बेला संसद् सचिवालयको क्यामरा ती सांसदतिर मोडियो र यो भिडियो कैद भयो। 

भदौ २५ गतेको प्रतिनिधिसभाको बैठकको भिडिओ।

याे समयमा ए‍माले सांसदहरूले ‘हाम्रो राजा आउँदैछन् नारायनहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायनहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’को नारा लगाएका थिएनन्।

के संसदमा राजतन्त्रको पक्षमा नाराबाजी भएको थियो?

ती सांसदहरूले ‘पदीय मर्यादा कायम गर’, ‘कानुनको सर्वोच्चता कायम गर’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘दल फुटाउने षड्यन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए। 

अर्कोतर्फ भिडियोमा जोडिएको अडियो पनि संसद्को थिएन। त्यो अडियो एउटा राजावादी र्‍यालीमा लगाइएको नाराको भिडियो हो।उक्त भिडियो ‘हेल्लो सरकार’ नामको फेसबुक पेजमा भेटिन्छ। सेप्टेम्बर ५ मा यो पेजमा यो भिडियो पोस्ट भएको देखिन्छ।

नेपालका मुख्य राजनीतिक दलहरूले मुलुकमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेपछि विसं २०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए। तत्कालीन संविधानसभाले गणतन्त्र घोषणा गरेपछि राजाले दरबार र राजकाज छाडेपछि नेपालमा राजतन्त्र समाप्त भएको हो। तर, पछिल्लो समय यदाकदा नेपालमा राजसंस्था पुनस्थापनाको बहससँगै हिन्दु राजसंस्थाको पक्षमा प्रदर्शन हुने गरेका छन्। 

अर्कोतर्फ नारायणहिटी दरबार पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय बनेकाे छ। यहाँ प्रवेश र अवलोकनवापत नेपाली तिविद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई दुई सय, सार्क मुलुक तथा चीनका पर्यटकलाई पाँच सय र अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ लिने गरिन्छ।

निष्कर्ष :

टिकटक र अन्य सामाजिक सञ्जालमा भेटिएको जस्तो नेपालको संघीय संसद्‍मा राजा फर्काउने माग गर्दै नारावाजी भएको छैन। सांसदहरूले ‘हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’ भनेर अहिलेसम्म नारा लगाएका छैनन्। 

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :संसद् सचिवालय

पत्रपत्रिका\समाचार पोर्टल

सामाजिक संजाल

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version