HomeFact CheckFact Check: प्रधानमन्त्रीले संसद्को रोष्टमबाट बोलेको दृश्य बन्यो भ्रामक

Fact Check: प्रधानमन्त्रीले संसद्को रोष्टमबाट बोलेको दृश्य बन्यो भ्रामक

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी (संसद्को रोष्टममा बोलको दृश्यसहित)
तथ्य: हास्य कलाकारले दिएको प्रस्तुततीजन्य आजावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा बोलिरहेको भिडियोसँग जोडिएको पाइयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

SURESH_DHAMI_SANGAM नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि सभा (संसद)को रोष्टममा उभिएर सम्बोधन गरिरहेका छन् । सोही भिडियोमा रहेको जोडिएको प्रधानमन्त्रीको आवाजमा भनिएको छ-  

निर्वाचन २०८९ मा धेरै ठाँउमा हामीलाई हलाले जोत्यो र कतिपय ठाँउमा हामी घण्टीद्वारा बजायौँ,  यो तथ्य हामीसामु छर्लङ्गै छ । तथापी धेरै मान्छेहरुले भन्ने गर्छन् कि प्रचण्ड जाडो भरी सूर्यसँग र गर्मी लाग्यो भने रुखसँग एकता गर्छ, चिज त्यति सजिलो छैन। अहिलेको सूर्य पनि बढो रापिलो र त्यजिलो छ । रुखमा पनि फकाएर रुखमा चढाउने पछि फेद काट्ने प्रवृत्ति झाङ्गिदै गएको म चाल पाउँछु के । त्यस्तो जटिल परिस्थितिको तँ कसरी सामना गर्छस् भन्छन्, दया भाव कसैले राख्या छैनन् । अरु त म के भनु अहिलेको परिस्थितिमा रबिजीले जति अरु कसैले बुझेको छैनन् । उहाँले संसद्‍मा उभिएर मतदातालाई धन्यवाद दिन पनि भ्याउनु भो ।’

त्यसैगरी सोही अडियोबाट अन्य भिडियोहरु पुनर्उत्पादन गरिएको छ । उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिनेक्रम जारी । 

प्रधानमन्त्रीले संसद्‌को रोष्टममा उभिएर उल्लेखित अभिव्यक्ति दिएका हुन् त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

जाँचका क्रममा सबैभन्दा पहिले हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्यको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले  संसद्‍मा सम्बोधन गरेका भिडियोहरु खोज्यौँ । 

जाँचको नतिजास्वरुप Onlinetv Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको दृश्यमा समानता देख्न सकिन्छ । यसबाट दाबीसहितको पोस्टमा जोडिएको दृश्य र युट्युबमा फेला परेको भिडियो एउटै सन्दर्भका हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । 

एक महिनाअघि अर्थात् २० मार्च २०२४ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिइरहेको दृश्यसमेत देख्न सकिन्छ ।      

६ चैत २०८० मा बसेको प्रतिनिधिसभा बैठक सांसद प्रधानमन्त्रीबीच प्रश्नोत्तर भएको थियो । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का क्रममा सांसदहरुले सोधेका विभिन्न १३ प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । उक्त प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएका छैनन् ।  

प्रस्तुत तथ्य फेला परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जस्तै आवाजमा बोलिएको अडियो कहाँबाट आयो भन्ने प्रश्न उठ्छ । अडियो जाँचका क्रममा भिडियोमा जोडिएको आवाज प्रधानमन्त्रीको नरहेको तथ्य फेला पर्‍यो ।

जाँचका क्रममा OSR Reality युट्युब च्यानलमा पोस्ट गरिएको हास्य कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’को एउटा भाग फेला पर्‍यो । एक वर्षअघि अर्थात् १६ मार्च २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा हास्य ब्यङ्ग्य कलाकार सुवोध गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतको आवाज नक्कल गरिरहेका छन् ।   

हास्य ब्यङ्ग्य कलाकारले दिएको प्रस्तुततीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा बोलिरहेको भिडियोसँग जोडेर सामाजिक संजालमा फैलाइएको तथ्य फेला परेका स्रोतहरुले प्रमाणित गरेका छन् ।  

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद‍‍्को रोष्टमबाट २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएका छैनन् । हास्य कलाकारको आवाजलाई फरक सन्दर्भको भिडियोसँग जोडेर भ्रामक सामग्री तयार पारिएको पाइयो ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

समाचार, swasthyakhabar
भिडियो, Onlinetv Nepal
भिडियो, OSR Reality  

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version