Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजाल फेसबुकमा एउटा सामग्री फेला परेको छ । एउटा तस्बिरमा स्ट्याटस लेखेर पोस्ट गरिएको उक्त सामग्री केही मानिसहरु देखिएका छन् । तस्बिरमा देखिने स्टेजमा बसेका मानिसहरु मध्ये एक जना व्यक्ति नेपालस्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) रहेको दाबी गरिएको छ ।
Troll Cricket Nepal नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त तस्बिर कतारमा चलिरहेको फिफा विश्वकप २०२२ को उद्घाटन सत्रको हो । त्यहाँ एक व्यक्तिको अनुहारमा राताे चिन्हसमेत लगाइएको छ । तस्बिरसँगै पोस्ट गरिएको स्ट्याटसमा मेयर बालेन साह विश्वकपको उद्घाटन समारोहमा देखिएको दाबी गरिएको छ । प्रस्तुत तस्बिरसँगैकाे स्ट्याटसमा अंग्रेजी भाषामा लेखिएको छ,‘हाम्रा बलेन साहलाई विश्वकपको उद्घाटन समारोहमा देख्दा गर्व लाग्यो ।’
प्रस्तुत सामग्रीलाई ३६ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै करिब ५ सय फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको यस पोस्टलाई ८ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक रहेको छ ।
आगामी दिनमा उक्त सामग्री झनै द्रुत गतिमा फैलिन सक्ने परिस्थितिलाई आँकलन गर्दै हामीले तथ्यजाँच गर्ने जमर्को गरेका छौँ । दाबीसहितको तस्बिरमा देखिएका व्यक्ति बालेन साह नै हुन् त ? हामीले तस्बिरको वास्तविकता पत्ता लगाउने कोशित गरेका छौँ ।
हामीले जाँच सुरु गर्दा सबैभन्दा पहिले तस्बिरको वास्तविकता पत्ता लगाउने जमर्को गर्यौँ । माथि दाबीसहितको स्ट्याटसमा ‘विश्वकपको उद्घाटन समारोह’ भनिएपनि हामी आफै एकपटक विश्वस्त हुन चाह्यौँ । जसका लागि हामीले युट्युबमा ‘world cup opening ceremony speech’ वाक्यांश सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप हामीले केही भिडियो क्लीपहरु फेला पार्यौँ । जसमध्येको एउटा क्लीप Al Arabiya English युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । ३ दिनअघि अर्थात् २० नोभेम्बरमा पोस्ट गरिपएको उक्त भिडियोमा देिखएको दृश्य र फेसबुकमा पोस्ट गरिएको तस्बिरमा एउटै आकृति देखिएको छ ।
भिडियोमा देखिएको दृश्य कतार विश्वकप २०२२ को उद्घाटन समारोहमा कतारका अमिर सेख तमिम विन हमाम अल थानीले सम्बोधन गरिएको देखिन्छ । सोही युट्युब च्यानलमा भिडियोबारे जानकारी दिँदै लेखिएको छ – ‘कतार नेता विश्वकप २०२२ को उद्घाटन समारोहको उद्घाटन गर्दै यसो भन्छन् ।’
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा फैलाइएको तस्बिर कतार विश्वकप कै हो । अब हामीले कतारका अमिरभन्दा माथिल्लो पट्टीको बसेका व्यक्तिको परिचय पत्ता लगाउनुपर्नेछ । किनकि ती व्यक्तिलाई नै फेसबुकमा बालेन साह भन्दै फैलाइएको छ ।
तस्बिरमा देखिएका व्यक्तिले फाैजी पोसाक लगाएको देखिन्छ । यही दृश्यलाई आधार मान्दै हामीले कतारका विभिन्न सुरक्षा निकायहरू र तिनिहरूका प्रमुखबारे जानकारी लियौँ । यसबाट हामीले के कुरा पत्ता लगायौँ भने तस्बिरमा देखिएका व्यक्ति बालेन साह नभई मेजर जनरल हज्जा बिन खलील अल शाहवानी हुन् । (स्रोत १, स्रोत २ )
कतार अमिरी गार्ड कतारी सशस्त्र बलको एक विशिष्ट सैन्य सुरक्षा इकाई हो । मेजर जनरल हज्जा बिन खलील अल-शाहवानी अमिरी गार्ड कमाण्डर हुन् ।
कतार विश्वकपको उद्घाटन समारोहमा मेजर जनरल हज्जा बिन खलील अल-शाहवानी पनि सहभागी भएको देखिन्छ र उनै देखिएको दृश्यलाई बालेन साह भन्दै भ्रामक बनाएर सामाजिक संजालमा फैलाइएको पाइयो ।
कतार विश्वकपको उद्घाटन समारोहमा काठमाडौँ महानगरका बालेन साह उपस्थित भएका थिएनन् । तस्बिरमा देखिएका व्यक्ति अमिरी गार्ड कमाण्डर मेजर जनरल हज्जा बिन खलील अल शाहवानी हुन् । उनैको तस्बिरलाई बालेन साहको भन्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको देखियो ।
Government Communications Office
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 6, 2025
Aakash Chhetri
July 15, 2024
Aakash Chhetri
December 21, 2023