HomeFact CheckFact Check: पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको दाबी

Fact Check: पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरियो ।
तथ्य: ६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ, जसमा नेपाली कांग्रेसका नेता तथा नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरिएको दाबी गरिएको छ । 

VK Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्व अर्थमन्त्री रामशरण महतले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ । भाषणकै क्रममा एक व्यक्तिले रामशरण महतमाथि बोतल प्रहार गरेका छन् । 

दुई दिनअघि पोस्ट गरिएको उक्त भिडियोमा एउटा क्याप्सनसमेत देख्न सकिन्छ । उक्त क्याप्सनमा लेखिएको छ- ‘डाक्टर रामशरण महतको स्टेजमै टाउको फुट्यो’ । भिडियोमा थमनेलसमेत देख्न सकिन्छ, जसमा ‘भ्रष्टचारी भन्दै रामशरण महतलाई बोतल प्रहार’ गरिएको दाबी गरिएको छ ।

त्यस्तैगरी दाबीसहितको सामग्रीमा भिडियोसँगै एउटा अडियोसमेत सुन्न सकिन्छ । समाचार शैलीको उक्त अडियोमा भनिएको छ- ‘डा.रामशरण महतमाथि गृह जिल्लामै बोतल प्रहार, हेर्नुहोस् यो पूरा भिडियो ।’

नेपाल सरकारको अर्थमन्त्री रहिसकेका डा.रामशरण महतलाई ‘भ्रष्टचारी’ भनिएको र उनीमाथि बोतल प्रहार भएको भिडियो वर्तमान सन्दर्भमा पोस्ट गरिएको सामग्री अत्यन्तै सम्बेदनशील रहेको छ । सोही कारण हामीले उल्लेखित भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमा नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरिएको दाबी गरिएको छ । प्रस्तुत दाबीको जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले ‘बोतल प्रहार’को भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ ।  

भिडियोको मुल स्रोत पत्ता लगाउने क्रममा हामीले युट्युब लगायत अन्य सामाजिक संजालमा ‘रामशरण महत आक्रमण’ ‘रामशरण महत बोतल आक्रमण’ जस्ता वाक्यांश नेपाली र अंग्रेजी भाषामा सर्च गर्‍यौँ । फसस्वरुप हामीले एउटा युट्युब भिडियो फेला पार्‍यौँ ।

eSampangTV नामक युट्युब च्यानलमा भेटिएको एउटा सानो भिडियो क्लिपमा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल आक्रमण गरिएको दृश्य देखिन्छ । भिडियोको रुपरेखा र त्यहाँ राखिएको वाटरमार्कले उक्त भिडियो नै टिकटक भिडियोको मूल स्रोत रहेको देखिन्छ । १७ मार्च २०१८ मा पोस्ट गरिएको उक्त भिडियोमा  रामशरण महतमाथि बोतल प्रहार भएको दृश्य समावेश गरिएको छ । 

प्रस्तुत भिडियोकै आधारमा हामीले घटनाबारे थप जानकारी प्राप्त गर्‍यौँ । नेपालको अनलाइन संचार माध्यम अनलाइन खबरमा बोतल आक्रमणको घटनाबारे तयार पारिएको समाचार भेटियो । ‘कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ’ शीर्षकको उक्त समाचार ६ वर्ष पुरानो हो । राष्ट्रिय समाचार समितिले तयार पारेको उक्त समाचारलाई अनलाइन खबरले साभार गरेको देखिन्छ । 

फेला परेका तथ्यहरूबाट के प्रष्ट हुन्छ भने नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको ६ वर्ष पूरानो भिडियोलाई वर्तमान सन्दर्भसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।

निष्कर्ष

६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो । फरक सन्दर्भको पूरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गर्दा त्यसले भ्रामक सन्देश प्रवाह गरेको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Onlinekhabar
eSampangTV

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version