Wednesday, May 14, 2025

Fact Check

सप्तकोशीले गाउँ नै बगाएको भ्रामक दाबी, के हो वास्तविकता ?

Written By Aakash Chhetri
Jul 25, 2022
banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा दाबीसहितको एउटा सामाग्री निकै फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा भयानक पहिरोको दृश्य देखाइएको छ । जसमा मानव वस्ती रहेको जमिनको एउटा भाग पूरै पानीमा समाहित भएको देखिन्छ । उक्त जमिनसँगै कयौँ घरहरू पानीमा मिसिएका छन् । 

King Arjun171नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दृश्य नेपालमै घटेको घटना हो भनेर दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा एउटा थमनेलसमेत राखिएको छ र उक्त थमनेलमा सो दृश्य नेपालस्थित सप्तकोशी नदिले वितण्डा बच्चाउँदा खिचिएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ,‘हेर्दाहेर्दै सप्तकोशीले गाउँ नै बगायो ।’ 

पोस्ट भएको १२ घण्टामै दाबीसहितको उक्त सामग्रीमा करिब १३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने यही अवधिमा करिब २ सय प्रयोगकर्ताले दाबीसहितको सामग्रीमा कमेन्ट गरिसकेका छन् । त्यस्तै यही समयमा दाबीसहितको सामग्री सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या साढे १ सयभन्दा बढी रहेको छ ।

सामाजिक संजालमा तिब्र गतिमा फैलिएको यस दाबीसहितको सामग्रीले आम सामाजिक संजाल प्रयोगकर्तालाई आतंकित बनाएको देखिन्छ । नेपालमै यस्तो भयानक पहिरो गएको भन्दै केही टिकटक प्रयोगकर्ताले दु:खसमेत व्यक्त गरेका छन् । यही कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

टिकटकमा पोस्ट गरिएको उक्त घटना सप्तकोशी नदिमा घटेको दाबी गरिएका कारण सबैभन्दा पहिले हामीले यस्तो घटना नेपालमा घटेको छ कि छैन भनेर केही वाक्यांक गुगलमा सर्च गर्‍यौँ । ‘सप्तकोशी बाढी’, ‘सप्तकोशी पहिरो’, ‘सप्तकोशीले गाउँ नै बगायो’ लगायतका किवर्ड सर्च गर्दा हामीले चित्तबुझ्दो नतिजा फेला पार्न सकेनौँ । 

दोस्रो तहको जाँचमा हामीले दाबीसहितको सामग्रीबाट केही स्क्रीनसट लिएर गुगल रिवर्स इमेज सर्च गर्‍यौँ । जसको नतिजास्वरुप केही तस्बिर र समाचार लिंक फेला परे । gandul.ro नामक रोमानियाई भाषाको अनलाइन संचार माध्यममा प्रकाशित एक समाचारमा दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्यसँग मिल्दोजुल्दो तस्बिर राखिएको पाइयो ।

फेला परेको प्रस्तुत तस्बिर र सामग्रीका आधारमा हामीले ‘Alta, Norway: Huge mudslide dragging several houses into the sea’ वाक्यांशलाई  युट्युबमा सर्च गर्‍यौँ । प्रस्तुत जाँचमा हामीले प्रसस्तै स्रोतहरू फेला पार्‍यौँ । ती स्रोतहरूले के प्रष्ट पारे भने उक्त घटना नेपालको नभई नर्वेमा घटेको रहेछ ।

चर्चित संचार माध्यम The Telegraph को युट्युब च्यानलमा ५ जुन २०२० मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Landslide sweeps Norway homes into the sea’ । उक्त च्यानलमा दिइएको जानकारी अनुसार २०२० जुनमा नर्वेजियन आर्कटिकमा अल्टा सहर नजिकै शक्तिशाली पहिरो खसेको थियो । उक्त पहिरोमा परी ८ घर समुन्द्रमा बगेका थिए । क्राकनेसेट गाउँमा गएको उक्त पहिरो ६५० मिटरदेखि ८०० मिटर चौडा र ४० मिटर उचाइबाट गएको थियो । 

प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने ‘सप्तकोशीले गाउँ नै बगायो’ भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य भ्रामक छ । उक्त दृश्य दुई वर्षअघि नर्वेको अल्टा सहर नजिकैको एउटा घटना हो ।

निष्कर्ष :

दुई वर्षअघि उत्तरी यूरोपमा अवस्थित नर्वेको अल्टा सहर नजिकैको एउटा गाउँमा गएको पहिरोलाई सप्तकोशीसँग जोडेर भ्रामक दाबी गरिएको छ । प्रस्तुत दाबी गलत छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

The Telegraph

gandul.ro


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage