Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: उपमेयर डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेको सन्देश ।
तथ्य: डिपफेक डिटेक्सन उपकरणहरूको प्रयोगबाट प्राप्त प्रमाणहरूका आधारमा, भिडियोमा एआई आधारित छेडछाड (deepfake) भएको पुष्टि हुने संकेतहरू भेटिएका छन् ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा उपमेयर डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेको सन्देश दिइएको छ ।
Niteshjha031 back नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा उपमेयर सुनिता डंगोललाई देख्न सकिन्छ । भिडियोमा उपमेयर डंगोल जस्तै सुनिने आवाज जोडिएको छ । उक्त अडियोमा भनिएको छ- ‘बालेन जस्तो मेयर अहिलेसम्म कोही छैन, कोही छैन ।’
एक साताअघि पोस्ट गरिएको सामग्रीलाई करिब ७ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा तीन सयभन्दा बढी प्रतिक्रिया आएको भिडियो करिब दुई सयपटक सेयर भइसकेको छ । दाबीसहितको सामाग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको प्रस्तुत तथ्यांकले देखाएको छ ।
के काठमाडौँकी उपमेयर सुनिता डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेकी हुन् त? भिडियो र अडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
बालेन शाह र सुनिता डंगोल हाल काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर हुन् । पछिल्लो समय शाह र डंगोलबीच कार्यशैलीको विषयमा मतभिन्नता देखिएको विषयसहितको सामग्री संचार माध्यमले प्रकाशित गरिरहेका छन् । यही सन्दर्भमा उपमेयर डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेको सन्देशसहित सामग्री सामाजिक संजालमा फैलाइएको छ ।
जाँचका क्रममा हामीले भिडियोलाई पुन: एकपटक राम्ररी नियाल्यौँ । भिडियोमा केही अस्वभाविक हलचल देख्न सकिन्छ । थप जाँचका क्रममा Misinformation Combat Alliance (MCA) को Deepfakes Analysis Unit (DAU) का विज्ञहरूले डीपफेक (Deepfake) पत्ता लगाउने उपकरणहरूको सहायताबाट भिडियो र अडियोको विश्लेषण गरे । उनीहरुले विभिन्न टुलहरुको प्रयोग गरेर दाबीसहितको भिडियोलाई जाँच गरेपछि वास्तविकता पत्ता लाग्यो ।
दाबीसहितको सामग्रीमा जोडिएको आवाज र क्लिपलाई फरक-फरक डिटेक्टरहरूबाट जाँच गर्दा फरक नतिजा देखिए । केही मोडेलहरू (जस्तै RawNet3 र AASIST) यो सामग्रीलाई एआई जनेरेटेडका रुपमा डिटेक्ट गरेका छन् । जाँचको नतिजामा देखिएको छ कि प्रस्तुत आवाज र क्लिप सम्भवतः deepfake वा voice synthesis प्रयोग गरेर बनाइएको हुन सक्छ ।
अर्कोतर्फ हामीले भिडियोको आवाज र दृश्यलाई विभिन्न तरिकाले थप जाँच गर्यौँ । तर, उपमेयर डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेको भन्ने दाबीलाई समर्थन गर्ने कुनै पनि तथ्य प्रमाण फेला परेनन् ।
उपमेयर डंगोलले आफ्नो गल्ती सुधार्दै मेयर बालेन शाहको प्रशंसा गरेको भनेर फैलाइएको सन्देश भ्रामक छ । विभिन्न डिपफेक डिटेक्सन उपकरणहरूको प्रयोगबाट प्राप्त प्रमाणहरूका आधारमा, भिडियोमा एआई आधारित छेडछाड (deepfake) भएको पुष्टि हुने संकेतहरू भेटिएका छन् ।
समाचार, onlinekhabar.com
डिपफेक डिटेक्शन, Misinformation Combat Alliance (MCA)
डिपफेक डिटेक्शन, Deepfakes Analysis Unit (DAU)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।