Wednesday, May 14, 2025

Fact Check

Fact Check: राजेश हमालले अनलाइन क्यासिनो खोलेको भ्रामक दाबी, डीपफेक भिडियो भाइरल 

Written By Aakash Chhetri
Jun 17, 2024
banner_image

Claim

image

Fact

image

दाबी: अभिनेता राजेश हमालले सबैलाई पैसा कमाउन अवसर दिए, राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेका छन् ।
तथ्य: पुरानो अन्तर्वार्ताको भिडियोमा छेडखानी र न्युज २४ टेलिभिजनको लोगो दुरुपयोग गरी  राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेको भ्रामक दाबी गरिएको छ । 

अभिनेता राजेश हमाल, मान्सी अग्रवाल र न्युज २४ टेलिभिजनको लोगो देखिने एउटा भिडियो सामाजिक संजालमा फैलिएको छ । उक्त भिडियोमा ‘राजेश हमालले अनलाइन क्यासिनो खोलेको (संचालनमा ल्याएको)’ दाबी गरिएको छ । 

Zla8037 नामक फेसबुक पेजमा पोस्ट गरिएको  भिडियोमा न्युज २४ टेलिभिजनको लोगो र टेलिभिजनकी समाचार वाचिकालाई देख्न सकिन्छ । साथै मान्सी अग्रवाल अभिनेता राजेश हमालसँग अन्तर्वार्ता लिइरहेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ । भिडियोसँगै जोडिएको अडियोमा ‘राजेश हमालले अनलाइन क्यासिनो खोलेको’ दाबी गरिएको छ । 

भिडियोमा जोडिएको अडियो जस्ताको त्यस्तै:

टेलिभिजनकी समाचार वाचिकाले सुरुमै भनेकी छन्-  इतिहासको सबैभन्दा प्रसिद्ध र पहिचान योग्य गायक र ग्रहका सबैभन्दा धनी व्यक्तिहरु मध्येका एक राजेश हमाल आफ्नो अनलाइन क्यासिनो खोल्ने निर्णय गरे, जहाँ सबैले जित्न सक्दछन् । एक अन्तर्वार्तामा उनले यो एपलिकेशन निर्माण र हाम्रो निर्माण देशका जनताले कसरी यसमा धेरै पैसा कमाउन सक्छन् भन्ने बारेमा कुरा गरे । 

राजेश हमाललाई अन्तर्वार्ताकार महिलाको प्रश्न- मैले मेरो फोनमा तपाईंको अनुप्रयोग स्थापना गरेर र परिणमबाट धेरै आश्चर्य चकित भएँ, वास्तवमा मैले आवेदनमा दश हजारभन्दा बढी लगानी गरेको थिएँ । एक हप्ताभित्र मैले यो अनुप्रयोगमा मैले कति पटक पैसा कमाएको छु भनेर गणना गर्न बन्द गरे । खेल स्थापना गरेको तीन घण्टापछि म पहिले ७ सय हजार रुपैयाँ आउँथ्यो । यसको कारण के हो ? तपाईं किन यस्तो खेल विकास गर्न आवश्यक थियो ? 

राजेश हमाल भन्छन्- यो सत्य हो कि मैले पैसा नयाँ तरिका आविस्कार गरेको छु । एक महिनाभित्र मैले अनुप्रयोग बन्द गर्नेछु र हामी आधिकारिक इन्स्टाग्राम खातामा सबैभन्दा धेरै पैसा कमाउनेहरुको नाम प्रकाशित गर्नेछौँ । त्यसैले आफ्नो मौका गुमाउन र आफ्नो पैसा लिने छन् । 

टेलिभिजन प्रस्तोताले भनेकी छन्- धेरै-धेरै धन्यवाद् राजेश हमाल, म तपाईँको खेल प्रयास गर्नेछु । तपाईं पनि भाग लिन चाहनुहुन्छ भने अहिले यो भिडियोमा क्लिक गर्नुहोस् ।

के राजेश हमालले अनलाइन क्यासिनो खोलेर मानिसहरुलाई यो खेलमा लाग्न उत्प्रेरित गरेका हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

भिडियोमा अभिनेता राजेश हमालले एक अन्तर्वार्ता दिइरहेको देखिन्छ । यही अन्तर्वार्तालाई आधार बनाएर हामीले जाँचको सुरुवात गर्‍यौँ । हामीले सबैभन्दा पहिले ‘Rajesh Hamal Interview’ ‘English’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । यसको नतिजास्वरुप News24 Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको अन्तर्वार्ता फेला पर्‍यो ।

२० अगस्ट २०२१ मा पोस्ट गरिएको अन्तर्वार्ताको भिडियो न्युज २४ टेलिभिजनमा प्रसारित ‘If I Had Not Failed’ नामक कार्यक्रमसँग सम्बन्धित छ । उक्त कार्यक्रम पहिलो श्रृंखलामा प्रस्तोता मान्सी अग्रवालले राजेश हमालसँग कुराकानी गरेकी थिइन् । 

यो अन्तर्वार्तामा राजेश हमालले अनलाइन क्यासिनो खोलेको बताएका छैनन् । अर्कोतर्फ मान्सी अग्रवालले पनि अनलाइन क्यासिनोबारे राजेश हमाललाई कुनै प्रश्न पनि गरेकी छैनन् । न्युज २४ टेलिभिजनले समेत दाबीसहितको अडियोमा भनिएका कुराहरु प्रसारण गरेको छैन ।     

अडियोको थप जाँचका लागि Misinformation Combat Alliance (MCA) को Deepfakes Analysis Unit (DAU) का हाम्रा विज्ञहरूले डीपफेक (Deepfake) पत्ता लगाउने उपकरणहरूको सहायताबाट भिडियो र अडियोको विश्लेषण गरेका छन् । उनीहरुले Hive Video Detector, Truemedia, Loccus जस्ता टुलहरुको प्रयोग गरेर दाबीसहितको भिडियो र अडियोलाई जाँच गरे । 

Loccus टुलबाट गरिएको अडियोको जाँचले ६५.३९ प्रतिशत प्रामाणिक गरेपनि भिडियोमा तोडमोड भएको संकेत गरेको अन्य टुलले पुष्टि गरेका छन् । 

भिडियोको जाँचका क्रममा अन्य टुलहरुले ओठको चाल र अनुहारको संरचना तथा रोबोट टोन र आवाजको पिचबाट भिडियो भ्रामक रहेको संकेत गरेका छन् ।

हाम्रो तथ्यजाँचले के पुष्टि गरेको छ भने अभिनेता राजेश हमाल, न्युज २४ टेलिभिजन, मान्सी अग्रवाल र समाचार प्रस्तोताको डीपफेक भिडियोलाई सामाजिक संजालमा फैलाइएको छ । अभिनेता राजेश हमाले अनलाइन क्यासिनो संचालन गरेका छैनन् ।  

निष्कर्ष

अभिनेता राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेको दाबी गर्ने भिडियो भ्रामक छ । पुरानो अन्तर्वार्ताको भिडियोमा छेडखानी र न्युज २४ टेलिभिजनको लोगो दुरुपयोग गरी  गर्दै राजेश हमाल र मान्सी अग्रवालको  र समाचार प्रस्तोताको डीपफेक भिडियोलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

भिडियो, If I Had Not Failed, News24 Nepal, 20 Aug 2021


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage