Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: राजेश हमाल नेपालको परराष्ट्रमन्त्री नियुक्त भएको दाबी ।
तथ्य: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित क्याविनेट सूची हेर्दा अभिनेता राजेश हमालको नाम कतै भेटिँदैन ।
नेपाली अभिनेता राजेश हमालसँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । ती पोस्टहरुमा राजेश हमाल नेपालको परराष्ट्रमन्त्री नियुक्त भएको दाबी गरिएको छ ।
Sujanthapa5256 नामक टिकटक आइडीमा राजेश हमालको तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरको थमनेलमा ‘परराष्ट्रमन्त्री नियुक्त भएकोमा हमाललाई बधाई’ दिइएको छ ।
भिडियोको क्याप्सलमा लेखिएको छ- ‘नेपालको परराष्ट्रमन्त्री राजेश हमाल हुनुभएको छ। हजुरलाई आउने कार्यकालको शुभकामना अब चाहिँ देशले मुहार फेर्छ कि भन्ने आशा छ नेपाली जनतामाथि ।’

२५ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ७ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । प्रस्तुत दाबीलाई हजारौँ टिकटक प्रयोगकर्ताले हेरिसकेको देखिन्छ ।
के अभिनेता राजेश हमाल परराष्ट्रमन्त्री नियुक्त भएका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटको क्याविनेट लिस्ट जाँच गर्यौँ । क्याविनेट लिस्टमा आठवटा मन्त्रीहरुको नाम देख्न सकिन्छ । तर, यो लिस्टमा अभिनेता राजेश हमालको नाम छैन ।
यो तथ्यजाँच तयार पार्दासम्म वेबसाइटमा लिइएको विवरण अनुसार परराष्ट्र मन्त्रालयसँगै रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य र जनसङ्ख्या जस्ता महत्वपूर्ण मन्त्रालयहरू प्रधानमन्त्री सुशीला कार्कीकै जिम्मेवारीमा छन् ।

यस तथ्यबाट के प्रष्ट हुन्छ भने अभिनेता राजेश हमाल परराष्ट्र वा अन्य कुनै मन्त्रालयको मन्त्री नियुक्त भएका छैनन् ।
नेपालमा जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यही सन्दर्भमा राजेश हमाल परराष्ट्रमन्त्री बान्न लागेको दाबी सामाजिक संजालमा व्यपक फैलिएको थियो ।
हमाल परराष्ट्रमन्त्री बन्ने चर्चा सामाजिक संजालमा व्यापक भएपछि onlinekhabar.com ले यसबारे चासो लिएको देखियो । हमाल पछिल्लो समय टिभी शो ‘यो नेपाली शीर उचाली’ कार्यक्रमको छायांकनका लागि अस्ट्रेलियामा व्यस्त छन् ।

यस्तोमा, परराष्ट्रमन्त्रीको रुपमा भएको चर्चाबारे हमाललाई अनलाइनखबरले जिज्ञासा राखेको थियो । हमालले भनेका छन्,‘लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो । म मन्त्रीतिर बन्नेतिर लाग्दिन । अहिले काममै ब्यस्त छु ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित क्याविनेट सूची हेर्दा अभिनेता राजेश हमालको नाम कतै भेटिँदैन । परराष्ट्र मन्त्रालयसहितका महत्वपूर्ण मन्त्रालयहरू प्रधानमन्त्री सुशीला कार्कीकै जिम्मेवारीमा रहेको स्पष्ट देखिन्छ । साथै, स्वयं हमालले पनि आफू मन्त्री बन्ने कुरा अस्वीकार गर्दै हाल छायांकन कार्यमा व्यस्त रहेको बताएका छन् । त्यसैले, सामाजिक संजालमा फैलिएको ‘राजेश हमाल परराष्ट्रमन्त्री बने’ भन्ने दाबी गलत छ।
क्याविनेट लिस्ट, opmcm.gov.np/cabinet/
राजेश हमालको भनाई, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]