Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएका छन् ।
तथ्य: भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको भिडियोलाई काठमाडौँमा रेल आएको गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको छ ।
सामाजिक सजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएको दाबी गरिएको छ ।
Nepaldots1988 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा एउटा साँघुराे रेलको ट्रयाक र रेल देख्न सकिन्छ । सोही भिडियोसँगै काठमाडौँमा रेल ल्याइएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘लौ काठमाडौँमा बालेनले ल्यायो रेल ।’
३२ सयभन्दा बढी रियाक्ट आइसकेको प्रस्तुत भिडियो सामग्रीमा ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रया दिइसकेका छन् । साथै आगामी दिनमा उक्त सामग्री झनै द्रुत गतिमा फैलिनस्कने देखिन्छ । यही कारण हामीले प्रस्तुत रेलको वास्तविकता पत्ता तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित दाबीसहितको सामग्रीमा एउटा रेल र रेलको ट्रयाक देख्न सकिन्छ । साथै भिडियोलाई राम्रोसँग नियाल्दा उक्त रेलको नम्बर पनि देख्न सकिन्छ । रेलको अगाडीको भागमा लेखिएको छ- ‘D19E-947’ (डी १९ इ-९४७) ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले सोही रेल नम्बरलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप भियतनाम रेलवेसँग सम्बन्धित जानकारी फेला पर्याे । उक्त सामग्रीमा एउटा तस्बिर पनि देख्न सकिन्छ र यो तस्बिर डी १९ इ-९४७ नम्बरको रेलको हो ।
Railwayherald.com नामक वेबसाइटमा दिइएको जानकारी अनुसार को-को डिजेल इलेक्ट्रिक लोको नम्बर डी १९ इ-९४७ को रेल भियतनाममा संचालित छ । यो लोकोमोटिभ रेल २००३ मा भियतनामै सीएसआर ज़ियाङ्ग (दक्षिणी चीन)को सहयोगमा निर्माण गरिएको थियो । यो रेल भियतनाको एक्स-साइगनदेखि हनोईसम्म चल्ने गर्दछ ।
भियतनामको राजधानी हो, हनोई । हनोईमा अवस्थित ट्रेन स्ट्रीट पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको छ । यो क्षेत्र सहरको बिचमा रहेको एउटा सानो रेल ट्रयाक हो । चारैतिर साँघुरो बाटो, घरहरू, क्याफे र बिचमा रेल लाइन रहेको यो क्षेत्रलाई नै ट्रेन स्ट्रीट भन्ने गरिन्छ ।
सामाजिक सजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएको दाबी गरिएको छ ।
प्रस्तुत तथ्यहरु फेला परेपछि हामीले ‘Train Street Vietnam’ ‘D19E- 947’ वाक्यांशहरुलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Always B Wandering नामक युट्युब च्यालमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । ‘Train Street in Hanoi, Vietnam’ शीर्षकसहितको भिडियोमा एउटा रेल दौडिरहेको दृश्य देख्न सकिन्छ । यो भिडियोमा दखिएको रेल र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको रेलको नम्बर (डी १९ इ-९४७) एउटै छ ।
थप जाँचका क्रममा हामीले अन्य सामग्री फेला पार्यौँ । दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्दा DW Travel नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो भेटियो । यो भिडियो पनि भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको हो । २ अप्रिल २०२३ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Vietnam: You must see this train!’
फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एकै हुन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको दृश्यलाई काठमाडौँसँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ । यसले भ्रामक सन्देश दिएको छ ।
जाँचकै क्रममा Adam Jon Hart नामक फेसबुक आइडीमा पोस्ट गरिएको अर्को रिल भिडियो फेला पर्यो । माथि उल्लेख गरिएको भिडियो र यो भिडियो एउटै हुन् । भियतनामको राजधानीको भिडियोलाई नेपालको राजधानीसँग जाेडेर गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
काठमाडौँ महानगरभित्र अहिलेसम्म रेल संचालनमा आएको छैन । भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको भिडियोलाई काठमाडौँमा रेल आएको गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
Time.com
DW Travel
Railwayherald.com
Always B Wandering
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 6, 2025
Aakash Chhetri
July 15, 2024
Aakash Chhetri
December 21, 2023