Wednesday, May 14, 2025

Viral

के सन्दीप लामिछाने एयरपोर्टमा देखिएका हुन् ? ४ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो

Written By Aakash Chhetri
Sep 13, 2022
banner_image

Claim

image

Fact

image

पछिल्लो समय सामाजिक संजालमा भिडियो जोडिएका सामग्री फैलिरहेका छन् । भिडियोमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सकिन्छ । सन्दीप लामिछानेसँग भिडियोमा मानिसहरुको भिडसमेत देखिएको छ । 

Yubrajbhandari_official नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा सन्दीप लामिछाने कडा सुरक्षाका साथ एयरपोर्टमा देखिएको दाबी गरिएको छ । सन्दीपलाई स्वागत गरिएको दृश्य देखिने भिडियोमा थमनेलमार्फत दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- कडा सुरक्षाका साथ सन्दीप लामिछाने एयरपोर्टमा, शुभचिन्तकको घुइँचो ।’

चार दिनअघि पोस्ट गरिएको उक्त भिडियोमा १ लाख २४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । satisfaction lamsal नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा पनि सन्दीप लामिछाने देखिएका छन् ।

प्रस्तुत भिडियोमा पनि माथिको सामग्रीमा जस्तै दाबी दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा जोडिएको थमनेलमा लेखिएको छ – ‘बलात्कार केसमा मुछिएका सन्दीप लामिछाने एयरपोर्टमा ।’

५ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।त्यस्तै भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब २ सय रहेको देखिन्छ । 

नेपाल प्रहरीले अनुसन्धान गरिरहेको सन्दीप लामिछानेको आरोप र माथि उल्लेखित सामग्रीमा गरिएको दाबी गम्भीर खालका भएका कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले संचार माध्यमलाई दिएको जानकारी अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र र उनको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको छ । ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो । बलात्कारको घटना भने भदौ ५ भएकाे बनान प्रहरी समक्ष दिइएको छ । मंगलबार (२८ गते) सम्म आरोपी लामिछाने पक्राउ परेका छैनन् । 

भदौ ६ गते उनी केन्यामा हुने टी-२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । सन्दीपले गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए तर उनी नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन ।  सन्दीप लामिछानेलाई अध्यागमन विभागले समेत कालोसूचीमा राखेको छ । 

घटनाको यही सेरोफेरोका बिच नेपाली सामाजिक संजाल प्रयोगकर्ताबीच घटनाका आरोपका विषयमा चर्चा परिचर्चा भइरहेको छ । यही क्रममा सन्दीप लामिछाने एयरपोर्टमा देखिएको दाबीसहितका सामग्रीहरू सामाजिक संजालमा पोस्ट गरिएका छन् ।

दाबीसहितको सामग्री जाँच गर्नेक्रममा हामीले सबैभन्दा पहिले युट्युबमा केही किवर्ड सर्च गर्‍यौँ । ‘sandeep lamichhane airport’ किवर्ड सर्च गर्दा केही नतिजा भेटिए । प्रस्तुत सर्चबाट SATYA TATHYA (सत्य तथ्य) नामक युट्युब च्यानलमा ४ वर्ष अगाडि अर्थात् २२ मे २०१८ मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । ‘Exclusive : एयरपाेर्टमा सन्दीपकाे भव्य स्वागत, थेगिनसक्नु भिड Sandeep Lamichhane at airport’ शिर्षकको प्रस्तुत भिडियो त्यही भिडियोको अंश नै माथि दाबीसहितको सामग्रीमा जोडिएको हो ।

त्यस्तै दाबीसहितको दोस्रो सामग्रीमा मा पनि सन्दीप लामिछाने एयरपोर्टमा देखिएको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा राखिएको लोगोलाई पछ्याउँदै हामीले युट्युब सर्च गर्दा Rato Khursani नामक युट्युब च्यानलमा चार वर्षअघि पोस्ट गरिएको भिडियो फेला पर्‍यो । ‘Sandeep Lamichhane back to Nepal after IPL/ Sandeep Lamichhane at Airport’ शीर्षकको उक्त भिडियो २२ मे २०१८ मै पोस्ट गरिएको देखिन्छ ।  

https://www.youtube.com/watch?v=B17CIpznn-Y

प्रस्तुत तथ्यबाट के प्रमाणित हुन्छ भने दाबीसहितको सामग्रीमा प्रयोग गरिएका दुबै सामग्री ४ वर्ष पूराना हुन् । भिडियो पोस्ट गर्ने युट्युब च्यानलका अनुसार इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेर फर्किँदा उक्त भिडियो खिचिएको थियो । 

प्रस्तुत व्यहोराको समाचार तत्कालीन समयमा संचार माध्यमलेसमेत लेखेको देखिन्छ । यस तथ्यबाट पनि उक्त भिडियो पूरानै हो भन्ने पुष्टि हुन्छ ।

निष्कर्ष

दाबीसहितको सामग्रीमा राखिएको भिडियो अंश ४ वर्ष पूरानो हो । वर्तमान सन्दर्भसँग जोड्दै सन्दीप लामिछाने एयरपोर्टमा देखिएको भन्ने दाबी भ्रामक छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Pahilopost

SATYA TATHYA (सत्य तथ्य)

Rato Khursani


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage