Sunday, May 11, 2025

Fact Check

पर्साको घटना कसरी कन्चनपुरसँग जोडियो ? निर्मला पन्तको ‘हत्यारा समातिएको’ दाबी

Written By Aakash Chhetri
Jan 5, 2023
banner_image

Claim

image

Fact

image

भर्खरै सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फैलाइएको छ । उक्त सामग्रीमा कन्चनपुर जिल्लास्थित महेन्द्रनगरबाट निर्मला पन्तको हत्यारा पक्राउ परेको दाबी गरिएको देखिन्छ । यो दाबीसहितको सामग्रीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिँडिरहेको दृश्यसमेत देखिएको छ ।   

Newstvprovincesno.1 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा भिडियो पनि जोडिएको छ । उक्त भिडियोमा पक्राउ परेका आरोपीलाई प्रहरीले चौकीमा पुर्‍याएको देखिन्छ । भिडियोसहितको सामग्रीको थमनेलमा निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट पक्राउ परेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ – ‘निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट समातियो ! भर्खरै आयो खुशीको खबर ।’  

दाबीसहितको प्रस्तुत टिकटक भिडियो बुधबार (२० जनवरी) पोस्ट गरिएको देखिन्छ । पोस्ट भएको १ दिनमै दाबीसहितको सामग्रीमा करिब १ लाख टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १७ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई १ हजारभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । 

यतिमात्र होइन, प्रस्तुत दाबीसहितको सामग्रीको अडियोबाट अन्य भिडियोहरू पनि पुन:उत्पादन गरिएको देखिन्छ । पोस्ट गएको १ दिनमै दाबीसहितको सामग्रीबाट थप ३१ वटा सामग्री पुन:उत्पादन गरिएको छ । यस तथ्यबाट के प्रष्ट हुन्छ भने ‘निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट पक्राउ’ परेको दाबी गरिएको सामग्रीको फैलावट व्यापक छ ।

बलात्कार र हत्या जस्तो गम्भिर एवं सम्बेदनशील मुद्दाका विषयमा गरिएका हरेक दाबीहरू महत्वपूर्ण हुने गर्दछन् । यही कारण ‘निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट पक्राउ’ परेको दाबीबारे जाँच गर्नु अत्यावश्यक छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले जाँच गर्ने जमर्को गरेका हौँ ।

तथ्य जाँच / प्रमाणीकरण

२०७५ साउन ११ गते मा कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–१८ मा पर्ने उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । अघिल्लो साँझदेखि सम्पर्कविहीन रहेकी पन्तको शव भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाको छानबिन गर्न छुट्टाछुट्टै छानबिन टोली बनाए पनि नतिजा निस्किएन । घटना भएको चार वर्ष बितिसक्दा पनि घटनामा संलग्न अपराधी पक्राउ परेका छैनन् ।

रवि लामिछाने नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त भएसँगै उनले यस घटनाको छानविनमा चासो देखाए । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्त हत्या प्रकरणबारे अपडेट मागेका थिए । 

घटनाको यही सेरोफेरोमा सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फैलाइएको छ । उक्त सामग्रीमा ‘निर्मला पन्तको हत्यारा कन्चनपुर जिल्लास्थित महेन्द्रनगरबाट पक्राउ’ परेको दाबी गरिएको हो । उक्त दाबीमा एउटा दृश्य पनि जोडिएको छ, जसमा प्रहरीले केही आरोपीलाई पक्राउ गरेर प्रहरी कार्यालयतिर लम्किरहेको देख्न सकिन्छ ।  

सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीलाई दुई भागमा विभाजन गर्दै जाँचको काम सुरु गर्ने कोशिस गर्‍यौँ । सबैभन्दा पहिले हामीले दाबीसहितको थमनेल र उक्त सामग्रीमा जोडिएको दृश्यको फरक-फरक तरिकाले हेर्‍यौँ । त्यसपछि हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियो मूल अंश खोज्नतिर लाग्यौँ ।

जाँचकै क्रममा दाबीसहितको सामग्रीमा प्रयोग गरिएका ‘निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट समातियो’ भन्ने दाबीसहितको वाक्यांश युट्युबमा सर्च गर्दा एउटा युट्युब च्यानलमा पोस्ट गरिएको सामग्री फेला पर्‍यो । 

https://www.youtube.com/watch?v=43nAODUHKwU

तीन दिनअघि अर्थात् जनवरी १ मा Ktm Khabar नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोको अंश नै सामाजिक संजालमा फैलाइएको पाइयो । प्रस्तुत सामग्रीमा रहेको शीर्षक र भित्र रहेको सामग्रीबीच कुनै मेल छैन । यसबाट के प्रस्ट हुन्छ भने फरक-फरक सन्दर्भका विभिन्न दृश्यहरूलाई जोड्दै एउटा भ्रामक तयार पारेर युट्युबमा पोस्ट गरिएको हो । यही भिडियो सामग्रीको शीर्षकसहित एउटा अंशलाई सामाजिक संजालमा फैलाइएको छ । 

दाबीसहितको सामग्रीको स्रोत पत्ता लागेपछि हामीले त्यसभित्र देखिने भिडियोको सन्दर्भ खोज्नतिर लाग्यौँ । दाबीसहितको सामग्रीमा देखिएको भिडियो सन्दर्भ पत्ता लगाउने काम हाम्रा लागि सहज भएन । एउटा ५ सकेन्डको टुक्रालाई हामीले विभिन्न तरिका लगाएर खोजबिन गर्‍यौँ । हामीले भिडियोको स्क्रिनसट लिएर  रिभर्स इमेज सर्च गर्‍यौँ, भिडियोबारे सुदूरपश्चिममा कार्यरत केही पत्रकारसँग सहयोग माग्यौँ, कयौँ किवर्ड तयार पारेर सर्चसमेत गर्‍यौँ । तर, उक्त भिडियो अंशको सन्दर्भ भेटिँदै भेटिएन । 

कुनै तरिकाले काम नगरेपछि तीनवटा किवर्ड (हत्या, पक्राउ, सार्वजनिक) लाई विभिन्न माध्यमहरूको सर्च गर्न थाल्यौँ । सर्च गर्ने र भेटिएका परिणामहरू नियाल्ने क्रममा हामीले फेसबुकमा एउटा भिडियो फेला पार्‍यौँ । एक दिनभरीको कोशिसमा हामीले एउटा भिडियो फेला पारेका थियौँ । यसको सन्दर्भ थियो, पर्सामा १४ वर्षीय बालकको अपरणपछि हत्या भएको र घटना आरोपी पक्राउ परेको । 

Global TV HD को लोगोसहितको भिडियो रिपोर्टमा हामीले एउटा दृश्य देख्यौँ । उक्त दृश्यमा घटना आरोपीको तस्बिर देख्न सकिन्छ । उक्त दृश्यमा देखिएका दुई आरोपीमध्ये एकले हरियो रंगको ज्याकेट र सेतो रंगको पाइन्ट लगाएको देखिन्छ । माथि दाबीसहितको सामग्रीमा पनि भिडियोमा देखिएका व्यक्तिले हरियो रंगको ज्याकेट र सेतो रंगको पाइन्ट लगाएको देखिन्छ । यसबाट के प्रष्ट भयो भने हामीले फेला पारेको भिडियो रिपोर्टमा देखिएको दृश्य र दाबीसहितको सामग्रीमा देखिएको दृश्य एउटै सन्दर्भको हो । 

सामाजिक संजालमा भेटिएको दाबीसहितको सामग्रीको मूल स्रोत फेला परेपछि हामी उक्त भिडियोको मूल सन्दर्भ पत्ता लगाउने काममा जुट्यौँ । हामीले यसअघि नै सन्दर्भ फेला पारिसकेका छौँ र त्यसलाई पुष्टि गर्न मूल भिडियो पत्ता लगाउँदैछौँ । 

मूल सन्दर्भसहितको भिडियोको जाँच गर्ने क्रममा हामीले युट्युबमा ‘अपरण हत्या शिक्षक दुई जना पक्राउ’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । जसको परिणास्वरुप Galaxy 4K प्रसारण हुने ‘सीधा कुरा’ नामक कार्यक्रमको एउटा रिपोर्ट फेला पर्‍यो । यस दाबीसँग जोडिएका वर्तमान गृहमन्त्री रवि लामिछाने नै उक्त ‘सीधा कुरा’ कार्यक्रम पूर्व प्रस्तोता थिए । 

Jiya lal नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त रिपोर्टमा प्रयोग गरिएको दृश्यलाई नै छाँटकाँट गरेर निर्मला पन्त बलात्कार एवं हत्याकाण्डसँग जोडेको देखिन्छ । ‘सीधा कुरा’ कार्यक्रममा प्रसारित रिपोर्टको १ मिनेट ३६ सेकेन्टमा देखिने उक्त दृश्यलाई निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट पक्राउ दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । 

फेला परेका सबै तथ्यको आधारमा हामीले थप जाँच गर्‍यौँ । सोही सन्दर्भलाई आधार बनाएर किवर्ड सर्च गर्दा हामीले himalkhabar मा प्रकाशित एउटा रिपोर्ट फेला पार्‍यौँ । उक्त सामग्रीबाट के प्रष्ट हुन्छ भने पक्राउ परेका आरोपी दाबीसहितको सामग्रीमा भनिएजस्तो निर्मला पन्तको हत्यारा होइनन् । उनीहरू फरक सन्दर्भको घटनासँग संलग्न आरोपी हुन् ।  २०७९ पुस १३ गते प्रकाशित उल्लेखित सन्दर्भको समाचारको पहिलो तीन लाइन यस्तो छ : 

पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जस्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीको अपरहणपछि हत्या गरेको आरोपमा पक्राउ परेका शिक्षक सहित दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । विद्यार्थीको अपहरणपछि ५० लाख फिरौती मागेको मेसेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए । वीरगञ्ज महानगरपालिका-२५, खल्वा टोला सिर्सियास्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय निरजकुमार पासवानको अपहरणपछि हत्या भएको छ। उनको हत्यामा संलग्न रहेका तीन जनामध्ये वीरगञ्ज-१७, अलौंका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबनी गाउँपालिका-१ घोडदौलपिप्राका ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरिएको हो । पटेल गुरुकुल विद्यालयकै शिक्षक हुन् ।

निष्कर्ष : 

‘निर्मला पन्तको हत्यारा महेन्द्रनगरबाट पक्राउ’ परेको दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो फरक सन्दर्भको हो । फरक सन्दर्भको भिडियोलाई छाँटकाँट गरेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Setopati

Global TV HD

Galaxy 4K

himalkhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage