Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: रवि लामिछानेले मुद्दा जितेको र उनलाई अदालतले छाड्न आदेश दिएको दाबी ।
तथ्य: लामिछानेसँग सम्बन्धित मुद्दाको अन्तिम टुंगो नलागिसकेका बेला पुरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीसहित पोस्ट गरिएको देखियो ।
पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोसँगै रवि लामिछानेले मुद्दा जितेको र उनलाई अदालतले छाड्न आदेश दिएको दाबी गरिएको छ ।
sujan ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानिसहरुको भीड देख्न सकिन्छ । सोही दृश्यमा रवि लामिछाने पनि देखिएका छन् । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘Breaking news, भर्खरै रवि लामिछाने अदालतले छाड्न आदेश दिएको छ र रवि लामिछानेले मुद्दा जितेका छन् ।’
दाबीसहितको भिडियोमा १२ हजार ३ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ७ सय प्रतिक्रिया आएको भिडियोलाई लाखौँले हेरिसकेका छन् ।
के हालसालै रवि लामिछानेले आफूविरुद्धका मुद्दाहरु जितेका हुन् त? दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
रवि लामिछानेमाथि कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूमा अनुसन्धान भइरहेको छ । यही सन्दर्भमा रवि लामिछाने देखिने दृश्यलाई सामाजिक संजालमा पोस्ट गरेर उनले मुद्दा जितेको दाबी गरिएको छ ।
त्यसैले हामीले सबैभन्दा पहिले भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । यही क्रममा हामीले ‘रास्वपा कार्यालय’ ‘रवि लामिछाने कार्यकर्ता’ ‘भव्य स्वागत’ लगायतका अनेक वाक्यांशहरुको जाँच गर्यौँ । नतिजास्वरुप Bimal Khatri Kc, चितवन सेरोफेरो र सुराकी खबर लगायतका फेसबुक पेजमा पोस्ट गरिएका भिडियोहरु फेला परे ।
फेला परेको भिडियो र दाबीसहित पोस्ट गरिएको दृश्यबीच समानता देखिन्छ । तर, उक्त भिडियो वर्तमान सन्दर्भको नभई २०२५ मार्च ३१ मा पोस्ट गरिएको देखियो । यिनै भिडियोको क्याप्सनमा लेखिएको छ- ‘६ महिनापछि रास्वपा सभापति रवि लामिछाने आज केन्द्रीय कार्यालयमा ।’
वास्तवमा, सहकारी ठगी मुद्दामा प्रकाउ परेदेखि साढे पाँच महिनापछि २०२५ मार्च ३१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने औपचारिक रूपमा पार्टी कार्यालय पुगेका थिए । यही क्रममा पार्टी केन्द्रीय कार्यालयमा बसेको दुई चरणको बैठकमासमेत लामिछाने सहभागी भएका हुन् । यही सन्दर्भमा खिचिएको भिडियोलाई अहिले लामिछानेले मुद्दाहरु जितेको दाबीसहित पोस्ट गरिएको छ । तर, तथ्य दाबीको विवरण देखिन्छ ।
१३ माघ २०८१ मा सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको थियो । तर, २२ चैत २०८१ मा उच्च अदालत बुटवलको तुलसीपुर इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई न्यायिक हिरासतमा पठाउने निर्णय गरेको हो ।
उच्च अदालतको आदेशअनुसार, त्यसयता लामिछाने रूपन्देही जिल्ला कारागार, भैरहवामा छन् । अन्य जिल्लाहरू (काठमाडौं, चितवन, पर्सा) मा पनि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छन् । साथै यी मुद्दाको अन्तिम फैसला भइसकेको छैन ।
रवि लामिछानेले आफूविरुद्धका मुद्दाहरु जितेको र उनलाई अदालतले छाड्न आदेश दिएको दाबी भ्रामक छ । विगतमा लामिछानेलाई विभिन्न जिल्ला अदालतहरूले धरौटीमा रिहा गरे पनि उच्च अदालतको आदेशले उनी हाल थुनामा छन् । साथै उनीसँग सम्बन्धित सर्वोच्च अदालतका मुद्दाहरुसमेत विचाराधीन छन् । मुद्दाको अन्तिम टुंगो नलागिसकेको बेला पुरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
समाचार, bbc.com
समाचार, Bimal Khatri Kc
समाचार, चितवन सेरोफेरो
समाचार, nepalkhabar.com
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
May 22, 2025
Aakash Chhetri
March 6, 2025