Fact Check
Fact Check: के घरेलु विधिबाटै महिनामा ८-१० किलो तौल घटाउन सकिन्छ?

दाबी: अम्बाको पात र सिशेललाई कागतीको रसमा भिजाएर नियमित सेवन गर्दा एक महिनामा ८-१० किलोग्राम मानिसको तौत घटाउन सकिन्छ ।
तथ्य: सिशेलमा बोसो घटाउने यौगिकहरू हुँदैनन्, अम्बाको पातमा हल्का स्वास्थ्य लाभहरू हुन सक्छन् तर छोटो समयमै अत्यधिक तौल घटाउँदा मानव स्वास्थ्य असुरक्षित हुन्छ ।
मानिसको तौल घटाउने एउटा घरेलु उपाय सामाजिक संजालमा फेला परेको छ । अम्बाको पात र सिशेललाई कागतीको रसमा भिजाएर नियमित सेवन गर्दा एक महिनामा ८-१० किलोग्राम मानिसको तौत घटाउन सकिन्छ भन्ने दाबी गरिएको छ ।
Sabinabajgain नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना महिला देखिएकी छन् । उक्त सामग्रीमा एक महिला देखिएकी छन् र ती महिलाले भिडियोमा भनेकी छन्-

के अम्बाको पात र सिशेललाई कागतीको रसमा भिजाएर नियमित सेवन गर्दा मानिसको तौल घट्छ त? हामीले तथ्यजाँच गर्यौं र दाबी गलत भएको पायौँ ।
तथ्यजाँच/प्रमाणीकरण
कौडा (seashell) मा मानव शरीरको बोसो घटाउने कुनै क्षमता हुँदैन । सिशेलहरू प्रकृतिक ‘स्लिमिङ स्टोन’ होइनन् । यीनिहरु लगभग पूर्ण रूपमा क्याल्सियम कार्बोनेटबाट बनेका हुन्छन् ।
अर्कोतर्फ कागतीको रस अम्लीय हुन्छ, जब यसमा सिशेल भिजाइन्छ, हल्का रासायनिक प्रतिक्रिया हुन सक्छ । यसबाट कार्बन डाइअक्साइडका स-साना बुलबुलेहरू उत्पादन गर्न सक्छ र तरल पदार्थमा केही घुलनशील क्याल्सियम छाड्न सक्छ ।
सिशेलसहितको मिश्रणमा बोसो घटाउने कुनै अद्वितीय क्षमता हुँदैन । ठूलो मात्रामा प्रयोग गर्दा यसले मानिसको पेट बिगार्न सक्छ, कब्जियत हुन सक्छ । यसबाहेक, सिशेलमा ब्याक्टेरिया वा प्रदूषकहरू हुन सक्छन्, यसले सम्भावित रूपमा संक्रमण निम्त्याउन सक्छ ।
त्यस्तै अम्बाको पातको प्रयोगले एक महिनामै ८-१० किलो तौल घटाउन सक्दैन । अम्बाको पातलाई परम्परागत औषधिमा प्रयोग गरिन्छ । यद्यपी, शरीरको तौलमा यसको प्रभाव न्यून छ ।
अर्कोतर्फ एक महिनामा ८-१० किलो घटाउनु सामान्यत: असुरक्षित र अवास्तविक छ । सुरक्षित स्वस्थ तौल घटाउनु भनेको प्रतिहप्ता लगभग ०.५-१ किलोग्राम हो, जो प्रतिमहिना लगभग २-४ किलोग्राम हुन्छ । ३० दिनमा ८-१० किलोग्राम घटाउनु सामान्यत: निम्न कारणले हुनसक्छ:
-अत्यधिक क्यालोरी बन्देज (पोषक तत्वको कमीको जोखिम हुन्छ)
-गम्भीर निर्जलीकरण (प्रायः असुरक्षित ‘डिटोक्स’ विधिहरूबाट)
-बिरामी हुनु वा मांसपेशी बिग्रनु
वास्तवमा पेटको बोसो सुरक्षित रूपमा कसरी घटाउन सकिन्छ त? यसका लागि सन्तुलित खानपान, चालचलन र जीवनशैली संयोजन आवश्यकता पर्दछ:
दीर्घकालीन, स्वस्थरुपमा पेटको बोसो घटाउनका लागि यी उपायहरु अपनाउन सकिन्छ:
सन्तुलित आहार: तरकारी, फलफूल, अन्न, प्रोटिन (माछा, कुखुरा, दाल) र स्वस्थ बोसो (बदाम, बीउ, जैतुनको तेल) समावेश गर्नुपर्छ । अल्ट्रा-प्रशोधित खाजा र चिनीयुक्त पेय पदार्थहरूबाट बच्नुपर्छ ।
दैनिक सक्रियता: ३० मिनेटको लागि छिटो-छिटो हिँड्दा पनि समयसँगै तौल फरक पर्न सक्छ ।
सन्तुलित निन्द्रा: ७-९ घण्टाको सन्तुलित निन्द्राले भोक हर्मोन नियन्त्रण गर्न मद्दत गर्छ ।
तनाव व्यवस्थापन: दीर्घकालीन तनावले हार्मोनल परिवर्तनहरूमार्फत् पेटको बोसो बढाउन सक्छ । त्यसैले साधारण सास फेर्ने अभ्यास र ध्यानले मद्दत गर्न सक्छ ।
धैर्य गर्नुहोस्: बोसो घटाउने (विशेष गरी पेटको बोसो) ढिलो नियन्त्रण हुन्छ र यो विस्तारै घट्छ ।
निष्कर्ष
अम्बाको पात र सिशेललाई कागतीको रसमा भिजाएर नियमित सेवन गर्दा एक महिनामा ८-१० किलोग्राम मानिसको तौत घटाउन सकिन्छ भन्ने दाबी गलत छ । यो तौल घटाउने वैज्ञानिक रूपमा समर्थित वा सुरक्षित विधि होइन । सिशेलमा बोसो घटाउने यौगिकहरू हुँदैनन्, अम्बाको पातमा हल्का स्वास्थ्य लाभहरू हुन सक्छन् तर छोटो समयमै अत्यधिक तौल घटाउँदा मानव स्वास्थ्य असुरक्षित हुन्छ ।
नतिजा: गलत
हाम्रा स्रोतहरू
रिसर्च लेख, frontiersin.org
रिसर्च लेख, ncbi.nlm.nih.gov
(This article is published in collaboration withTHIP Media)