Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Coronavirus
पछिल्लो समय नेपालमा कोभिड-१९ को ओमिक्रोन नामक नयाँ भेरियन्ट सम्बन्धी चर्चा व्यापक छ । उक्त चर्चासँगै सामाजिक संजालमा निषेधाज्ञाको विषय पनि उठेको छ । नेपालमा पनि मन्त्रिपरिषद्ले निषेधाज्ञा हुन लागेको दाबी गर्ने केही अडियो/भिडियो टिकटकमा फैलिइरहेका छन् । जसमध्येको पहिलो भिडियो एक हप्ताअघि एउटा टिकटक प्रयोगकर्ताले पोस्ट गरे ।
खाली सडकको दृश्य देखाइएको उक्त भिडियोमा एउटा जानकारीमूलक अडियो बजाइएको छ । उक्त अडियोमा समाचार वाचिकाले शीर्षक पढ्छिन्,‘काठमाडौँसहित अति प्रभावित १५ जिल्लामा निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय, सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णयलाई पारित ।’
काठमाडौँसहित अति प्रभावित १५ जिल्लामा निषेधाज्ञा गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको दाबी गर्ने गरिएको छ । यो भिडियोलाई अहिलेसम्म करिब ३ हजारले सेयर पटक सेयर भइसकेको छ भने भने ६४ हजार प्रयोगकर्ताले यो भिडियोमाथि रियाक्ट गरेका छन् ।
त्यस्तै यो अडियो/भिडियोबाट धेरै सहायक भिडियो बनेरसमेत टिकटकमा फैलिएको देखिन्छ । अर्का प्रयोगकर्ताले पनि यही अडियो राखेर एउटा भिडियो बनाएर टिकटकमा पोस्ट गरिएको छ । यहाँ एकजना समाचार वाचिकाले समाचार बताइरहेको दृश्य राखेर त्यहाँ उक्त अडियो बजाइएको छ । एक साताअघि पोस्ट भएको यो भिडियो १ हजार ४३ पटक सेयर भइसकेको छ भने २२ हजार प्रयोगकर्ताले भिडियोमाथि रियाक्ट गरेका छन् ।
त्यस्तै प्रदीप बस्नेत नामक टिकटक प्रयोगकर्ताले पाँच दिनअघि सोही अडियोको सूचनामार्फत् तयार पारिएको भिडियो राखेका छन् । उक्त भिडियो अहिलेसम्म ६ हजार ३ सय पटक सेयर भइसकेको छ भने १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताले भिडियोमा रियाक्ट गरेका छन् ।
त्यस्तै टिकटकमा यही सूचनाजन्य अडियो राखिएको अर्को भिडियो भेटिएको छ । उक्त भिडियोको थमनेलमार्फतमा सरकारले एक हप्ता नभएर १५ दिन निषेधाज्ञा गर्न लागेको समेत जानकारी दिइएको छ । सुबोध कोइराला नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको उक्त भिडियोलाई अहिलेसम्म करिब ५ सय प्रयोगकर्ताले सेयर गरिसकेका छन् । अडियोबारे थप खोज्दै जाँदा सोही सूचनाका आधारमा धेरै भिडियो बनाएको पाइयो ।
पछिल्लो समय विश्वमा कोभिड-१९ को ओमिक्रोन नामक नयाँ भेरियन्टको फैलावट बढेको छ । अतिसङ्क्रामक यो भेरियन्ट नेपालमा पनि देखिएको छ । सोमबार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ । यो भेरियन्ट विश्वभर फैलिँरहँदा नेपालमा फेरि निषेघाज्ञा हुने हो कि भन्ने चर्चा हुन थालेको छ । सामाजिक संजालमा माथिका अडियो र भिडियो द्रुत गतिमा फैलिनुको कारण ओमिक्रोन भरियन्ट पनि एक हो ।
त्यसरी फैलिरहेका भिडियो सत्य भने होइनन् । किनकि यो भिडियोमा राखिएको अडियो पूरानो समाचारबाट तानिएको हो । भिडियोहरूमा प्रयोग भएको अडियो एक वर्ष पहिलेको समाचारबाट झिकिएको हो । न्युज २४ नामक नेपाली टेलिभिजनको युट्यूब च्यानलमा २७ अप्रिल २०२१ मा पोस्ट भएको उक्त भिडियोको अंशलाई अहिले टिकटकमा फैलाइरहेको देखिन्छ ।
गत बैशाखमा कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा गर्ने निर्णय गरेको थिय। माथिको भिडियो रिपोर्ट पनि त्यही निषेधाज्ञाका बेला तयार पारिएको हो । तर, त्यसलाई अहिलेको सन्दर्भसँग मिलाएर फैलाउनु भ्रामक हो । किनकि यसपटक अहिलेसम्म सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेको छैन ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले तत्काल निषेधाज्ञा गर्ने निर्णय गरेको छैन । यहाँ पुरानो समाचारको अंश राखेर बनाइएका समाचार फैलाइएको छ ।
गोरखापत्र : निषेधाज्ञाको समाचार
सेतोपाटी : नेपालमा ओमिक्रोन संक्रमण
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 12, 2024
Newschecker And THIP Media
June 2, 2023
Aakash Chhetri
April 26, 2022