Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Daily Reads
विद्यालयहरू बन्द हुन लागेको दाबीसहितका सममग्रीहरू पुन: सामाजिक संजालमा फैलाइएको छ । कोभिड-१९ संक्रमण बढेपछि विद्यालयहरू बन्द हुन लागेको उक्त सामग्रीमा दाबी गरिएको हो ।
#King_of_attitude_boy नामक टिकटक आइडीमा २० अप्रिलमा पोस्ट गरिएको भिडियोमा कोभिड-१९ संक्रमण जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ । भिडियोमा जोडिएको दाबीसहितको अडियोमा भनिएको छ,‘देशभरका विद्यालय अब बन्द हुने भएका छन् । कोभिड-१९ संक्रमणको जोखिम ह्वात्तै बढेपछि विद्यालयहरू बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।’
दाबीसहितको सामग्री पोस्ट भएको एक दिनमै उक्त भिडियोमा ६९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने चार सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् ।
त्यस्तै सोही टिकटक आइडीमा पोस्ट गरिएको अर्को भिडियोमा पनि माथिकै दाबी दोहोर्याइएको छ । उक्त दाबीमा एउटा स्थानीय तहले सार्वजनिक गरेको सूचना राखेर उक्त दाबी तयार पारिएको देखिन्छ । भिडियोमा रौतहट जिल्लास्थित माधव नारायण नगरपालिकाको एउटा सूचनासमेत राखिएको छ । उक्त सूचनामा विद्यालय बन्द हुने ब्यहोरासहितको जानकारी दिइएको छ ।
नेपालमा कोभिड-१९ को फैलावट र विद्यालय बन्द हुने भन्ने सूचनाको विषयमा दाबीको वास्तविकतामाथि सामाजिक संजाल प्रयोगकर्ताहरूले शंका गरेपछि हामीले तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।
उल्लेखित दाबीसहितका भिडियोहरूमा कोभिड-१९ संक्रमण जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ । तर, सामाजिक संजालमा पुन: फैलिएको यो अडियोमाथि न्युजचेकरले यसअघि पनि तथ्यजाँच गरिसकेको थियो । उक्त अडियो एक वर्षअघिको हो ।
पुरानो टिकटक अडियोलाई अहिले नयाँ जसरी प्रस्तुत गरिएको छ । अर्थ सरोकार नामक टिकटक आइडीमा ९ अप्रिल २०२१ मा पोस्ट गरिएको उक्त अडियो-भिडियोलाई पछिल्लो समय पुन: फैलाउन खोजिएको देखिन्छ ।
अर्कोतर्फ रौतहटको माधव नारायण नगरपालिकाको सूचना नै पढ्दा थाहा हुन्छ उक्त सूचना पुरानो हो । किनकि उक्त सूचनाको मिति २०७८/९ /२० गते लेखिएको छ । त्यो बेला नगरभित्रका विद्यालयहरूमा दिइएको बिदा कोभिड-१९ का कारण थिएन । सूचनामा शीतलहरका कारण दैनिक जनजीवन प्रभाविक भइरहेको र यही कारण बालबालिकाको स्वास्थ्यमा समस्या परेकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइएको थियो ।
उक्त सूचना अनुसार शीतलहरका कारण पुस २१ गतेदेखि पुस २५ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द गरिएको हो । त्यसैले यो सूचना राखेर कोभिड-१९ संक्रमण जोखिमका विद्यालय बन्द हुन लागेको दाबी गर्नाले यो भिडियो भ्रामक बनेको छ ।
यी दुबै जाँचबाट के प्रष्ट हुन्छ भने अर्कै सन्दर्भमा दिइएको बिदाको सूचना र अर्कै सन्दर्भको अडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।
निष्कर्ष :
भिडियोमा गरिएका दाबी असत्य र भ्रामक छन् । भ्रामक दाबीलाई सत्य जस्तो देखाउन पूरानाे समाचार र अर्कै सन्दर्भमा दिइएको बिदाका सूचनालाई यहाँ राखिएको पाइयो । सरकारीस्तरबाट देशभरका विद्यालय बन्द गर्ने कुनै निर्णय गरिएको छैन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
March 30, 2023
Aakash Chhetri
June 22, 2022