Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्न लागेको छ ।
तथ्य: एक सय रुपैयाँमा अंतिक सगरमाथाको तस्बिरलाई हटाएर काठमाडौं महानगरपालिका मेयर बालेन शाहको तस्बिर राखिएको पाइयो ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ, उक्त सामग्रीमा बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्ने निर्णय गरेको दाबी गरिएको छ ।
Dear kapil नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबी सहितको सामग्रीमा बालेन शाहको तस्बिर अंतिक नेपाली रुपैयाँको दृश्य समेत देख्न सकिन्छ । उक्त तस्बिरसँगै राखिएको थमनेलमा बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्ने दाबी गरिएको छ ।
दाबीसहितको थमनेलमा लेखिएको छ- ‘बालेन शाहको अर्को कीर्तिमानी विश्वभर चर्चा, बालेन शाह देशको प्रधानमन्त्री बन्ने भएपछि राष्ट्र बैंकले नोटमा बालेनको फोटो राख्ने भयो ।’
अर्कोतर्फ उक्त सामग्रीमा समाचारशैलीको एउटा अडियोसमेत जोडिएको छ । उक्त अडियोमा भनिएको छ- ‘काठमाडौँका मेयर बालेन शाह काठमाडौँको मात्र नभई देशकै प्रधानमन्त्री बन्नलाई जनताहरुले आवाज उठाएका छन्, बालेन शाहले राखे अर्को कीर्तिमानी, विश्वभर चर्चैचर्चा ।’
एक दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा सात हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ५० भन्दा बढी सेयर भइसकेको सामग्रीमा दुई सय भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । यस तथ्यलाई मध्यनजर गर्दै दाबीसहितको प्रस्तुत सामग्री आगामी दिनमा व्यापक फैलिनसक्ने पक्का छन् ।
नेपाली रुपैयाँमै बालेन शाहको तस्बिर राख्ने निर्णय गरेको भन्ने दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले यस दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित भिडियोसहितको सामग्रीमा बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्ने निर्णय गरेको दाबी गरिएको छ । त्यसैले सबैभन्दा पहिले हामीले काठमाडौं महानगरपालिका मेयर बालेन शाह मुलुककै प्रधानमन्त्री बन्ने दाबीमाथि जाँच गर्नेछौँ ।
प्रस्तुत दाबीसहितको सामग्रीमा भनिएजस्तो के काठमाडौं महानगरपालिका मेयर बालेन शाह प्रधानमन्त्री बस्न सक्छन् त ? यसका लागि हामीले नेपालको संविधान पल्टायौँ र संविधानको धारा ७६ लाई नियाल्यौँ । यो धारामा मन्त्रिपरिषदको गठन र प्रधानमन्त्री नियुक्त हुने संवैधानिक प्रधावधान उल्लेख छ ।
नेपालको संविधानको धारा ७६(१) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन प्रावधान राखिएको छ । धारा ७६(२) मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।
यस तथ्यबाट के प्रष्ट हुन्छ भने संविधानमा उल्लेखित प्रावधान अनुसार प्रधानमन्त्री नियुक्त हुनका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कुनैपनि संसदीय दल नेता हुनैपर्नेछ । तर, अहिलेसम्म काठमाडौं महानगरपालिका मेयर बालेन शाह कुनैपनि राजनीतिक दलसँग सम्बन्धित छैनन् । यही कारण आगामी चार वर्षभित्र संविधानत: बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना छैन । बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना खोल्नका लागि आगामि निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्य बन्नुपर्ने, उनीसँग सम्बन्धित पार्टी राष्ट्रिय पार्टी हुनुपर्नेछ र उनी त्यस पार्टीको संसदीय दलको नेता हुनुपर्नेछ ।
प्रस्तुत संवैधानिक प्रावधानलाई नियाल्ने हो भने प्रतिनिधि सभाको अर्को निर्वाचन नहुन्जेल बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना छैन । त्यसैले माथि उल्लेखित बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको दाबी भ्रामक छ ।
अर्कोतर्फ नेपाली रुपैयाँमा बानेल शाहको तस्बिर अंकित गरिएको प्रशंग । माथि उल्लेखित भिडियो सामग्रीमा एउटा नेपाली नोट देखिन्छ, जसमा नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्ने दाबी गरिएको छ । तर, दाबी गरिएजस्तो कुनैपनि निर्णय र तयारी नभएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए ।
दाबीसहितको सामग्रीमा राखिएको बानेल शाहको तस्बिर अंकित नेपाली रुपैयाँ कम्युटर प्रविधि प्रयोग गरी तयार पारिएको देखिन्छ । एक सय रुपैयाँको सक्कली नोटलाई तोडमोड गरी भ्रामक सामग्री तयार पारिएको पाइयो ।
एक सय रुपैयाँमा अंतिक सगरमाथाको तस्बिरलाई हटाएर काठमाडौं महानगरपालिका मेयर बालेन शाहको तस्बिर राखिएको देखियो । नेपाल राष्ट्र बैंकबाट जारी नेपाली रुपैयाँको डिजाइनलाई तोडमोड गर्नुले भ्रामक सन्देश दिएको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्न लागेको दाबी भ्रामक छ । एक सय रुपैयाँमा अंतिक सगरमाथाको तस्बिरलाई हटाएर काठमाडौं महानगरपालिका मेयर बालेन शाहको तस्बिर राखिएको पाइयो ।
नेपालको संविधान
नेपाल राष्ट्र बैंक
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 26, 2025
Aakash Chhetri
April 16, 2025
Aakash Chhetri
March 6, 2025