Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह र बालेन शाहबीच भेटघाट भएको छ, भिडियो ।
तथ्य: दाबीसहितको भिडियोमा एआई आधारित छेडछाड (deepfake) भएको पुष्टि हुने संकेतहरू भेटिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र बालेन शाहसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा दुबै शाहबीच भेटघाट भएको दाबी गरिएको छ ।
Ramu Rana Magar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौँ महानगरका मेयर बालेन शाहको अनुहार देखिने दृश्य जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘श्रीपाँच ज्ञानेन्द्र शाह र बालेन शाह भेटघाट भएको छ, जय नेपाल ।’
प्रस्तुत दाबीसहितको भिडियोलाई एक दिनमै १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब ५ सय प्रतिक्रिया आइसकेको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
के पूर्वराजा ज्ञानेन्द्र शाह र बालेन शाहसँग सम्बन्धित भिडियो वास्तविकता हो त ? हामीले जाँच गरेका छौँ ।
जाँचका क्रममा, दाबीसहितको भिडियोलाई एकपटक निल्यान्दा नै भिडियो अस्वभाविक देखिन्छ । त्यसैले सबैभन्दा पहिले भिडियोको एआई जाँच गरियो ।
भिडियोको जाँचका क्रममा Misinformation Combat Alliance (MCA) को Deepfakes Analysis Unit (DAU) का विज्ञहरूले डीपफेक (Deepfake) पत्ता लगाउने उपकरणहरूको सहायताबाट भिडियो र अडियोको विश्लेषण गरे । उनीहरुले विभिन्न टुलहरुको प्रयोग गरेर दाबीसहितको भिडियोलाई जाँच गरे ।
दाबीसहितको दृश्यलाई Hive AI को डिपफेक डिटेक्टरमा जाँच गर्दा, दृश्य १ ले भिडियो ट्र्याकको अन्त्यतिरको एउटा खण्डलाई फ्ल्याग गरेको छ, जहाँ दाह्री भएको व्यक्तिको साइड प्रोफाइल सम्भावित AI-आधारित छेडछाडको लागि चिन्हित गरेको छ ।
दुई फरक व्यक्तिहरूको तस्बिरलाई एकअर्कासँग अन्तर्क्रिया गर्न केन्द्रीत गर्ने AI को प्रयोग गरिएको देखिन्छ । त्यस्तै दृश्य वर्गीकरणकर्ताको लागि, दाह्री भएको व्यक्ति र टोपी लगाएको व्यक्ति दुवैको साइड प्रोफाइल देखाइँदा एआई छेडछाड भएको संकेत देखियो ।
अर्कोतर्फ पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौँ महानरका मेयर बालेन शाहबीच भेटघाट भएको भिडियो अहिलेसम्म सार्वजनिक भएको छैन । दाबीसहित फैलाइएको भिडियो वास्तविक नभई एआई जनरेटेड दृश्य हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह र बालेन शाहबीच भेटघाट भएको भन्दै पोस्ट गरिएको भिडियो भ्रामक छ । विभिन्न डिपफेक डिटेक्सन उपकरणहरूको प्रयोगबाट प्राप्त प्रमाणहरूका आधारमा, भिडियोमा एआई आधारित छेडछाड (deepfake) भएको पुष्टि हुने संकेतहरू भेटिएका छन् । यसबाहेक, पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौंका मेयर बालेन शाहबीच वास्तविक भेटघाट भएको कुनै प्रमाण सार्वजनिक भइसकेको छैन ।
भिडियो विश्लेषण, Deepfakes Analysis Unit (DAU)
भिडियो विश्लेषण, Misinformation Combat Alliance (MCA)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
March 17, 2025
Aakash Chhetri
November 30, 2024
Aakash Chhetri
October 10, 2024