Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै देखिने आकृतिहरुले ‘निर्वाचन बहिष्कार गरौँ’ र ‘अहिलेको सरकार आफूसँग डराएको हो त?’ भन्ने अभिव्यक्ति दिइरहेको भिडियो ।
तथ्य: प्रस्तुत भिडियोहरु वास्तविक घटनाको फुटेज नभई आधुनिक एआई टुल प्रयोग गरेर बनाइएका नक्कली दृश्य हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै देखिने बोलिरहेका आकृतिहरु सामाजिक संजालमा फैलिरहेको छन् । ती फरक-फरक आकृतिहरुले ‘निर्वाचन बहिष्कार गरौँ’ र ‘अहिलेको सरकार आफूसँग डराएको हो त?’ भन्ने अभिव्यक्ति दिइरहेको देख्न सकिन्छ ।
Come, king, save the country नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै देखिने आकृति देख्न सकिन्छ । उक्त भिडियो क्लिपमा भनिएको छ- ‘यो चुनाव बहिष्कार गरौँ, पहिला हिन्दुराज्य र राजसंस्था त्यसपछि मात्र चुनावमा जाने वातावरण बनाऔँ ।’

२२ फेब्रुअरी २०२६ मा पोस्ट गरिएको भिडियोमा तीन हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा दुई सयभन्दा बढी प्रतिक्रिया आएको क्लिपलाई हजारौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै सोही टिकटक आइडीमा पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै देखिने अर्को आकृति पनि पोस्ट गरिएको छ । यस आकृतिलाई शाही नेपाली सेनाको सर्वोच्च कमाण्डरका रुपमा राजकीय पोशाकमा देख्न सकिन्छ । उक्त भिडियो क्लिपमा भनिएको छ- ‘के अहिलेको सरकार साँच्चिकै मसँग डराएको हो त? होइन भने मेरा जनतालाई किन मेरो स्वागतका लागि निषेधाज्ञा गरेको हो त?’

प्रस्तुत भिडियोहरूले सामान्य देखिएपनि राजनीतिक रूपमा संवेदनशील सन्देश बोकेका छन् । वास्तविक व्यक्तिको जस्तो देखिने आकृति प्रयोग गरेर गरिएको अभिव्यक्तिले चुनावी प्रक्रियालाई अस्वीकार गर्ने र हिन्दुराज्य र राजसंस्था पुनःस्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेको पाइन्छ । त्यसैले भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले प्रस्तुत भिडियो क्लिपहरूलाई राम्ररी विश्लेषण गर्यौँ । प्रारम्भिक चरणमै ती भिडियोहरू एआई प्रयोग गरेर तयार पारिएको हुन सक्ने आधारहरू फेला परे ।

भिडियोको जाँचका क्रममा हामीले एआई डिटेक्शन टूल hivemoderation.com मा जाँच गर्यौं । उक्त जाँचले भिडियोमा प्रयोग भएको आवाज ९९.९ प्रतिशत सम्भावनासहित एआईबाट सिर्जना गरिएको देखिएको छ ।
त्यस्तै अर्को भिडियो जाँचका क्रममा हामीले रिचर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप alamy.com मा पोस्ट गरिएको तस्बिर फेला पर्यो ।
८ मार्च २०२६ मा पोस्ट गरिएको तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘Nepal’s King Gyanendra, who is also Commander of the Royal Nepal Army, takes the salute at the Army Day function in Katmandu, Nepal, Tuesday, March 8, 2005. Police were on high alert Tuesday to block plans by the countrys beleaguered political opposition to hold a protest in the Nepalese capital against the kings power grab last month. (AP Photo/Binod Joshi)’

सामाजिक संजालमा फेला परेको भिडियो र तत्काली राजाको शाही सेनाको पोशाक लगाएको तस्बिर एकआपसमा मिल्दो देखिएका छन् ।थप जाँचका क्रममा उक्त भिडियोलाई हामीले sightengine.com को एआई जनरेटेड भिडियो डिटेक्सन टुलबाट विश्लेषण गर्यौँ ।
१० सेकेन्डको यो भिडियो ९६ प्रतिशन (एआईबाट जेनेरेट गरिएको सम्भावना) एआई जनरेटेड देखाउँछ । डिटेक्सन टुलको निष्कर्ष अनुसार प्रस्तुत दृश्य वास्तविक फुटेज होइन, बरु आधुनिक एआई टुलले बनाएको सिंथेटिक भिडियो हो ।

भिडियोमा प्रयोग गरिएको आवाज र दृश्य दुवै एआई प्रविधिबाट सिर्जना गरिएको पुष्टि भएको छ । प्रस्तुत भिडियोहरु वास्तविक घटनाको फुटेज नभई आधुनिक एआई टुल प्रयोग गरेर बनाइएका सिन्थेटिक (नक्कली) दृश्य हुन् । यसर्थ, उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्री हो ।
वास्तविक तस्बिर, alamy.com
एआई डिटेक्शन, hivemoderation.com
एआई डिटेक्शन, sightengine.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
March 25, 2026

Aakash Chhetri
February 7, 2026

Aakash Chhetri
December 24, 2025