Wednesday, May 14, 2025

Fact Check

बालेन साहको नाम जोडेर सामाजिक संजालमा फैलाइयो अतिरञ्जित सूचना

Written By Aakash Chhetri
Sep 28, 2022
banner_image

Claim

image

Fact

image

अझैपनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को चर्चा सामाजिक संजालमा रोकिएको छैन । तिनै चर्चाहरु बिच मेयर बानेलसँग सम्बन्धित दाबीसहितका अनेक सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यही क्रममा HAMRO DIKTEL2 नामक टिकटक आइडीमा मेयर बालेनसँग सम्बन्धित दाबीसहितको सामग्री पोस्ट भएको छ ।

दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा सयैँ मानिसहरुको भिड देखिन्छ । उक्त दृश्यमा ठूलै भागदौड मच्चिएको जस्तो पनि देखिएको छ । दाबीसहितको सामग्रीमा अडियो पनि सोही किसिमको डरलाग्दो सुनिएको छ । सो भिडियोमा राखिएको थमनेलले त झनै उक्त भिडियोलाई सनसनीपूर्ण बनाएको छ ।

थमनेलमा लेखिएको छ– ‘एक्कासी के भयो फेरि, अचानक हजारौँको भिड किन बालेनको नजिक आए ?’

झट्ट पढ्दा सामान्य लाग्ने प्रस्तुत थमनेलसहितको सामग्रीमा १ सय २६ भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेका छन् ।     

त्यस्तै मेयर बालेन साहसँग जोडिए अर्को दाबीसहितको सामग्री पनि टिकटकमै भेटिएको छ । I am back नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बालेन साह उभिएको संकेत दिइएको छ । 

दाबीसहितको सामग्रीमा मेयर बालेन साह सार्वजनिक स्थलमा देखिएका छन् र उनले मानिसहरु वार्तालाप गरिरहेको देखिन्छ । उक्त भिडियोको थमनेलमा सन्दीपलाई न्याय भन्ने वाक्यांश प्रयोग गरिएको छ । भिडियोको थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘सन्दीप लामिछानेका लागि बालेन साह काठमाडौँ आए, सन्दीपका लागि न्याय ।’  

नेपाल प्रहरीले अनुसन्धान गरिरहेको सन्दीप लामिछानेको आरोप र माथि उल्लेखित सामग्रीमा गरिएको दाबी गम्भीर खालका भएका कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको पहिलो सामग्रीमा  ठूलो भिडभाड देखिएको छ । उक्त सामग्रीमा अचानक हजारौँको भिड किन बालेनको नजिक आए ? भन्ने प्रश्न गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने उक्त दृश्यमा देखिएको भीड र बालेन साहलाई जोड्न खोजिएको छ । 

हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा देखिएको दृश्यको वास्तविकता पत्ता लगाउने जमर्को गर्‍यौँ । जसका लागि हामीले दाबीसहितको सामग्रीलाई पुन: एकपटक राम्ररी नियाल्यौँ । दाबीसहितको सामग्रीमा LakeSide TV नामक युट्युब च्यानलको लोगो देखिएको छ । उक्त लोगोलाई हामीले युट्युबमा सर्च गर्‍यौँ ।

प्रस्तुत युट्युब च्यानलमा पोस्ट गरिएका भिडियो हेर्दै जाँदा हामीले मूल भिडियो फेला पार्‍यौँ । १० सेप्टेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियो नै बालेन साहका बारेमा तयार पारिएको छ तर भिडियोमा देखिएको दृश्यसँग बालेन साहसँग सम्बन्धित देखिँदैन ।  भिडियोमा कुनै उत्सवमय भिडभाड देखिएको छ र दाबीसहितको सामग्रीमा भनिएजस्तो भीडले बालेन साहलाई पछ्याएको पनि देखिँदैन । एउटा सन्दर्भको दृश्यलाई युट्युब च्यानलले शीर्षक मार्फत् अर्को सन्दर्भसँग जोड्न खोजेको देखिन्छ ।

प्रस्तुत युट्युब च्यानलमा पोस्ट गरिएका अन्य भिडियोहरू सरसर्ती हेर्दा अधिकांश भिडियो सनसनीपूर्ण र भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो । यसबाट के प्रस्ट हुन्छ भने ‘बालेनलाइ देखेपछि युवतीहरु भकाभक ढले, चल्यो रुवाबासी हेर्नुस यस्तो अचम्मको क्रेज देखियो’ शीर्षकको भिडियो पोस्ट गरेको युट्युब च्यानलको विश्वसनीयता विश्वास गर्न लायकको छैन । यो युट्युब च्यानलले फरक सन्दर्भका दृश्यहरूलाई फरक सन्दर्भसँग जोडेको सामग्री उत्पादन गरेको देखिन्छ ।

त्यसपछि हामी उक्त भिडभाड सहितको दृश्यको अर्को स्रोतको खोजीमा लाग्यौँ । हामीले प्रारम्भीक जाँचका क्रममा उक्त दृश्य इन्द्रजात्राको रहेको अनुमान लगाएका थियौँ । यही आधारमा हामीले युट्युबमा केही किवर्डहरु सर्च गर्‍यौँ । फलस्वरुप 

Walking Firiri नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍याे । १० सेप्टेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियोमा काठमाडौँको वसन्तपुरस्थित इन्द्रजात्राको उल्लासमय दृश्यहरु देखाइएको छ । 

काठमाडौँस्थित वसन्तपुरको इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुसँग काठमाडौँ महानगरका मेयर पनि सहभागि भएका थिए । हामीले इन्द्रजात्राका दृश्यहरू नियाल्ने क्रममा मेयर बालेन साहबारे जात्रामा नारा लागेको देखिन्छ । तर, इन्त्रजात्रामा देखिएको भिड बालेन साहकै लागि उभिएको भन्नु भ्रामक हो । माथि दाबीसहितको सामग्री र त्यसमा आएका प्रतिक्रियाले उक्त भिड बलेन साहलाई नै हेर्न आएको हो कि भन्ने देखिन्छ तर उक्त भिड इन्द्रजात्राका अवसरमा देखिएको भिड हो ।

त्यस्तै दाबीसहितको दोस्रो सामग्रीमा मा बालेन साहले वार्तालाप गरिरहेको दृश्य देखिएको छ र त्यहाँ सन्दीप लामिछानेका लागि बालेन साह काठमाडौँ आएको दाबी गरिएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ । ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो । 

सन्दीप भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । सन्दीपले गत सामाजिक संजालमार्फत् आफू चाँडै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने बताएका छन् तर उनी नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन । 

यही सन्दर्भमा आरोपी सन्दीपको पक्षमा काठमाडौँका मेयर बालेन उभिएको संकेतसहितको सामग्री पोस्ट गरिएको हाे । हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा देखिएको दृश्यको वास्तविकता पत्ता लगाउने जमर्को गर्‍यौँ ।

दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा एउटा लोगो पनि देखिएकाले हामीले युट्युबमा ‘balen’ ‘alfabeta’ ‘galaxy’ किवर्ड सर्च गर्यौँ । फलस्वरुप हामीले Galaxy 4K युट्युब च्यानलमा पोस्ट गरिएको एउटा सामग्री फेला पार्‍यौँ । २५ अगस्ट २०२२ मा पोस्ट गरिएको उक्त रिपोर्टको शीर्षक रहेको छ,’भूमिगत पार्किङ खोज्दै बालेनको दौडधुप, अल्फाबिटा कम्प्लेक्सका सञ्चालकसँग चर्काचर्की’ ।

प्रस्तुत भिडियो रिपोर्टमा देखिएको दृश्य र माथि दाबीसहितको सामग्रीमा देखिएको दृश्य एउटै हो । यस तथ्यले के प्रष्ट पार्छ भने माथि दाबीसहितको सामग्रीमा देखिएको दृश्य सन्दीप लामिछानेसँग सम्बन्धित छैन । त्यो त फरक सन्दर्भमा अल्फाबिटा कम्प्लेक्सका सञ्चालकसँग भइरहेको वार्तालाप हो ।

 निष्कर्ष

दाबीसहितको पहिलो सामग्रीमा देखिएको भिड बालेन साहका लागि होइन, इन्द्रजात्राको उत्सवमा सहभागी भएको हो । दाबीसहितको दोस्रो सामग्रीमा भनिएजस्तो बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेका विषयमा मेयर बालेन साहले कुनै प्रतिक्रिया दिएका छैनन् । दाबीसहितको सामग्रीमा जोडिएको दृश्य फरक सन्दर्भको हो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Galaxy 4K

Walking Firiri


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage