Wednesday, May 15, 2024
HomeFact Checkमतगणना नसकिँदै सामाजिक संजालमा विजेता घोषणा, बालेन साहले ९० हजार मत प्राप्त...

मतगणना नसकिँदै सामाजिक संजालमा विजेता घोषणा, बालेन साहले ९० हजार मत प्राप्त गरेको दाबी 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

पछिल्लो समय मुलुकभर स्थानीय तह निर्वाचन २०७९ को मतगणना भइरहेको छ । अधिकांश साना स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगरसहित ठूला स्थानीय तहको मतगणना जारी छ । यही बेला काठमाडौँ महानगरका उम्मेदवार बालेन साह (बालेन्द्र) सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ ।  

Puskar_gairey नामक टिकटक आइडीमा पोस्ट भएको सामग्रीमा काठमाडौँ महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह देखिएका छन् । यो भिडियो सामग्रीमा काठमाडौँकाे मेयरमा बालेन साह विजयी भएकोसमेत दाबी गरिएको छ । भिडियोको थमनेल र अडियोमार्फत् उल्लेखित दाबी पेश गरिएको छ ।

‘काठमाडौँको मेयरमा बालेन साह विजयी, स्वतन्त्रको जित बधाई छ’, भिडियोको थमनेलमा भनिएको छ,‘बधाई छ सबैलाई, सोचेजस्तो मतले नै विजयी, अब पालो युवाको ।’  

यसैगरी दाबीसहितको सामग्रीमा राखिएको अडियोमा पनि थमनेलकै व्यहोराको सूचना दिइएको छ । अडियोमा भनिएको छ,‘काठमाडौँको मेयरमा ९० हजार ८३५ मतसहित बालेन साह विजयी हुनुभएको छ ।’ 

 टिकटकमा पोस्ट भएको तीन दिनमै दाबीसहितको सामग्रीमा साढे २१ हजारभन्दा बढी प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २ सयभन्दा बढीले भिडियो सामग्रीलाई सेयर गरिसकेका छन् । 

प्रस्तुत दाबीसहितको सामग्री kavreli_done नामक टिकटक आइडीमा पोस्ट भएको देखिन्छ । यो आइडीमा उही अडियो र उही दाबी राखेर फरक दृश्यका साथ टिकटकमा पोस्ट गरिएको थियो । चार दिनअघि पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा साढे ६० हजारभन्दा टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने करिब ६ सय टिकटक प्रयोगकर्ताले भिडियोलाई सेयर गरेका छन् । 

यतिमात्र होइन, उक्त दाबीसहितको अडियोबाट अन्य भिडियो सामग्री पुन:उत्पादन गरिएको छ ।  उक्त अडियोबाट ५५ वटा फरक-फरक टिकटक सामग्री उत्पादन गरिएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिकमा व्यापकरुपमा फैलिएको छ । 

तथ्यजाँच/प्रमाणीकरण

काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । राजनीतिक दलहरूले खडा गरेका उम्मेदवारभन्दा स्वतन्त्र रुपमा मेयर पदमा उठेका बालेन साह अगाडि रहेको प्रारम्भिक मतगणनाले प्रष्ट पारेको छ । यही बेला सामाजिक संजालबाटै बालेन साह विजयी भएको घोषणा गरिएको छ । 

मतगणना नसकिँदै गरिएको प्रस्तुत दाबीले आधिकारिक मतपरिणामको स्वीकार्यतालाई प्रभावित पार्न सक्ने भएकाले न्युजचेकरले उक्त दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गर्‍यो । यो तथ्यजाँच रिपोर्ट लेखन बुधबार सुरु गरिएका कारण हामीले बुधबार साढे २ बजेसम्मको मतपरिणामलाई आधार मानेका छौँ । 

काठमाडौँ महानगरद्वारा संचालित Metro News मार्फत् निर्वाचन आयोगले बुधबार बिहान साढे २ बजे सार्वजनिक गरेको आधिकारिक मतपरिणाम अनुसार बुधबार बिहानसम्म ३९ हजार ६२३ मतगणना भइसकेको छ । जसमध्ये बालेन साहको चुनाव चिन्ह लौरोमा १५ हजार ५० मतदान गरिएको पाइयो । त्यसैगरी नेकपा (एमाले)को चुनाव चिन्ह सूर्यमा ८ हजार ७५ र नेपाली कांग्रेसको रुख चिन्हमा ७ हजार २६५ मतदान भएको पाइयो ।

अर्कोतर्फ संचार माध्यमहरूले भने अलि अगाडि बढेर मतपरिणाम सार्वजनिक गरिरहेको देखिन्छ । इकान्तिपुरको निर्वाचन केन्द्रीत वेबसाइटमा बुधबार दिउँसो २ बजे हेर्दा बालेन साहले प्राप्त गरेको मत १७ हजार ३१ देखिएको छ ।  

काठमाडौँ महानगरपालिकामा जम्मा ३ लाख २४२ मतदाता रहेका छन् तर यस पटकको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १८६ मतदाताले मतदान गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।  यो तथ्यांकका आधारमा के भन्न सकिन्छ भने बुधबार बिहान सार्वजनिक गरिएको मतपरिणाम प्रारम्भिक मात्रै हो ।

प्रस्तुत तथ्य (मत परिणाम) बाट अन्तिम नतिजा अनुमान लगाउन सकिँदैन । त्यसैले सामाजिक संजालमा गरिएको दाबी असत्य छ । मतगणना जारी भएका कारण काठमाडौँको मेयरमा बालेन साह विजयी भइसकेका छैनन् । अर्कोतर्फ उनले  ९० हजार ८३५ मत प्राप्त गरेको भन्नु भ्रामक छ ।  

अर्कोतर्फ दाबीसहितको टिकटक सामग्रीमा प्रयोग गरिएको दृश्यको मूल अंशसमेत हामीले खोज्यौँ । ‘बलेन शाह चुनावी अभियान’ भन्ने शब्दको खोजीबाट हामीले भिडियोको फ्रेमसँग मिल्दोजुल्दो भिडियो फेला पार्यौं। ‘एक वाइन्स’ नामको युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो मे ३, २०२२ मा पोस्ट गरिएको देखिन्छ ।

निष्कर्ष :

टिकटकमा फैलाइएको प्रस्तुत दाबी असत्य छ । काठमाडौँ महानगरपालिकाको मतगणना सकिएको छैन । मतगणना नसकिँदै विजयी भनेर दाबी गर्नुले प्रतस्तु भिडियोलाई भ्रामक बनाएको निष्कर्ष न्युजचेकरले निकाल्यो ।

नतिजा : असत्य\भ्रामक

हाम्रा स्रोतहरू :

Election Commission Nepal

Metro News

Ekantipur

Onlinekhabar

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version