HomeFact CheckFact Check: अरुण चौधरीकै कारण प्रचण्ड-ओलीबीच भेट भएको हो? पढ्नुहोस् वास्तविकता

Fact Check: अरुण चौधरीकै कारण प्रचण्ड-ओलीबीच भेट भएको हो? पढ्नुहोस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबी ।
तथ्य: अरुण चौधरी पक्राउ परेकै कारण सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेटवार्ता भएको भन्ने दाबीलाई कुनैपनि तथ्य-प्रमाणले पुष्टि गरेनन् । 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबी गरिएको छ । 

Yagya Stha55-Official नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘अरुण चौधरी पक्राउ पछि ओली पुगे सिंहदरबार, प्रचण्डसँग वान टु वान वार्ता ।’

तीन दिनअघि पोस्ट गरिएको भिडियो सामग्रीमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । उक्त दाबीसहितको पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको उल्लेखित तथ्यांकले प्रष्ट पार्दछ ।

के अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेका हुन्? अरुण चौधरी पक्राउ परेको र केपी शर्मा ओली सिंहदरबार पुगेको सन्दर्भलाई हामीले जाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

व्यावसायिक परिवारका सदस्य अरुण चौधरीलाई १८ माघ २०८० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेको आरोप अरुण चौधरीमाथि लागेको छ । 

सोही सन्दर्भमा अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबीसहितको सामाग्री सामाजिक संजालमा फैलिरहेको छ । 

१९ माघमा केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।  तर, अरुण चौधरीकै कारण केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको कुनैपनि तथ्य जानकारीले पुष्टि गर्न सकेन । 

अर्कोतर्फ प्रधानमन्त्रीसँग छलफल सकेर बाहिरिने क्रममा केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको बताएका थिए । अन्नपूर्ण पोस्ट्‍मा प्रकाशित समाचार अनुसार उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीसँग टीआरसी विद्येयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

जाँचकै क्रममा ‍Sagarmatha Television मा पोस्ट गरिएको एउटा भिडियो रिपोर्ट फेला परेको छ । २ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै देखिन्छ । 

प्रस्तुत रिपोर्टमा केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको जानकारी दिइएको छ । साथै भेटवार्ताका क्रममा दुबैबीच टीआरसी विद्येयकका सम्बन्धमा छलफल भएको बताइएको छ ।

फेला परेका तथ्य-जानकारीबाट के प्रमाणित हुन्छ भने अरुण चौधरी पक्राउ पर्नु र सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट हुनु दुबै फरक-फरक सन्दर्भका घटना हुन् । अरुण चौधरी पक्राउ परेकै कारण सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेटवार्ता भएको भन्ने दाबी कुनैपनि तथ्य-प्रमाणबाट पुष्टि हुन सकेन । 

निष्कर्ष

अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरिएको दाबी भ्रामक छ । रुण चौधरी पक्राउ पर्नु र सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट हुनु दुबै फरक-फरक सन्दर्भका घटना हुन् । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, Sagarmatha Television
समाचार, Annapurnapost
समाचार, himalkhabar

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version