Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपाल क्रिकेट संघ (क्यान)ले सन्दिप लामिछानेमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको ।
तथ्य: क्रिकेट संघ (क्यान)ले सन्दिपलाई कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि नगराएको सन्दर्भमा दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछालेसँग सम्बन्धित पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा नेपाल क्रिकेट संघ (क्यान)ले सन्दिप लामिछानेमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दाबी गरिएको छ ।
Gaurav_‼️ नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सन्दिप लामिछानेका केही तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछाने नेपाल क्रिकेट संघ (क्यान)ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।’
बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दिप लामिछालेमाथि लगाइएको प्रतिबन्ध क्यानले फुकुवा गरेको हो त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
काडमाडौँ जिल्ला अदालतले २०८० पुसमा सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दिपलाई गौशाला २६ पीडितको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद सजायको फैसला गरेको हो ।
सन्दिप लामिछाले दोषी ठहर भएपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले पुन: निलम्बन गरेको थियो ।
अर्कोतर्फ भर्खरै नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने १५ खेलाडी घोषणा गरेको छ । उक्त सूचीमा चर्चित स्पिनर सन्दीप लामिछाने सन्दीपको नाम समावेश छैन ।
नेपाल क्रिकेट संघ (क्यान) अहिलेसम्म आधिकारिक रुपमा सन्दिप लामिछानेले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने/नपाउनेबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि उक्त फैसलामाथि सन्दीपले पुनरावेदन गरेका छन् । उक्त मुद्दा उच्च अदालतमा विचाराधीन छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दिप लामिछानेमाथि लगाएको प्रतिबन्ध फुकुवा भएकोबारे दाबी प्रमाणित भएन । क्रिकेट संघ (क्यान)ले सन्दिपलाई कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि नगराएको सन्दर्भमा उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
समाचार, ratopati.com
समाचार, nayapatrikadaily.com
समाचार, annapurnapost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 3, 2024
Aakash Chhetri
March 7, 2024
Aakash Chhetri
November 10, 2022