Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: क्रिकेटर सन्दीप लामिछाने अमेरिका गएका छन् (भिडियोसहित)
तथ्य: काठमाडौँस्थित अमेरिकी दूतावासले उनको भिसा आवेदन अस्वीकार गरेको सन्दर्भमा पूरानो र फरक सन्दर्भको भिडियोसहित भ्रामक दाबी गरिएको पाइयो ।
क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा सन्दीप अमेरिका गएको दाबी गरिएको छ ।
Mr.Subedi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सन्दीप लामिछानेलाई विमानस्थलमा देख्न सकिन्छ । उक्त भिडियोमा केही मानिसहरुले सन्दीपलाई स्वागत गरिरहेका छन् । साथै भिडियोको थमलेनमा लेखिएको छ- ‘ल है साथीहरु सन्दीप अमेरिका गए है, अब नेपाली फ्यान्सले चिन्ता नगर्नु ।’
तीन दिनअघि पोस्ट गरिएको भिडियोमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यस तथ्यबाट के प्रष्ट हन्छ भने प्रस्तुत दाबीसहितको सामग्री टिकटकमा द्रुत गतिमा फैलिरहेको छ । के सन्दीप लामिछाने अमेरिका गएका हुन् त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
पाटन उच्च अदालतले बलात्कारको मुद्दामा सफाइ दिएपछि क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । यही क्रममा सन्दीप आइसीसी टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारी गरेका थिए । तर, उनलाई अमेरिकाले भिसा दिएन ।
सन्दीप लामिछानेले २०८१ जेठ ९ र जेठ १७ गते काठमाडौँस्थित अमेरिकी दूतावास पुगेका पुगेर भिसाका लागि अन्तर्वार्ता दिएका थिए । तर, अमेरिकी दुतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । यही क्रममा सन्दीप लामिछाने अमेरिका पुगेको दाबीसहित भिडियो सामग्री सामाजिक संजालमा फैलाइएको छ ।
जाँचका क्रममा हामीले युट्युबमा ‘Sandeep Lamichhane’ ‘kathmandu Airport’ लगायतका वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Gorakhbhumi नामक युट्युब च्यानलमा पोस्ट गरिएको पूरानो भिडियो फेला पर्यो । पाँच वर्षअघि अर्थात् १२ मे २०१९ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘IPL Khelera Nepal Pharkeka Sandeep Lamichhane le ke vane Airport ma aaepuge paxi’
पाँच वर्षअघि सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर नेपाल फर्किएका थिए । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न समर्थक, खेल क्षेत्रका आधिकारी एवं परिवारका व्यक्तिहरु पुगेका थिए । यही सन्दर्भमा खिचिएको भिडियो एउटा अंशलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो ।
क्रिकेटर सन्दीप लामिछाने अमेरिका गएका छैनन् । काठमाडौँस्थित अमेरिकी दूतावासले उनको भिसा आवेदन अस्वीकार गरेको सन्दर्भमा पूरानो र फरक सन्दर्भको भिडियोसहित भ्रामक दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो, Gorakhbhumi
समाचार, setopati.com
समाचार, bbc.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 3, 2024
Aakash Chhetri
March 7, 2024
Aakash Chhetri
November 10, 2022