Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा स्वास्थ्य सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेकाे छ । क्यान्सर भइसकेको अवस्थामा मन्त्रको जप गर्दा क्यान्सर बढ्नबाट रोक्ने दाबी उक्त सामग्रीमा गरिएको छ ।
डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा ध्यान संगीत सुन्न सकिन्छ । उक्त सामग्रीमा एउटा थमनेलसमेत देखिन्छ । थमनेलमा लेखिएको छ– ‘‘ओम नम: शिवाय शंभवे कर्केशाय नमो नम:’ क्यान्सर भइसकेको अवस्थामा यो मन्त्र पढ्नाले क्यान्सर बढ्नबाट रोक्छ । औषधी सेवन कालमा नियमित यो मन्त्र जप्ने गर्नुहोस् ।’
दाबीसहितको प्रस्तुत सामग्रीमा क्यान्सर भइसकेको अवस्थामा ‘ओम नम: शिवाय शंभवे कर्केशाय नमो नम:’ मन्त्रको जप गर्दा क्यान्सर बढ्नबाट रोक्ने दाबी गरिएको छ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।
मन्त्रको जप वा ध्यानले क्यान्सर एवं अन्य कुनै पनि रोगलाई निको पार्नसक्ने कुनै प्रमाण भेटिँदैन ।
क्यान्सर भएका व्यक्तिहरूले सहज महसुस गर्न ध्यान गर्ने गरेको Cancerresearchuk.org वेबसाइटले जानकारी दिएकाे छ । वेबसाइटका अनुसार ध्यानले चिन्ता र तनाव कम गर्न सक्छ । साथै नियमित ध्यान गर्नाले दुखाइ, सुत्न कठिनाई, थकान, बिरामी महसुस र उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ ।
क्यान्सर अनियन्त्रित कोशिकाको बृद्धिको कारणले हुने रोग हो, जसले शरीरको प्रभावित अंगलाई बिगार्छ र त्यो बिगार अन्य क्षेत्रमा समेत फैलिन्छ ।
ध्यान तनाव कम गर्ने एउटा सरल तरिका हो । यदि तनावका कारण मानिस चिन्तित छ भने ध्यान गर्नु उपयुक्त हुन्छ । ध्यानमा केही मिनेट खर्च गर्दा पनि मानिसलाई आन्तरिकरुपमा शान्त तुल्याउँछ ।
तनाव पनि अप्रत्यक्ष रूपमा क्यान्सरसँग सम्बन्धित रहेको Cancer.gov वेबसाइटमा उल्लेख गरिएको छ । उदाहरणका लागि दीर्घकालीन तनावमा रहेका व्यक्तिहरूले केही अस्वास्थ्यकर व्यवहारहरू विकास गर्ने गर्दछन्, जस्तै धुम्रपान, धेरै खाने, कम सक्रिय हुने वा रक्सी पिउने । यी व्यवहारहरू आफैंमा क्यान्सरहरूको बढ्दो जोखिमसँग सम्बन्धित छन् ।
मन्त्रको जप वा ध्यानले क्यान्सरलाई रोकेको कुनै प्रमाण भेटिँदैन ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025