Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: भिडियोमा नदीमा पानीको बहाव बढेको दृश्य देख्न सकिन्छ र ‘भेटियो बगाएको बच्चा’, ‘बच्चा बितिसक्यो’ भन्दै महिला चिच्याइरहेको अडियो जोडिएको छ ।
तथ्य: भिडियोमा जोडिएको अडियो हालसालैको घटनासँग सम्बन्धित नभई कम्तीमा २०२० देखि प्रयोग हुँदै आएको पुरानो अडियो हो, जसलाई यसअघि पनि फरक सन्दर्भमा प्रयोग गरेर भ्रामक सामग्री फैलाइएको थियो ।
‘भेटियो बगाएको बच्चा’, ‘बच्चा बितिसक्यो’ भन्दै महिला चिच्याइरहेको अडियो हालसालै सामाजिक संजालम पोस्ट गरिएको छ । प्रस्तुत सामग्रीमा ‘सुर्खेतमा बच्चालाई बगाएको दृश्य’समेत लेखिएको छ ।

Rajthapa7861 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नदीमा पानीको बहाव बढेको दृश्य देख्न सकिन्छ । उक्त दृश्यमा जोडिएको अडियोमा महिलाको चिच्याहटपूर्ण आवाज सुन्न सकिन्छ । अडियोमा यस्तो सुनिन्छ–
‘भेटियो बगाएको बच्चा, यत्रो बच्चालाई बगाएछ…बच्चालाई बगायो…बच्चालाई बगायो…सुर्खेतमा बच्चालाई बगाएर बच्चा बितिसक्यो, मरिसक्यो’ ।
१५ जुलाई २०२६ मा पोस्ट गरिएको सामग्रीमा १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा पाँच सयभन्दा बढी सेयर भइसकेको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।

त्यसैगरी सोही अडियो सामग्री Ganga Kandel नामक फेसबुक आइडीमा पनि पोस्ट गरिएको पाइयो । १४ जुलाई २०२६ मा पोस्ट गरिएको सामग्रीको थमनेलमा लेखिएको छ- ‘सुर्खेतमा बच्चालाई बगाएको दृश्य’
Ritusaud12, Gopalbcd र ganesh964378 नामक इन्स्टाग्राम आइडीमा पनि प्रस्तुत अडियोसहितको सामग्री पोस्ट गरिएको छ ।

के बगाएको बच्चा भेटियो, बच्चा मरिसक्यो भन्दै महिला चिच्याइरहेको अडियो हालसालैको घटना हो? अडियोको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले, अडियोको वास्तविकता खोज्यौँ । यही क्रममा न्युजचेकर नेपालमा प्रकाशित पुरानो तथ्यजाँच रिपोर्ट फेला पर्यो । ८ अगस्ट २०२२ मा प्रकाशित रिपोर्टमा बाढीको प्रकोपसँग सम्बन्धित पुराना दृश्यमा फरक सन्दर्भका अडियोहरु जोडेर भ्रामक जानकारी फैलाइएको उल्लेख छ ।
२०२२ मा भ्रामक तरिकाले पोस्ट गरिएको अडियो (भेटियो बगाएको बच्चा.., बच्चा बितिसक्यो..भन्दै महिला चिच्याएको) लाई नै पछिल्लो समय फरक सन्दर्भमा पोस्ट गरिएको देखिन्छ । Hima_paudel नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रस्तुत अडियो सुन्न सकिन्छ ।

२२ जुन २०२० मा पोस्ट भएको भिडियोमा केही मानिसहरुले बच्चालाई समाएर दौडिरहेको दृश्य देख्न सकिन्छ । उक्त अडियोसहितको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘Aaja ko pani la surkhet ma aauta sano 2 barsa ko baccha lai bhagayo rw bheteyerw hospital layirako xan #surkhet’
अडियोमा एक महिलाले ‘भेटियो बगाएको बच्चा, यत्रो बच्चालाई बगाएछ…बच्चालाई बगायो…बच्चालाई बगायो…सुर्खेतमा बच्चालाई बगाएर बच्चा बितिसक्यो, मरिसक्यो’ भनिरहेकी छन् ।
२०२० देखि २०२६ जुनसम्म सोही पुरानो अडियोबाट १ हजार ३० वटा भिडियो पुनर्उत्पादन गरिएको छ । उक्त अडियोमा बाढी र डुबानसँग सम्बन्धित दृश्यहरु जोडेर टिकटकमा पोस्ट गरिएको देखिन्छ ।

सोही पुरानो अडियोलाई वर्तमान समयमा ‘सुर्खेतमा बच्चालाई बगाएको दृश्य’ लेखिएको अज्ञात भिडियोसँग जोडेर पोस्ट गरिएको देखिन्छ । यद्यपी, अडियोमा जोडिएको भिडियोमा कुनै अस्वभाविक दृश्य देखिएको छैन । नदीमा पानीको बहाव बढेको सामान्य दृश्य देख्न सकिन्छ ।
यद्यपी, सुर्खेत जिल्लामा बच्चाहरु पानीमा डुबेर मृत्यु भएका घटनाहरु बेलाबेला सामाचारमा आइरहेका छन् । पछिल्लो पटक ७ असार २०८३ मा वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी दुईजना बालिकाको डुबेर मृत्यु भएको थियो । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीलाई उदृत गरिएको समाचारमा उल्लेख छ ।
तर, हलसालैको प्रस्तुत घटना ‘भेटियो बगाएको बच्चा’, ‘बच्चा बितिसक्यो’ भन्दै महिला चिच्याइरहेको अडियोसँग सम्बन्धित छैन ।

विगतमा पनि भ्रामक तरिकाले फैलिसकेको अडियो यसबेला पनि सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । पुरानो अडियोलाई हालसालैको घटना जसरी सामाजिक संजालमा पोस्ट गर्नु अतिरंजित छ ।
‘सुर्खेतमा बच्चालाई बगाएको दृश्य’ भन्दै पोस्ट गरिएको सामग्री भ्रामक छन् । भिडियोमा जोडिएको अडियो हालसालैको घटनासँग सम्बन्धित नभई कम्तीमा २०२० देखि प्रयोग हुँदै आएको पुरानो अडियो हो, जसलाई यसअघि पनि फरक सन्दर्भमा प्रयोग गरेर भ्रामक सामग्री फैलाइएको थियो । हालको भिडियोमा भने नदीमा पानीको बहाव बढेको सामान्य दृश्य मात्र देखिन्छ र अडियोसँग मेल खाने कुनै प्रमाण भेटिँदैन । त्यसैले पुरानो अडियोलाई नयाँ नयाँ सन्दर्भमा पोस्ट गरिएको यो सामग्री अतिरंजित छ ।
समाचार, kathmandupost.com
समाचार, onlinekhabar.com
टिकटक भिडियो, Hima_paudel
तथ्यजाँच रिपोर्ट, nepal.newschecker.co
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
Aakash Chhetri
August 14, 2023

Aakash Chhetri
July 17, 2023

Aakash Chhetri
June 29, 2022