Wednesday, May 14, 2025

Fact Check

टिकटक केशस्टडी : मनसुनी वर्षा सुरु भएसँगै भ्रामक तस्बिरको बाढी

Written By Aakash Chhetri
Jun 29, 2022
banner_image

Claim

image

Fact

image

मनसुन सुरु भएसँगै नेपालका विभिन्न क्षेत्रहरूमा वर्षा भइरहेको छ । वर्षाका कारण मानिसहरू बाढी, पहिलो, डुबान जस्ता प्राकृतिक प्रकोपको सामना गरिरहनुपरेको छ । यही क्रममा सामाजिक संजालमा बाढी-पहिरो र डुबालका भिडियोहरू पोस्ट हुने क्रमसमेत बढेको देखिन्छ । 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा sagar नामक आइडीमा एउटा जानकारीमूलक सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा आजावमार्फत् बुटवलको तिनाउ खोलामा ठूलो बाढी आएको जानकारी दिइएको छ । उक्त सामग्रीमा जोडिएको अडियोमा भनिएको छ,‘आज बुटवलको तिनाउ खोलाले सतह पार गरिसकेकाे ५ हेर्नुस्, मान्छेहरू धेरै आउनुभएको छ टाडाटाडाबाट हेर्नको लागि पनि । पूरै घरहरू, पारी सुकुम्बासी बस्तीहरू ढुबानमा परिसकेका छ ।’  

बुटवलको तिनाउ खोलामा आएको बाढीले सुकुम्बासी बस्ती डुबाएको दाबी गर्ने प्रस्तुत भिडियो पोस्ट भएको २४ घण्टा पनि भएको छैन । पोस्ट भएको यति छोटो समयमा उक्त सामग्रीमा १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त भिडियो सेयर गर्न प्रयोगकर्ताको संख्या १ सयभन्दा बढी रहेको छ ।

मनसुनी वर्षा सुरु भएसँगै तयार पारिएको प्रस्तुत सामग्री भ्रामक रहेको तथ्य न्युजकेचरकले तथ्यजाँचबाट प्रष्ट भएको छ । जाँचका क्रममा सामग्रीमा प्रयोग गरिएको अडियो र तस्बिरहरू फरक सन्दर्भको रहेको पाइयो ।  

तथ्यजाँच/प्रमाणीकरण

दाबी सहितको सामग्री फेला पारेसँगै हामीले सबैभन्दा पहिले त्यहाँ जोडिएका तस्बिरहरूबारे जाँच गर्ने जमर्को गर्‍यौँ । भिडियोमा जोडिएको एउटा परिवारको तस्बिरमा हाम्रो आँखा गयो । उक्त तस्बिरमा एउटी महिलाले पानी माथि तैरिरहेको बस्तुमा खाना पकाइरहेको देखिन्छ । उक्त तस्बिरलाई हामीले गुगल रिवर्स इमेज सर्च गरिहेर्‍यौँ । फरस्वरुप उक्त तस्बिरको वास्तविकता हामीले थाहा पायौँ ।  

प्रस्तुत तस्बिर नेपालमा मात्रै होइन, केही समयअघि भारतमासमेत भाइरल भएको रहेछ । २९ जुलाई २०२१ मा altnews ले प्रकाशित गरेको तथ्यजाँच रिपोर्ट अनुसार उक्त तस्बिर बंगलादेशको हो र उक्त तस्बिरलाई एक वर्षअघि भारतको दाबीसहित सामाजिक संजालमा फैलाइएको थियो । अहिले पनि यसलाई नेपालको तस्बिर भन्दै नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ फैलाउन खोजिएको छ । 

त्यस्तै टिकटक सामग्रीमा राखिएको अर्को तस्बिरमा सडक खोलामा परिणत भएको र मानिसहरूले त्यसलाई पार गर्न कोशिस गरिरहेको दृश्य देखिन्छ । उक्त तस्बिरको वास्तविकता पत्ता लगाउन पनि हामीले गुगल रिवर्स इमेज सर्च गरिहेर्‍यौँ । केही समयको प्रयासपछि उक्त तस्बिर नेपालको नभई भारतको रहेको पाइयो ।

indianexpress ले २५ अगस्ट २०१६ मा प्रकाशित गरेको समाचार अनुसार प्रस्तुत तस्बिर भारतस्थित पश्चिम बंगालको बर्दवान जिल्लामा आएको बाढीको हो । यही तस्बिरलाई अहिले नेपालस्थित बुटवलको तिनाउ खोलामा आएको बाढीसँग जोडिएको छ । 

दाबी सहितको सामाग्रीमा प्रयोग गरिएको तेस्रो तस्बिरमा पूरै बजार नै डुवानमा परेको देखिन्छ । तस्बिरबारे विभिन्न तरिकाले खोजिनिति गर्दा उक्त तस्बिर सिन्धुपाल्चोक जिल्लास्थित मेलन्ची नदिमा आएको बाढीको रहेको पाइयो । wionews ले १७ जुन २०२१ मा प्रकाशित गरेको समाचारमा पूरा विवरण सहित उक्त तस्बिर पोस्ट गरिएको छ ।  

अन्तिममा हामीले प्रस्तुत दाबीसहितको सामग्रीमा प्रयोग गरिएको अडियोको मूल स्रोत जान्न चाह्यौँ । त्यसपछि उक्त अडियो पनि यस वर्षको नरहेको तथ्य खुल्यो । Sita Chiranjibi Poud नामक टिकटक आइडीमा आजभन्दा ठिक एक वर्षअघि अर्थात् १५ जुन २०२१ मा पोस्ट गरिएको थियो । यसबाट के प्रष्ट हुन्छ भने उक्त सामग्रीमा प्रयोग गरिएको अडियोसमेत भ्रामक छ । यी उक्त टिकटक सामग्री नै भ्रामक रहेको पुष्ट हुन्छ ।  

निष्कर्ष :

प्रस्तुत टिकटक भिडियोमा प्रयोग गरिएका तस्बिरहरू कोही विदेशका हुन् भने कोही स्वदेशका हुन् । तर, ती तस्बिरहरू यो वर्ष खिचिएको भने होइन । तस्बिर मात्रै होइन, टिकटक भिडियोमा प्रयोग गरिएको अडियोसमेत एक वर्ष पुरानो रहेको पाइयो । यसअर्थ प्रस्तुत टिकटक भिडियो भ्रामक छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

indianexpress

altnews

wionews


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage