Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: सतर्क रहन अपीलसँगै ‘बाढीले घर नै बगाएको’ जानकारी दिइएको छ ।
तथ्य: भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई नेपालसँग जोडिएको पाइयो ।
सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावा-हुरी, वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ ।
सबैलाई सतर्क रहन अपील गरिएको भिडियोमा बाढी आएको र घर भत्किएको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा दिइएको जानकारी र त्यससँगै देखिएको भिडियो नेपालकै घटना जसरी प्रस्तुत गरिएको छ ।
Bhimsen_rana_magar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा थमलेन जानकारी पनि देख्न सकिन्छ । उक्त थमनेलमा लेखिएको छ- ‘घर नै बगायो बाढीले ।’ केही घण्टाअघि मात्रै पोस्ट गरिएको उक्त भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।
त्यस्तै Mr.Hem नामक टिकटक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । बाढीले घर भत्काएको भयानक दृश्यसँगै जोडिएको अडियोमा भनिएको छ- ‘मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावा-हुरी, वर्षा र हिमपातको सम्भावना । सबैलाई सतर्क रहन अपील ।’
चार दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियो सामग्रीमा साढे १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । साढे दुई सयभन्दा बढी सेयर भइसकेको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने सम्भावना रहेको छ । नेपाली भाषाको जानकारीसँगै सामाजिक संजालमा फैलिएको उक्त भिडियोको हामीले वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण नेपालका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । मौसम बिक्रिएको र वर्षा भइरहेका कारण राजधानी लगायत नेपालका विभिन्न स्थानहरुमा डुबान भइरहेको छ र केही राजमार्गहरू पनि अवरुद्ध भएका छन् ।
यही सन्दर्भमा सामाजिक संजालमा बाढीले घर भत्काएको भयानक दृश्यसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा बाढीले घर नै बगाएको जानकारी दिइएको छ । यही दाबीका आधारमा हामीले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि सबैभन्दा पहिले विभिन्न कोणबाट भिडियो स्क्रिनसट लियौँ र गुगल लेन्समा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक महिनाअघि आएको बाढीबारे जानकारी पाइयो । जुलाई (२०२३) को दोस्रो हप्ता सेँज नदीमा आएको बाढीले कुल्लु जिल्लाको सेन्ज क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । उक्त बाढीले ४० दोकान र ३० घर डुबानमा पारेको रिपोर्ट संचार माध्यमले तयार पारेका छन् ।
जाँचका क्रममा माथि उल्लेखित दाबीसहितको भिडियोसँग मिल्दाजुल्दा केही दृश्यहरू फेला परेका थिए । यही आधारमा हामीले ‘Sainj Market’ ‘House Collapsed’ लगायतका किवर्डहरु गुगलमा सर्च गर्यौँ । यसपछिका विभिन्न सर्चको नतिजास्वरुप Amar Ujala Himachal Pradesh नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियो फेला पर्यो । एक महिनाअघि पोस्ट गरिएको उक्त भिडियोको शीर्षक हिन्दी भाषामा लेखिएको छ- ‘सैंज में तबाही का वीडियो आया सामने, देखते ही देखते नदी में समा गया भवन’ ।
फेला परेको भिडियोबाट के पुष्टि हुन्छ भने माथि उल्लेखित घर भत्किरहेको दृश्य नेपालको होइन । एक महिनाअघि भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई अनावश्यकरुपमा नेपालसँग जोडिएको पाइयो । नेपाली भाषामा जानकारीसँगै उल्लेखित भिडियोलाई जोडिएका कारण त्यसले भ्रामक सन्देश समेत दिएको देखिन्छ ।
जाँचका क्रममा हामीले थप स्रोत जुटाउनतिर लाग्यौँ । यसका लागि हामीले ‘Sainj Market’ ‘House Collapsed’ लगायतका किवर्डलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप THE NEWZ RADAR नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
एक महिनाअघि पोस्ट गरिएको भिडियोको शीर्षक ‘The shocking video ! Devastating floods and landslides in Sainj, Kullu (Himachal Pradesh)’ लेखिएको छ । यस शीर्षकले फेला परेको माथिल्लो भिडियोको जानकारीलाई पुष्टि गर्दछ ।
वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य प्रकृतिक प्रकोप देखिएका बेला सतर्क रहन अपील गर्दै सामाजिक संजालमा फैलाइएको भिडियो नेपालसँग सम्बन्धित छैन । भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई नेपालसँग जोडिएको पाइयो ।
Tribuneindia
Amar Ujala Himachal Pradesh
THE NEWZ RADAR
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
August 23, 2023
Aakash Chhetri
July 17, 2023
Aakash Chhetri
July 3, 2023