Sunday, May 11, 2025

Fact Check

Fact Check: बाढी-पहिरोको दाबीसहित सामाजिक संजालमा फैलाइयो महाभूकम्पका दृश्य

banner_image

Claim

image

Fact

image

दाबी: अविरल वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य समस्या निम्तिएको (भिडियोसहित) दाबी । 
तथ्य: नेपालमा बाढी-पहिरोजन्य विपद् निम्तिएको दाबीसहित सामाजिक संजालमा फैलाइएका दृश्यहरू २०७२ को महाभूकम्पसँग सम्बन्धित छन् । 

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा विपद्का केही दृश्यहरु जोडिएको छ र अविरल वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य समस्या निम्तिएको दाबी गरिएको छ ।

Syed Sherali Sherry नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानिसहरु रोइरहेको, कराइरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोलाई हेर्दा नेपालमा ठूलो विपद् निम्तिएको देखिन्छ ।

भिडियोको थमनेलमा नेपालमा बाढी-पहिरोजन्य समस्या निम्तिएको दाबी गरिएको छ । साथै त्यहाँ अंग्रेजी भाषामा नेपालमा के भएको हो भन्ने जिज्ञासासमेत राखिएको छ । थमनेलमा लेखिएको छ- ‘Nepal: Incessant rainfall triggers landslides, floods. What happen in Nepal?’ 

नेपालमा वर्षा भइरहेको समयमा प्रस्तुत दाबीसहितको सामग्रीले आम सामाजिक संजाल प्रयोगकर्तालाई आतंकित बनाउने देखिन्छ । यही कारण हामीले दाबीसहितको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा २०८० सालको मनसुन जेठको अन्तिम साता भित्रिएको थियो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन कायमै छ । पछिल्लो समय देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । यही कारण नेपालका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षा भइरहेको सन्दर्भमा माथि उल्लेखित भिडियोमा बाढी-पहिरोजन्य ठूलै समस्या निम्तिएको दाबी गरिएको छ । उक्त भिडियो  बाढी-पहिरोजन्य विपद्को दृश्य हो कि होइन भन्ने विषयमा केन्द्रीत रहेर हामीले यो तथ्यजाँच गरेका छौँ । जाँचका क्रममा सबैभन्दा पहिले हामीले भिडियोको मूल सन्दर्भ पत्ता लगाउने कोशिस गर्‍यौँ । 

दाबीसहितको भिडियोलाई सरसर्ती हेर्दा उक्त दृश्य बाढी-पहिरोको नभई भूकम्पको जस्तो देखिन्छ । यही कारण हामीले ‘Earthquake in Nepal’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Travel Gecko Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

फेला भिडियोलाई २५ अप्रिल २०२० मा युट्युबमा पोस्ट गरिएको देखिन्छ । तर, यो भिडियो २०१५ मा महाभूकम्प गइरहेका बेला काठमाडौँको स्वयम्भूनाथ मन्दिरबाट खिचिएको जानकारी दिइएको छ । यही भिडियोको एउटा अंशलाई माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि उल्लेखित भिडियो  बाढी-पहिरोजन्य विपद्को होइन । उक्त भिडियो २०७२ वैशाख १२ गते शनिबार गोरखाको बार्पाकमा केन्द्रविन्दु बनाई महाभूकम्प जाँदा काठमाडौँमा खिचिएको छ । यही भिडियोलाई आठ वर्षपछि भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

अर्कोतर्फ दाबीसहितको भिडियोमा अन्य दृश्यहरुसमेत जोडिएको देखिन्छ । ती दृश्यलाई पनि बाढी-पहिरोजन्य विपद्को दृश्यका रुपमा परिचित गरिएको छ । उक्त भिडियोमा नेपाल-चीनको सीमा क्षेत्र देख्न देख्न सकिन्छ । यस भिडियोको मूल सन्दर्भ पत्ता लगाउन हामीले ‘Earthquake in Nepal’ किवर्डलाई युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप BBC News मा पोस्ट गरिएको मूल भिडियो फेला पर्‍यो । आठ वर्षअघि अर्थात् २८ अप्रिल २०१५ मा पोस्ट गरिएको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियो उस्तै देखिएको छ ।  

फेला परेको पछिल्लो भिडियो पनि २०७२ को महाभूकम्पकै दृश्य हो । यसलाई बाढी-पहिरोजन्य विपद्को दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । अर्कोतर्फ भिडियोको थमनेलमा एउटा समाचार शीर्षकको स्क्रिनसट राखिएको छ । उक्त स्क्रिनसटमा लेखिएको छ- ‘Nepal: Incessant rainfall triggers landslides, floods’ । यही वाक्यांशलाई युट्युबमा सर्च गर्दा WION नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

दुई हप्ताअघि अर्थात् ९ अगस्ट २०२३ मा पोस्ट गरिएको भिडियो काठमाडौँमा आएको बाढीसँग सम्बन्धित छ । तर, यो थमनेललाई तोडमोड गरी फरक सन्दर्भका भिडियोमा जोडिएको देखिन्छ । यसबाट के पुष्टि हुन्छ भने २०७२ को महाभूकम्पका दृश्य र अन्य दृश्यहरूलाई भ्रामक तवरले सामाजिक संजालमा फैलाइएको छ । 

निष्कर्ष

काठमाडौँस्थित बागमती, विष्णुमती, टुकुचाको ढल सफा गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो नेपालको होइन । १० वर्ष अगाडि संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोर शहरमा खिचिएको भिडियोलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक 

नेपालमा बाढी-पहिरोजन्य विपद् निम्तिएको दाबीसहित सामाजिक संजालमा फैलाइएका दृश्यहरू २०७२ को महाभूकम्पसँग सम्बन्धित छन् । फरक सन्दर्भको थमनेललाई तोडमोड गरी फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।  

हाम्रा स्रोतहरू

WION
mfd.gov.np
BBC News
Travel Gecko Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage