Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: लट्टेको साग र जराको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ ।
तथ्य: लट्टेको सागको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्नु कुनै बलियो वैज्ञानिक प्रमाण फेला परेन ।
मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा लट्टेको सागको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ भन्ने दाबी गरिएको छ ।
Yogisomrajgobrati नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्ति देखिएका छन् । भिडियोमा ती व्यक्तिले लट्टेको साग र जराको सेवनले तीन मिनेटभित्र पिसाब रोकिएको समस्या निको हुने दाबी गरेका छन् ।
भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘कहिले काँही के हुन्छ भने पिसाब रोकिन्छ । जब बच्चाको होस् वा युवाको होस् वा वृद्धाको होस्, हामीलाई पिसाब रोकिइसकेपछि यकदमै तनाव हुन्छ, के गर्ने कसो गर्ने भनेर । कहिलेकाहीँ औषधीले पनि काम गर्दैन, त्यस्तो अवस्थामा पनि नआत्तिनुहोस् । हाम्रो घरको वरिपरि एउटा लट्टे नामले चिन्छौं तर काँडावाला, यसमा हेर्नुहोस् काँडा छ, कोप्छ यसलाई विभिन्न नामले चिन्छौँ । यसलाई लट्टको साग, मार्सेको माग के-के भन्छौँ आ-आफ्नो ठाँउ अनुसार तर यो चाँही काँडावाला हो । यसको जरा उख्लनुहोस् सानो बच्चा छ भने २ ग्राम जति अल्लि ठूलो मान्छे छ भने ३ ग्राम ४ ग्राम उसको उमेर अवस्था अनुसार खुवाइदिनुहोस्, खाको ३ मिनेटभित्र पिसाब खुल्छ । अब गाईलाई, बाख्रालाई पिसाब रोकियो भने यसको जरा अलिबढी पिसेर खुवाइदिनुभयो भने यसले पिसाब खोलिदिन्छ ।’
प्रस्तुत दाबीसहितको भिडियो संवेदनशील मानव स्वास्थ्यसँग सम्बन्धित छ । सोही कारण उक्त महत्वपूर्ण दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।
लट्टेको सागमा पाइने पौष्टिकतत्व र यसमा रहेका भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट सामग्री तथा अन्य गुणहरूका कारण यसबाट केही स्वास्थ्य लाभ हुन सक्छन् । तर, लट्टेको सागको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्नु कुनै बलियो वैज्ञानिक प्रमाण फेला परेन ।
पिसाब रोकिने समस्या, जुन मूत्राशयलाई खाली गर्न सकिएको अवस्था हो । यो समस्याले पुरुष र महिला दुवैलाई असर गर्न सक्छ । पिसाब रोकिने समस्या अक्सर पीडादायी हुन्छ र यसको उपचारका लागि चिकित्सा सहायता अवश्यक पर्दछ ।
पिसाब रोकिने समस्या निम्तिनुमा विभिन्न कारणहरू रहेका हुन्छन्, जसमा मूत्रनलीमा अवरोध (मूत्राशयबाट पिसाब बाहिर निकाल्ने नली), मूत्राशयका मांसपेशीहरू कमजोर हुनु, स्नायु समस्याहरू, औषधिहरू वा पुरुषहरूमा बढेको प्रोस्टेट जस्ता चिकित्सा अवस्थाहरू छन् ।
पिसाब रोकिने समस्याको उपचार अन्तर्निहित कारणमा निर्भर हुने गर्दछ । औषधिहरू, मूत्राशय नाली गर्न क्याथेटराइजेशन वा अवरोध हटाउन वा मूत्राशयको कार्य सुधार गर्न शल्यक्रिया लगायतका विधिबाट यसको उपचार गर्न सकिन्छ ।
लट्टेको साग जस्ता तरकारीहरूमा पाइने पोषक तत्वहरूले समग्र स्वास्थ्य कल्याणमा योगदान पुर्याउन सक्छन् तर पिसाब रोकिने समस्याको निदानका लागि स्वास्थ्य सेवा पेशेवरहरूद्वारा उपयुक्त चिकित्सा उपचार आवश्यक पर्दछ ।
लट्टेको सागको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्नु कुनै बलियो वैज्ञानिक प्रमाण फेला परेन । पिसाब रोकिने समस्याको निदानका लागि दक्ष स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न अनिवार्य छ ।
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025