Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा लहरै लहरा देखिने दृश्य जोडिएको छ । भिडियोमा देखिएको लहराको ना हो, आकाशबेली ।
प्रस्तुत भिडियोमा आकाशबेलीले मानिसमा हुने धेरै रोगहरूलाई सन्चो गराउन सक्ने दाबी गरिएको छ । यसको प्रयोगले जोर्नी दुखाइ निको हुने, यसको जुस पिउनाले पाइल्स निको हुने, बच्चाको पेटमा जुँगा भएमा त्यसको सेवनले ती जुँगा नष्ट हुने दाबी गरिएको छ । आकाशबेली नेपालमा पाइने एक किसिमको लहरा हो ।
आकाशबेलीले कुस्कुटा जीनसको प्रतिनिधित्व गर्छ । पात नहुँने यस्ता वनस्पतिका १४५ प्रजातिहरू छन्, जुन कन्भोल्भ्युलेसी परिवारसँग सम्बन्धित छन् । आकाशबेली एक परजीवी वनस्पति हो, जसले आफ्नो आहार तथा पोषण अन्य बिरुवाहरुबाट प्राप्त गर्दछ ।
माथि उल्लेखित सामग्रीमा भनिएका सबै विषयमा हामी केन्द्रीन नभइकन एउटा मात्रै विषयमा केन्द्रीत भएका छौँ । हामीले आकाशबेलीले पाइल्स निको पार्छ भन्ने दाबीमा केन्द्रीत भएर प्रस्तुत सामाग्री तयार पारेका छौँ ।
आकाशबेलीले पाइल्स निको पार्न सक्छ भन्ने वैज्ञानिक प्रमाण भेटिँदैन । यद्यपि, कुस्कुटा जीनसले पाइल्सको उपचार गर्नसक्ने केही अनुसन्धानले निष्कर्ष निकालेका छन् । कुस्कुटा जीनसका बिरुवाहरूमा फ्लेभोनोइड्स, एल्कालोइड्स, लिग्नान, सेपोनिन, फेनोलिक, ट्यानिन र फ्याटी एसिडहरू हुन्छन् ।
यिनिहरूले पाइल्सको गम्भीरतालाई केही हदसम्म कम गर्न सक्छन्। हल्का अवस्थामा रहेका पाइल्सका विरामीलाई घरेलु उपचारको रुपमा यसको प्रयोग गर्दा अनुपयुक्त हुँदैन । यसबाट विरामीले आफ्नो अवस्था सुधारिएको पाउन सक्छन् । यद्यपि, मानिसहरूले पाइल्सको उपचार गर्न यसमै मात्र भर पर्नु हुँदैन ।
आकाशबेली एक परजीवी बिरुवा भएकोले यसलाई कुनैपनि आधिकारिक र पेशेवर व्यक्तिको अनुमति बिना प्रयोग गर्नु हुँदैन । हामीले फेला पारेका प्रमाणहरूले आकाशबेलीमा एन्टीकोलिनर्जिक विषाक्त पदार्थसमेत रहेको हुन्छ । ती पदार्थले आन्द्रामा असन्तुलन, प्रलाप, भ्रम, बेचैनी लगायतका समस्याहरू निम्त्याउन सक्छ ।
आकाशबेलीले पाइल्स निको पार्न सक्छ भन्ने वैज्ञानिक प्रमाण भेटिँदैन । तर, कुस्कुटा जीनसले पाइल्सको उपचारमा केही मद्दत गर्न सक्छन् । यसको जथाभावी प्रयोगले विभिन्न शारीरिक समस्यासमेत निम्तिन सक्छ ।
The genus Cuscuta (Convolvolaceac)
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025