Monday, May 19, 2025

Fact Check

Fact Check: के डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेका हुन्? 

Written By Aakash Chhetri
Nov 8, 2024
banner_image

दाबी: अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेको दाबी ।
तथ्य: चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई नेपाली गीतसँग जोड्दै पोस्ट गरिएको छ । 

अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका हुन् । 

डोनाल्ड ट्रम्प विजयी भएकै सन्दर्भमा नेपाली गीतसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा विजयी भएपछि ट्रम्प नेपाली गीतमा नाचेको दाबी गरिएको छ ।

Rabi Kiran Regmi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा डोनाल्ड ट्रम्प नाचेको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोमा ‘म त ढलेँ ढलेँ’ गीतको अंश पनि जोडिएको छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘चुनाव जितेपछि नेपाली गीतमा नाँच्दै ट्रम्प’

६ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा २५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब पाँच सय प्रतिक्रिया आएको भिडियो २ हजारभन्दा बढी पटक सेयर भइसकेको छ । 

त्यसैगरी सोही दाबीसहितको सामग्री Iron curtain नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको देखिन्छ । ट्रम्प नाचेको भिडियोको थमनेलमा लेखिएको छ- ‘राष्ट्रपतिकोे चुनाव जितेपछि ट्रम्प नेपाली गीतमा मस्कीमस्की नाँच्दै ।’ प्रस्तुत दाबीसहितको सामग्री टिकटक प्रयोगकर्ताम द्रुत गतिमा फैलिरहेको छ । 

के अमेरिकाको राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले नेपाली गीतमा नाचेका हुन् त? भिडियोको वास्तविकता पत्ता  लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

डोनाल्ड ट्रम्प नाचेको भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘Donald Trump Dance’ लगायतका वाक्यांशहरुलाई युट्युबमा सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप NBC News मा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । २२ अक्टोबर २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा ट्रम्प विभिन्न नाचेका दृश्यहरु जोडिएको छ ।  

भिडियोमा दिइएको जानकारी अनुसार अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२० को प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए । यही भिडियोका केही दृश्य र दाबीसहितको भिडियोमा जोडिएका दृश्यबीच समानता देख्न सकिन्छ । 

त्यस्तै दाबीसहितको सामग्रीमा जोडिएको अर्को दृश्य पनि २०२० को निर्वाचनमा खिचिएको पाइयो । ट्रम्प नाचेको भिडियोलाई विभिन्न वेबसाइट तथा सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

tenor.com नामक वेबसाइटमा ट्रम्प नाचेको भिडियो Graphics Interchange Format मा पोस्ट गरिएको छ । २०२१ मा पोस्ट गरिएको उक्त भिडियो र दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो उस्तै देखिएका छन् । 

त्यस्तै The Sun युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा पनि ट्रम्प चानेका थुप्रै दृश्य जोडिएको छ । ३ नोभेम्बर २०२० मा पोस्ट गरिएको उक्त भिडियोको थमनेलमा देखिने तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा समानता देख्न सकिन्छ ।  

त्यसैगरी ट्रम्प नाचेको अन्य भिडियोको जाँचका क्रममा हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप दाबीसहितको भिडियोसँग मिल्दो दृश्य TRABAR FOREX GOLD लगायतका युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । फेला परेको भिडियोमा ट्रम्प नाचेका क्लिपहरु जोडिएको छ । तर, यी दृश्यमा फरक किसिमको संगित जोडिएको छ ।    

जाँचकै क्रममा Dan Scavino Jr एक्स ह्यान्डलमा पोस्ट गरिएका भिडियोहरु फेला परे । यहाँ पोस्ट गरिएका भिडियोका केही दृश्य र दाबीसहितको सामग्रीमा जोडिएका दृश्यबीच समानता देख्न सकिन्छ । फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेका छैनन् । भिडियो-१, भिडियो-२

निष्कर्ष

अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक विजयी भएका डोनाल्ड ट्रम्पले नेपाली गीतमा नाचेको दाबी भ्रामक छ । चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । ट्रम्प ‘म त ढलेँ ढलेँ’ बोलको गीतमा नाचेको दाबीलाई पुष्टि गर्ने कुनैपनि तथ्य फेला परेनन् । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, NBC News
भिडियो, The Sun
भिडियो, Dan Scavino Jr
भिडियो, TRABAR FOREX GOLD


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage