Sunday, May 18, 2025

Fact Check

Fact check: के गाँजाको ग्रीन टी सेवन आँखा पाकेको निको हुन्छ?

banner_image

दाबी: गाँजाको ग्रीन टी सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ । 
तथ्य: दाबीलाई पुष्टि गर्ने प्रयाप्त वैज्ञानिक प्रमाणहरू फेला परेनन् । गाँजाको ग्रीन टी र आँखा पाक्ने समस्याबारे अनुसन्धान वा क्लिनिकल परीक्षण पूर्ण छैन । 

आँखा पाक्ने समस्यासँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा गाँजाको ग्रीन टी बनाएर सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुने दाबी गरिएको छ ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको फेसबुक पेज (Bhim Upadhyaya) मा एउटा स्ट्याटस लेखिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ- ‘अर्को प्रमाणः आँखा पाकेको थियो । गाजाको green tea बनाएर खाएको 24hour मै निको भयो । धन्यवाद सर !’

के  गाँजाको ग्रीन टी बनाएर सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ त? प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

गाँजाको ग्रीन टीको सेवन गर्दा आँखा पाक्ने समस्या (Dry Eye Syndrome) निको हुन्छ भन्ने दाबी पुष्टि गर्ने वैज्ञानिक प्रमाणहरू प्रयाप्त छैनन् । सन् २०२० मा गरिएको एउटा अध्ययन फेला परेको छ, जसमा अधिकांश गाँजा प्रयोगकर्ताहरुले साइड इफेक्टका रूपमा आँखा पाक्ने वा सुख्खा हुने समस्या देखिएको बताएका थिए ।

आँखा पाक्ने समस्या विभिन्न कारणले जटिल बन्न सक्छ । यसको उपचारहरूमा सामान्यत: कृत्रिम आँसु, औषधि वा जीवनशैली परिवर्तनहरू समावेश गर्न महत्वपूर्ण छ । 

खाना र पोषणमा पीएचडी गरेकी डा.स्वाती दवेले कसैलाई गाँजाको ग्रीन टी पिउन सल्लाह दिनु सबैभन्दा खराब सल्लाह भएको बताउँछिन् । उनी भन्छिन्- ‘यसले सुख्खा आँखा निको पार्न मद्दत गर्छ कि गर्दैन त्यो महत्वपूर्ण विषय होइन, मानिसहरूलाई नशालु पदार्थ सेवन गर्न सिफारिस गर्नु नै समस्या हो ।’ 

गाँजाको ग्रीन टी (Cannabis Green Tea) एक प्रकारको चिया हो, जसलाई ग्रीन टी र गाँजाका पातहरु मिसाएर उत्पादन गरिन्छ । उक्त गाँजाको ग्रीन टी औद्योगिक उद्देश्यका लागि खेती गरिने गाँजाबाट तयार पारिन्छ । 

आराम र तनाव राहत, मनोवैज्ञानिक प्रभाव न्युनिकरण र सीबीडीसँग सम्बन्धित सम्भावित स्वास्थ्य लाभहरू प्रदान गर्ने लक्ष्य राखेर गाँजाको ग्रीन टी उत्पादन गर्ने गरिएको छ । तर, गाँजाको ग्रीन टी उत्पादनको कानुनी वैधता, उपलब्धता र यसका नियमहरू देश अनुसार फरक-फरक किसिमका छन् ।

गाँजाको ग्रीन टीमा टीएचसी (Tetrahydrocannabinol) र सीबीडी (Cannabidiol) जस्ता क्यानाबिनोइडहरू हुन्छन्, जसले मानिसको शरीरमा सम्भावित जोखिमहरूसमेत निम्त्याउन सक्छन् । 

निष्कर्ष

गाँजाको ग्रीन टीमा पाइने सीबीडी जस्ता क्यानाबिनोइडहरूमा सम्भावित एन्टि-इन्फ्लेमेटरी र न्यूरोप्रोटेक्टिभ गुणहरू हुनसक्ने केही अध्ययनहरुले देखाएको छन् । तर, गाँजाको ग्रीन टी सेवन गर्दा आँखा पाक्ने समस्यामा निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सकेनन् ।  

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov, 2020 Aug 27
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2016 Apr 11


(This article is published in collaboration with THIP Media)



तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage